वीरगन्जका एक युवामा कोरोना संक्रमण पुष्टि

हेल्थपोस्ट/जनकपुर
प्रकाशित
२०७७ वैशाख २१ गते १६:०३

वीरगन्जका एक युवामा कोरोना संक्रमण पुष्टि भएको छ। वीरगन्ज महानगरपालिका–३ छपकैयाका ३६ वर्षीय युवकमा आइतबार कोरोना पुष्टि भएको हो।

तीन दिनअघि आफै स्वाव परीक्षणका लागि गराएका ती युवकमा कोरोना पोजिटिभ देखिएको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जले जनाएको छ।

कोरोना देखिएको ती युवकलाई नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचारको लागि भर्ना गरिएको छ।

कोरोना संक्रमित देखिएका ती युवक लकडाउन प्रभावितहरूलाई राहत वितरणका लागि स्थानीय तहले गठन गरेको सर्वदलीय सयन्त्रका सदस्यसमेत रहेको बताइएको छ। सयन्त्रको प्रतिनिधिको हैसियतले उनी राहत वितरण कार्यमा सक्रिय भएर लागेको स्थानीयहरुले बताएका छन्।

युवकमा कोरोना संक्रमण्को पुष्टि भएसँगै उनका परिवारका सदस्यहरुको समेत स्वाब परीक्षण गर्ने तयारी भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय