कोरोनालाई परास्त गरेका एसियाली राष्ट्रहरूबाट केही सिक्ने कि!

भियतनाम युद्धको बेला ‘सहिद हुने’ अमेरिकी सैनिकहरूभन्दा अहिले कोभिड–१९ को कारण धेरै अमेरिकीले ज्यान गुमाइसकेका छन्।

दश लाखभन्दा बढी संक्रमितहरूसहित मृत्यु हुनेहरूको संख्या दिनानुदिन बढिरहेको छ।

कोरोना भाइरसले अमेरिकीमा विध्वंश जारी राखिरहँदा अर्थतन्त्रलाई थप जीर्ण हुनबाट जोगाउन यहाँका केही राज्यहरुले मानिसलाई घरभित्रै रहन दिएको निर्देशनलाई खुकुलो पारिरहेका छन्।

अमेरिकामा अनगिन्ती जीवनहरु जोखिममा रहँदा आफ्नो अर्थतन्त्र र नागरिकको जीवन सुरक्षित राख्दै यस विश्व महामारीलाई सहज रूपमा नियन्त्रण गर्न सफल एसिया प्यासिफिक राष्ट्रहरूबाट मावनअधिकारको रक्षामा आफूलाई संसारकै उत्कृष्ट मान्ने अमेरिकाले सिक्नुपर्ने बेला आइसकेको छ।

एशिया प्यासिफिक क्षेत्रका राष्ट्रहरु जस्तै अष्ट्रेलिया, चीन, न्यूजिल्याण्ड, दक्षिण कोरिया र भियतनामजस्ता देशहरुले पुनर्संक्रमणको संख्यालाई अद्भुत रुपमा निस्तेज पारिसकेका छन्।

एक व्यक्तिले अन्यलाई संक्रमित गराउने दर औसतमा एकभन्दा कम रहेकाले यी देशहरुलाई बृहतरुपको लकडाउनलाई निरन्तरता दिइराख्नु पर्ने आवश्यकता देखिँदैन।

संक्रमित तथा उनीहरुको सम्भाव्य सम्पर्कलाई अलग्गै राख्दै यी देशहरुले कोभिड–१९ को प्रकोपलाई नियन्त्रणमा लिन सफल भइसकेका छन्।

यस परिस्थितिले आजको विश्व कतै दुई भागमा विभाजित भएको त हैन भन्ने भान दिएको छ।

अमेरिकामा हालसम्म ६६ हजार भन्दा बढी नागरिकको मृत्यु भइसकेको छ। जुन एक लाख संक्रमितमा २० जना बराबर हो।

उता युरोपेली यूनियनमा प्रति एक लाख बराबर मृत्यु हुने मानिसको संख्या ज्यादै उच्च छ, जस्तै बेल्जियममा ६७, फ्रान्समा ३७, इटालीमा ४७, जर्मनीमा ८, स्पेनमा ५३ र स्वीडेनमा २६ जना ।

‘हाम्रो देशमा कोरोना भाइरसको पहिचान हुन नसकेको बृहतस्तरको सामुदायिक संक्रमण देखिएको छैन। हामीले यस युद्धमाथि विजय हासिल गरिसकेका छौ‍ं। तर यसलाई कायम राख्न हामी सावधान भने रहनु पर्दछ,’ न्यूजिल्याण्डकी प्रधानमन्त्री जकिण्डा आर्देन भन्छिन्।

तर, सोही समयमा एसिया र ओसियानामा यस्तो मृत्युदर निकै कम रहेको छ। जस्तो कि अष्ट्रेलियामा ० दशमलव ४, चीनमा ० दशमलव ३, दक्षिण कोरियामा ० दशमलव ५ र ताइवानमा ० दशमलव ०३ जना मात्र।

यस्तो स्पष्ट असमानताको बावजुद एसियाली राष्ट्रहरुले भाइरसलाई नियन्त्रणमा लिन अपनाएका नीतिहरुप्रति अमेरिकाले आँखा चिम्लिरहेको छ।

विश्वको एक भागले सफलता पाइरहँदा कसरी अर्काे भाग सोबाट शिक्षा ग्रहण गर्न मानिरहेको छैन?

गत साता वालस्ट्रिट जर्नलले प्रतिएक लाख जनामा जर्मनीको मृत्युदर ताइवान र हङकङको भन्दा १ सय गुणा बढी र अष्ट्रेलिया, जापान, न्यूजिल्याण्ड र दक्षिण कोरियाको भन्दा १० गुणा बढी हुँदा पनि सो उल्लेखै नगरी यस राष्ट्रले भाइरसलाई नियन्त्रणमा लिन चालेका कदमहरुको खुलेर प्रशंसा गर्यो ।

यी एसियाली देशहरुले हालसम्म कसरी सफलता पाइरहेका छन् त?

केहीले मोबाइल फोनको प्रविधिको प्रयोग, सरकारी संयन्त्रको ब्यवसायिकता (प्रोफेस्नालिज्म), माष्क र स्यानिटाइजरको बृहत उपयोग र संक्रमित र संक्रमणको सम्भावना भएका नागरिकहरुलाई अलग्गै राख्नका लागि विकास गरिएको सघन जनस्वास्थ्य सेवासहितको राष्ट्रव्यापी जनस्वास्थ्य गुणस्तरको अवलम्बन गरेका छन्।

स्वास्थ्य परीक्षणले महत्वपूर्ण भूमिका निर्वाह गरेपनि यो पद्धति यदाकदा अमेरिकाको हकमा मानिएजस्तो सम्पूर्ण र अन्तिम पटक्कै हैन।

भियतनामको सवालमा सम्पर्क पहिचान र आक्रामक क्वारेन्टाइन व्यवस्थासहित यस देशले सफलता हात पारेको हो।

एक व्यक्तिमा संक्रमण ‘पोभिटिज’ देखिँदा लक्षण नदेखाए पनि उसका नजिकका सम्पर्कहरूलाई क्वारेन्टाइनमा राखिएको थियो।

जसको परिणामस्वरुप उसको कुल जनसंख्याको तुलनामा भियतनामले कम संख्याका मानिसको स्वास्थ्य जाँच गरे पनि भाइरसलाई प्रभावकारी रुपमा नियन्त्रणमा लिन सफल भएको हो।

नौ करोड ५० लाख जनसंख्या भएको भियतनामले हालसम्म कोभिड–१९ को कारण एक जनाको पनि मृत्यु भएको ‘रिपोट’ गरेको छैन।

एक रिपोर्टअनुसार दक्षिण कोरियाले आक्रामक ढंगको परिक्षण, सम्पर्क पहिचान र थर्मल मोनिटरिङजस्तो आधारभूत जनस्वास्थ्य विधिलाई अपनाउँदै महामारीलाई क्षिण गराएको छ भने कोभिड–१९ बिरुद्धको लडाइँमा उसले विद्युतीय प्रविधिलाई समेत तैनाथ गरेको छ। उसले आम जनतालाई सुसूचित गराउन टेक्स्ट अलर्ट सिष्टम (शब्दलिपी संकट सूचना प्रणाली) लाई प्रयोगमा ल्याएको छ भने विभिन्न मोबाइल एपको सहायताद्वारा कोभिड–१९ को नयाँ ‘केस’को निगरानी गर्न तथा चिकित्सकसँग समय लिन सघाइरहेको छ।

अधिकारीहरूले संक्रमणको नयाँ लहरलाई पहिचान र परीक्षण गर्न सक्षम रहेको भन्दै न्यूजिल्याण्डको सरकारले लकडाउनलाई केही खुकुलो गराउन थालेको छ।

‘हाम्रो देशमा कोरोना भाइरसको पहिचान हुन नसकेको बृहतस्तरको सामुदायिक संक्रमण देखिएको छैन। हामीले यस युद्धमाथि विजय हासिल गरिसकेका छौ‍ं। तर यसलाई कायम राख्न हामी सावधान भने रहनु पर्दछ,’ न्यूजिल्याण्डकी प्रधानमन्त्री जकिण्डा आर्देन भन्छिन्।

यस क्षेत्रको अधिकांश भागमा यस्तै सफलताका कथाहरु देखिएका छन्।

एक रिपोर्टअनुसार दक्षिण कोरियाले आक्रामक ढंगको परीक्षण, सम्पर्क पहिचान र थर्मल मोनिटरिङजस्तो आधारभूत जनस्वास्थ्य विधिलाई अपनाउँदै महामारीलाई क्षीण गराएको छ।

कोभिड–१९ विरुद्धको लडाइँमा उसले विद्युतीय प्रविधिलाई समेत तैनाथ गरेको छ। उसले आम जनतालाई सुसूचित गराउन टेक्स्ट अलर्ट सिष्टम (शब्दलिपी संकट सूचना प्रणाली) लाई प्रयोगमा ल्याएको छ।

विभिन्न मोबाइल एपको सहायताद्धारा कोभिड–१९ को नयाँ ‘केस’को निगरानी गर्न तथा चिकित्सकसँग समय लिन सघाइरहेको छ।

आफैले जानकारी गराएको लक्षण र स्थान पहिचानद्वारा दक्षिण कोरियाली सरकारले एपको प्रयोगद्धारा क्वारेन्टाइनमा रहेका नागरिकहरुको पनि अनुगमन गरिरहेको छ।

तर, यी घटना तथा प्रगतीबाट पाठ सिक्न अमेरिका नराम्रोसँग चुकिरहेको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्प असक्षममात्र देखिएका छैनन्, बरु हेल्थ एन्ड ह्युमन सर्भिसेज, यूएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन र ट्रान्सपोर्ट सेक्युरिटी एड्मिनिस्ट्रेसनजस्ता संवेदनशील निकायहरूमा उनले गरेको नियुक्तिले उनको नेतृत्वको असफलतातर्फ संकेत समेत गरेको छ।

‘अमेरिका पहिलो’ भन्ने उनको नीति अमेरिकी नागरिकको मृत्युको संख्यालाई विश्वकै सबैभन्दा बढी बनाउने दिशातर्फ अग्रसर छ, जसको परिणामस्वरुप दशाैँ हजार अमेरिकी जनताको जीवन बर्बादीतर्फ उन्मुख छ।

अन्य राष्ट्रहरुको उपलब्धिबाट सिक्ने हो भने अमेरिकाले उनको नागरिकको जीवन र अर्थतन्त्रलाई जोगाउन सक्छाैँ। हाल देखिएको जस्तो संघीय सरकार निरन्तररुपमा चुकिरहने हो भने यस कार्यलाई अगाडि बढाउन उसको प्रदेशको नेतृत्वकर्ता र मेयरहरुले कम्मर कसेर लाग्नुको विकल्प छैन।

(सिएनएनमा प्रकाशित लेखको भावानुवाद)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय