कुकुरमा गरिएको स्वचालित भेन्टिलेटरको परीक्षण ‘सफल’ (भिडियाेसहित)

‘पाइला टेक्नोलोजी नेपाल’ले नयाँ विशेषतायुक्त भेन्टिलेटर बनाएको छ।

यो भेन्टिलेटरको सफल परीक्षणपछि मेसिनबाटै मानिसमा स्वासप्रश्वास प्रक्रिया सञ्चालन गर्न सकिनेछ। यो स्वचालित र ‘पोर्टेवल’ भेन्टिलेटर हो।

महामारीका बेला हुनसक्ने भेन्टिलेटरको अभाव टार्न यसले सहयोग पुग्ने निर्माण पक्षले दाबी गरेको छ।

भेन्टिलेटरको प्रयोग अझैं मानिसमा गरिएको छैन। तर, शनिबार निर्माण टिमले त्यसको प्रयोग एउटा कुकुरमाथि गरेका छन्।

कुकुर र एउटा मानिसको ‘डमी’मा यो भेन्टिलेटरको प्रयोग परीक्षण सफल भएको एडभान्स पेट हस्पिटलका अध्यक्ष डा.शरदसिंह यादवले बताए।
यो भेन्टिलेटरको परीक्षण केही दिनमै मानिसमा पनि गरिने उनले बताए।

‘कोरोना संक्रमणका बेला भेन्टिलेटर अभावका कारण विश्वमा मानिसको मृत्यु भइरहेको छ’ पाइला टेक्नोलोजीका सिईओ बिनय राउतले भने ‘त्यही अभावलाई टार्नका लागि यस्तो भेन्टिलेटर बनाउने सोंच आएको हो।’

आकारमा सानो हुने भएका कारण यो भेन्टिलेटरको प्रयोगमा पनि सहजता हुनेछ। अनि यसलाई मानिसले चलाईरहन पर्दैन।

त्रिवि शिक्षण अस्पतालमा एनेस्थेसोलोजिष्ट डा. नविन्द्रराज विष्टका अनुसार यो नयाँ भेन्टिलेटर अहिले आइसियुमा चलिरहेका भेन्टिलेटरहरुको ‘रिप्लेस्मेन्ट’ भने होइन। मानिसमा यसको

परीक्षण सफल भएमा यो महामारीका बेला ठूलो योगदान हुने उनले बताए।

पाइला टेक्नोलोजी नेपालका १५ जनाको टिमले १८ दिनमा यो भेन्टिलेटर बनाएको हो।

किन चाहिन्छ भेन्टिलेटर ?

कुनै पनि बिरामीलाई श्वासप्रश्वासमा समस्या भएमा कृत्रिम अक्सिजन दिनका लागि भेन्टिलेटर चाहिन्छ।

अब यो नयाँ विशेषताको भेन्टिलेटमा मेसिनबाट नै श्वासप्रश्वास दिइने भएकाले उपचारमा संलग्न हुने मानिसलाई संक्रमणको जोखिम नहुने डा. बिष्ट बताउँछन्।

‘पाइला टेक्नोलोजी नेपाल’ले बनाएकाे नयाँ विशेषतायुक्त भेन्टिलेटरकाे शनिबार कुकुरमा परीक्षण गरिँदै। भिडियाे तथा तस्विरहरु : शिरिष मान महर्जन/हेल्थपाेस्ट नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय