प्रदेश दुई र चितवनका भारतीय सिमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा

प्रदेश २ र बागमती प्रदेशअन्तर्गत भारतसँग सीमा जोडिएका दक्षिणी क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। कोरोनाको जोखिम भित्रिन सक्ने प्रमुख चुनौतीको रुपमा रहेका यी क्षेत्रका खुला सीमा नाकामा सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा नेपाली सेनाले सुरक्षा व्यवस्था कडा पारेको हो।

लकडाउनलाई थप प्रभावकारी बनाउन र भारतबाट यस क्षेत्र हुँदै कसैलाई पनि नेपाल भित्रिन नदिन सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ। पर्सा जिल्लामा तीन भारतीय नागरिकमा कोभिड–१९ को संक्रमण पुष्टि भएपछि पर्सा र चितवनसँग जोडिएको ठोरी सीमा नाका पूर्ण रूपमा सिल गरिएको छ।

केही दिन अगाडि ठोरी नाकासँगै चितवन राष्ट्रिय निकुञ्जको बाटो हुँदै भारतबाट आउने मासिनसको आवागमन नरोकिएपछि अहिले चितवन प्रहरीले थप कडाई गरेको हो। खुला सीमानाका कारण लुकिछिपी सामान आयात हुने र उक्त नाकामा भारतबाट नेपाल छिर्न सजिलो हुने भएकाले सुरक्षा व्यवस्था कडा परिएको बताइएको छ।

सीमा नाकामा निमर्ण भएका अस्थायी चेक प्वाइन्टमा सुरक्षा कर्मीहरू खटिरहेका छन्। केहिदिन आगडि हावाहुरीसँगै आएको असिना पानीले अस्थायी चेक प्वाइन्टमा क्षति पु-याएको थियो। प्रहरीले असिना पानीले क्षति पु-याएकै चेक प्वाइन्टबाट सास्ती खेपेर सेवा प्रवाह गरिरहेका छन्।

पर्सा जिल्लामा सशस्त्र प्रहरीको जनशक्ति थप गरे सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रशासनले जनाएको छ। सीमा क्षेत्रमा प्रति २ किलो मिटरको दूरीमा प्रहरी परिचालन गरिएको छ।

खुला सीमाका कारण ग्रामिण क्षेत्रका खेत र चोर बाटो हुँदै सीमा वारवार गर्नेहरू माथि निगरानी बढाइएको प्रहरीले ज नाएको छ। भारतसँग सीमा जोडिएका पर्साका विभिन्न गाउँका सीमा नाकामा कडाई गर्न जिल्ला प्रशसन कार्यालय पर्साले सशस्त्र प्रहरीलाई निर्देश दिएको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए।

नेपालाको प्रमुख नाकाको रुपमा रहेको वीरगञ्ज नाकामा भने काडा व्यवस्थापन गरिएको छ। लुकिछिपी आउनेहरूलाई प्रहरीले नियन्त्रणमा लिन थालेपछि अहिले सीमाहरू पूर्ण रुपमा बन्द छन्। सीमा नाकामा दुबै देशले चौबीसै घण्टा आफ्नो प्रहरी बल तैनाथ गरेको छ। दुबै देशका सुरक्षाकर्मीले एक आपसमा समन्वय गरि निगरानी बढाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय