हिउँपहिरोमा बेपत्ता सातैजनाको शव फेला

अन्नपूर्ण हिम श्रृङ्खलाको हिउँपहिरोमा पुरिएका सातै जनाको शव फेला परेको छ। उद्धारमा खटिएको नेपाली सेनाको टोलीले चार जना कोरियन पर्यटक र तीन जना नेपाली गाइडको शव फेला पारेको हो।

गत माघ ३ गते कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका-११ हिङकु केभ इलाकामा गएको पहिरोमा परी उनीहरू बेपत्ता भएका थिए। बेपत्ता भएकामध्ये दुई गाइड र तीन कोरियनको शव केहीअघि फेला परेको थियो। शुक्रबार थप दुईको शव फेला पारिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

पश्चिम पृतना हेडक्वार्टरको समन्वयमा पोखराको सेकेन्ड रेन्जर बटालियनबाट खटिएको उद्धार टोलीले सबैको उद्धार गरेको निर्देशनालयले जनाएको छ। उनीहरूको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको सेनाले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय