विद्यार्थीलाई राहत उपलब्ध गराउँदै मार्मा गाउँपालिका

हेल्थपोस्ट/दार्चुला
प्रकाशित
२०७७ वैशाख २१ गते १३:०८

दार्चुलाको मार्मा गाउँपालिकाले दोस्रो चरण अन्तर्गत विद्यार्थीलाई राहात उपलब्ध गराउने निर्णय गरेको छ।

लकडाउनका कारण अध्ययनको शिलशिलामा काठमाडौं, कैलाली कञ्चनपुरलगायत अन्य क्षेत्रमा डेरा गरी बसेका आफ्नो गाउँपालिकाका विद्यार्थीहरूलाई समस्या भएको भन्दै दोस्रो चरणको राहातमा प्रति विद्यार्थी तीन हजार रुपैयाँ नगद उपलब्ध गराउने निर्णय गरेको हो।

गाउँपालिकाले दोस्रो चरणको राहातका लागि सूचना जारी गर्दै विद्यार्थीको परिचय खुल्ने कागजातका साथै फारम भर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिएको छ।

अहिले काठमाडौं, कैलाली कञ्चनपुरमा रहेका विद्यार्थीको नामावली संकलन भइरहअ‍ेको र एक दुई दिनमै राहात उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ।

यसअधि पहिलो चरण अन्तर्गत गाउँपालिकाले काठमाडौंबाट श्रमिक, वैदेशीक रोजगारीमा जान आएका सर्वसाधारण, उपचारका लागि अस्पतालमा पुगेर बन्दमा फसेका ६३ जनालाई उद्धार गरि घर पर्काएको थियो।

त्यस्तै धनगढी महेन्द्रनगरबाट करिब ३ सय जना विद्यार्थी तथा सर्वसाधारणलाई गाउँपालिकाले घर जाने व्यवस्था गरेको थियो। दोस्रो चरणको राहात विद्यार्थीले मात्रै पाउने गाउँपालिकाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय