नेपालगन्जमा संक्रमित थपिएका छैनन् : बाँके स्वास्थ्य कार्यालय

स्वास्थ्य कार्यालय बाँकेले आइतबार बाँकेमा पुष्टि भएका संक्रमित १५ जना मात्रै भएकाे जनाएकाे छ। शुक्रबार एकजनामा पुष्टि भएकाे थियाे। याेसँगै बाँकेमा अहिलेसम्म १६ जनाकाे मात्रै संक्रमण पुष्टि भएकाे कार्यालयले जनाएकाे छ।

आइतबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । ती मध्ये नेपालगञ्जमा मात्रै १५ जना संक्रमित फेला परेका छन्।

त्यसैगरी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशलामा गरिएको परीक्षणमा पर्सा जिल्लाका ३६ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । यो सँगै नेपालमा संक्रमणमा ७५ पुगेको छ।

यसअघि नेपालगन्जमा एकजना ६० वर्षीय वृद्धमा काेराेना पुष्टि भएकाे थियाे। एउटा मस्जिदकाे मदरसामा पढाउने ती शिक्षकलाई पुष्टि भएपछि पूरै टाेल सिल गरेर परीक्षण बढाइएकाे थियाे। उनी बसेकाे टाेलबाट ९० जनाकाे स्वाव संकलन गरिएकाेमा अहिलेसम्म १६ जनाकाे रिपाेर्ट पाेजेटिभ आएकाे हाे। अरुकाे पनि रिपाेर्ट आउने क्रम जारी छ।

असावधानीवस अघिकाे समाचारमा बाँकेमा संक्रमितकाे संख्या फरक पर्न गएकाेमा हामी क्षमाप्रार्थी छाैं। क्षमायाचनासहित उक्त समाचार सच्याइएकाे जानकारी गराउँदछाैं। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय