छत्रपाटी निःशुल्क चिकित्सालयमा आइतबारबाट ओपिडी सेवा सुरु

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ वैशाख २० गते १४:४९

छत्रपाटी निःशुल्क चिकित्सालयमा आइतबारबाट पाँच जना भिन्नाभिन्नै रोग विशेषज्ञले विभिन्न समय र बारमा ओपिडी सेवा दिने भएका छन्। कोरोनाको जोखिम बढेसँगै इमरजेन्सी सेवा दिइरहेको अस्पतालले आइतबारबाट ओपिडी सेवा पनि दिइने जनाएको हो।

अस्पतालकी प्रशासकीय अधिकृत मिनु जोशीका अनुसार हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. राजेन्द्रमान प्रधानले आइत, सोम, मंगल, बिहीबार र शुक्रबार बिहान ८ देखि १० बजेसम्म सेवा दिने छन्।

यस्तै स्त्रीरोग विशेषज्ञ डा. दुर्गा शाक्यले आइतबार र मंगलबार बिहान ८ देखि १० बजेसम्म, डा. चन्द्रलक्ष्मी श्रेष्ठले सोमबार बिहान ८ देखि १० बजेसम्म सेवा दिने छन्। बालरोग विशेषज्ञ डा. समा शाक्यले आइत, बिहीबार बिहान ८ देखि १० बजेसम्म सेवा दिने छन्।

अस्पतालका मेसु डा. कुशल गुरुङ्गले भने आइतबारदेखि शुक्रबारसम्म बिहान ८ देखि १० बजेसम्म सेवा दिने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय