‘पढाउनका लागि अनलाइनमात्रै विकल्प भन्नु गलत हो’

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट जोगिन देशमा लकडाउन जारी भएको एक महिना बितिसकेको छ। लकडाउनले देशका सबै क्षेत्र प्रभावित छन्। शिक्षा क्षेत्र अछुतो रहने कुरै भएन। तर, यही लकडाउनलाई बढीभन्दा बढी सिर्जनशील पनि बनाउन सकिन्छ। लकडाउनले विद्यार्थीहरू घरमै थुनिएका छन्। यस्तो बेला अभिभावक र शिक्षकले विभिन्न विधि अपनाएर सिकाइलाई प्रभावकारी बनाउन सक्छन्। लकडाउनमा विद्यार्थीको सिकाइ कसरी बढीभन्दा बढी सिर्जनशील बनाउन सकिन्छ? यसमा कसको भूमिका के हुनुपर्छ? राज्यले आफ्नो दायित्व कसरी पूरा गरिरहेको छ? विषयमा केन्द्रित रहेर हेल्थपोष्ट नेपालका लागि यज्ञराज जोशीले शिक्षाविद् डा. विद्यानाथ कोइरालासँग गरेको कुराकानीको सम्पादित अंशः

लकडाउनमा विद्यार्थीहरूको सिकाइलाई कसरी प्रभावकारी बनाउन सकिन्छ?

चलनचल्तीलाई विश्लेषण गरेर हेर्दा नेपालीमा एउटा कुरा भेटाएपछि त्यसैमा रोमान्टिक हुने प्रवृत्ति छ। अहिले अनलाइन सिकाइ भनेपछि सबै अनलाइन–अनलाइन मात्र भनिरहेका छन्। अनलाइन एउटा विकल्प हो। तर, यसैमा रमाउने मात्र होइन। अन्य विकल्पहरूको पनि खोजी गर्नुपर्छ। एफएम, रेडियो, टेलिफोन, टेलिभिजन लगायतका साधन अर्को विकल्प हुन सक्छन्। तर, केही पनि नभएका केटाकेटीहरूका लागि बेला-बेला उनीहरूको घरमा गएर दूरी कायम गर्दै पढाउने अर्को विकल्प हो। यी सबै विकल्प एकै पटक प्रयोग गर्‍यो भने सिकाइ एकदमै प्रभावकारी हुन्छ।

यसले शिक्षालाई विस्तारै आधुनिक बनाउँदै लैजान्छ। अहिले शिक्षकहरू अपडेट छैनन्। सकारात्मक रुपमा हेर्दा अहिले शिक्षकलाई अपडेट गर्ने एकदमै राम्रो समय हो। अर्को कुरा अहिले शिक्षकहरूका सामग्री केन्द्रीय सरकारले बनाइदिइरहेको छ। यस्तो भयो भने स्थानीय सरकारले सामग्री बनाउँछ। त्यो भएन भने पनि शिक्षकहरूले बनाउन थाल्छन्। केन्द्र सरकारमै भर पर्नुपर्ने प्रवृत्तिको अन्त्य हुन्छ। र, तिनका खेती हराउँछन्।

पाठ्यक्रम, पाठ्य पुस्तक केन्द्र सरकारले बनाइदिने। के यिनका भरिया हुन् शिक्षक र प्राध्यापकहरू? मालिकले जे काम अह्रायो त्यही काम गर्ने! त्यसरी आफैं अपडेट हुँदा शिक्षकको स्वाभिमान पनि बढाउन सकिन्छ।

अब अहिलेको कुरा गर्दा केटाकेटीहरूलाई घरैमा बस्दा दिक्क होला कि? यसमा दुई-तीन कुरा गर्न सकिन्छ। अभिभावकले आफ्नो पुस्तामा जानेका कुराहरू ढंगपूर्वक सिकाउने गर्नुपर्छ। मेरो पालामा यस्तो थियो भन्दा बच्चाले मेरो पालामा के छ भनेर तुलना गर्न सक्छ। अर्को कुरा स-साना अनुसन्धान गर्न लगाउने। जस्तो: फर्सीको जरा र पारिजातको जरा किन फरक होला? एउटाको जरा फैलिएर जान्छ, अर्कोको जरा गहिराइमा जान्छ, किन होला? भन्ने किसिमका स-साना र रोचक कुरा दिएर घरैमा अध्ययन गराउन सकिन्छ।

तत्कालका लागि अनलाइन लगायत विभिन्न माध्यमको प्रयोग गरेर पढाउनु पर्छ। शिक्षक जिम्मा लगाइदिने र दूरी कायम गरेर पढाउँछ। मास्क र पञ्जा लगाएर अध्ययन गर्ने/गराउने। पञ्जा र मास्क किन्न सक्ने अवस्था छैन भने स्थानीय पालिकाले सहयोग गरिदिने। विस्तारै कोरोनालाई जित्न थाल्दा दैनिकी पुरानै अवस्थामा फर्किन्छ।

अभिभावकले पढाउन थाले भने स्कुललाई बोझ घट्दै जान्छ र विद्यार्थीको सिकाइ प्रभावकारी बन्दै जान्छ। अहिले त हामीले सक्दैनौं। तैंले नै गर भनेर स्कुललाई जिम्मा लगाएजस्तो स्थिति छ। अबको स्कुल-कलेज भनेको घर हुनुपर्छ। अहिले त आफूलाई चाहिने जुनसुकै कुरा पनि इन्टरनेटको सहायताले घरमै हेर्न सकिन्छ। सबैले यसको भरपुर उपयोग गर्नुपर्छ।

यस्तो प्रयोग आदत त बन्दैन नि?

हो, धेरैलाई यसले बर्बाद गर्छ भन्ने लाग्दो हो। तर, मलाई यसले बर्बाद होइन, उपयोग कसरी गर्ने भन्ने लाग्छ। अहिले हामी लकडाउन लम्बिएको अवस्थाको कुरा गर्दैछौं। यदि लकडाउन लम्बिएन भने पनि धेरै जना तुरुन्त स्कुल जाँदैनन्। किनकि, हाम्रा केटाकेटीहरूले मास्क लगाउँदैनन्। टिचरहरूले पनि त्यतिधेरै ख्याल गर्दैनन्। सरसफाइदेखि धेरै कुराको समस्या छ। अभिभावकदेखि स्वयम् विद्यार्थीसम्म ल्याङ्फ्याङ् गर्छन्। विद्यार्थी पनि भनेको टेर्दैनन्।

तत्कालका लागि अनलाइन लगायत विभिन्न माध्यमको प्रयोग गरेर पढाउनु पर्छ। शिक्षक जिम्मा लगाइदिने र दूरी कायम गरेर पढाउँछ। मास्क र पञ्जा लगाएर अध्ययन गर्ने/गराउने। पञ्जा र मास्क किन्न सक्ने अवस्था छैन भने स्थानीय पालिकाले सहयोग गरिदिने। विस्तारै कोरोनालाई जित्न थाल्दा दैनिकी पुरानै अवस्थामा फर्किन्छ।

अहिले सहर केन्द्रित मात्रै बहस हुन थालेका छन्। देशका कुना कन्दरामा घन्टौं हिँडेर स्कुल पुग्नु पर्नेइन्टरनेट नै नहुनेफोनको नेटवर्कले नै काम नगर्ने ठाउँहरू पनि थुप्रै छन्। त्यहाँ कसरी सिकाउने?

हो, मैले त्यसैले जोसँग जे छ त्यसैलाई प्रयोग गरौं भनेको हुँ। अघि नै पनि मैले विभिन्न माध्यमको प्रयोग गरेर अध्ययन गराउन सकिने विकल्प भनेको छु। यहाँ त खाली इन्टरनेट र भर्चुअल क्लासका कुरा मात्रै भइरहेका छन्। मैले केही दिनपहिले मात्रै एक जना पत्रकारसँग तपाईंका औंला हेर्नुस् त भनेको थिए। उहाँले किन?  भन्नुभयो। मैले कान कोट्याउन बुढी औंला खोज्नु हुन्छ कि कान्छी औंला भन्दा उहाँले कान्छी औंला भन्नुभयो। मैले भन्न खोजेको के भने कान्छी औंलाले गर्ने काम बुढी औंलाले गर्दैन।

मैले फेस टु फेसले गर्ने काम अनलाइनले गर्दैन भन्न खोजेको हुँ। त्यसैले, टिचरलाई घर बाँडिदिउँ। यस्तो खाले प्राक्टिस मंगोलियामा छ। उनीहरूको परिवेश नै त्यही छ। तर, त्यहाँ घर बाँडिदिएको हुन्छ। टिचर जान्छ। त्यहीँ सिउँछ। यसले पढाउने शैली पनि फेरिन सक्छ। कसरी फेरिन्छ भन्दा पहिले ४०/४५ मिनेटको पिरियडभर कराउनु पर्ने भए पनि यस्तो गर्दा दस मिनेट भाषण दिने। त्यो सिडी, डिभिडी, रेडियो, टेलिभिजन, अनलाइन, पेनड्राइभ जे सुविधा छ, त्यसैमा पठाउने। सुविधा नभएको स्थानीय निकायमा पेनड्राइभमा लगेर त्यो खालको सुविधा बनाउने। नभए टिचरको फेसबुकमा राख्ने। अनि आज पन्ध्र मिनेटको भाषण सुनेर विद्यार्थीले प्रश्न बनाउने र राख्ने। भोलि फेरि तिनै माध्यमबाट उत्तर दिने। यसले विद्यार्थीको सिकाइमा पनि विकास हुने भयो र सिकाइ प्रणाली पनि फेरिन्छ। यो विषयमा मैले शिक्षा मन्त्रालय, शिक्षक संघ, संगठनलगायत सबै साथीहरूसँग भनिसकें। तर, कतैबाट सुनुवाइ हुँदैन।

अनि सबै अभिभावकहरू पनि घरमा ल्यापटप भएकाघरमा राम्रो स्मार्ट फोनवाइफाइ भएका हुँदैनन् नि हैन?

हो, सबैसँग साधन पनि हुँदैन। त्यसैले, विश्लेषण नै नगरी इन्टरनेटबाट पढाउने भनेर फुर्किन हुँदैन। सबैलाई सहज हुने खालको बाटो पहिल्याउनुपर्छ।

हामी घरबाटै पनि राम्रो सिकाइ दिन सकिरहका छैनौं नि?

जिन्दगीको मोड बदलिएपछि तरिकाहरू बदलिन सक्ने सम्भावना हो। अहिले जागिरले बाउ, आमा, छोराछोरी एक ठाउँमा बस्न सक्ने अवस्था नै छैन। श्रीमान-श्रीमती नै एक ठाउँमा बस्न सक्ने अवस्था छैन। त्यसैले, बुढेसकालमा कसरी एक-अर्काको सहयोगी हुन सकिन्छ भन्नेबारे सानैबाट तयार पार्नुपर्छ।

अर्को कुरा अभिभावकले आफ्नो बच्चालाई कसरी बुझाउन सकिन्छ भन्ने कुरामा ध्यान दिएर पढाउन थाल्नुपर्छ। त्यसका लागि विभिन्न आइडिया निकाल्नुपर्छ। यसले अभिभावक पनि रिसर्च पर्सन बन्छन्। उनीहरूमा खोज गर्ने बानीको विकास हुन्छ। अर्को कुरा अहिले अभिभावकहरूले विद्यार्थीलाई फ्याट्टै स्कुल पठाउनु पर्ने अवस्था छैन। विद्यार्थीहरूलाई कचकचभन्दा नि कसरी सिकाउन सकिन्छ भन्नेतिर लाग्नुपर्छ।

प्याब्सन एनप्याब्सन लगायतका विभिन्न सरोकारवाला निकाय पनि छन्। तिनको भूमिका पनि खासै देखिएको छैन। यतिबेला तिनीहरूले के गर्न सक्थे?

मैले उहाँहरूलाई पनि एउटै प्रणालीको मात्रै कुरा नगर्नुस् भनेर सुझाव दिइसकेको छु। तपाईंको विद्यार्थी एउटा सिरहा, एउटा जुम्लाको होला। उसलाई त्यो ठाउँमा तपाईंहरूले भने जसरी पढ्ने वातावरण नहुन सक्छ भनेको थिएँ। प्रदेश दुईका सामाजिक विकास मन्त्रीले हामी कहाँ सम्भव छैन भन्नुभएको छ। सम्भव छैन भन्ने नेतृत्व भएको ठाउँमा त्यहाँका विद्यार्थीले कसरी पढ्छन्? त्यसैले, त्यस्ता निकायले मेरो सप्तरीमा भएको विद्यार्थीलाई कुन सूत्र, कुन विधिबाट पढाउन सक्छु भनेर अन्य विकल्पबारे पनि सोच्ने प्याब्सन-एनप्याब्सनको काम हो। नत्र यिनीहरूको काम छैन।

मैले केही दिनपहिले मात्रै एक जना पत्रकारसँग तपाईंका औंला हेर्नुस् त भनेको थिए। उहाँले किन?  भन्नुभयो। मैले कान कोट्याउन बुढी औंला खोज्नु हुन्छ कि कान्छी औंला भन्दा उहाँले कान्छी औंला भन्नुभयो। मैले भन्न खोजेको के भने कान्छी औंलाले गर्ने काम बुढी औंलाले गर्दैन।

पोखराका एक जना प्याब्सनकै साथीले धेरै विद्यार्थी आएनन् भनेर म सँग भन्नुभएको थियो। स्मार्ट केटाकेटी आउँदै आएन, किनभने पहिलो दिन हेर्दा टिचरले लामो गरेर पढाए। घन्टौंसम्म लेक्चर दिएपछि सुन्दिन भन्यो रे।

यसबाट के बुझ्न सकिन्छ भने नेटमा क्लास लिने भनेको घन्टौं पढाउने होइन। त्यसमा त इन्टर्‍याक्टिभ बनाउन बल गर्नुपर्छ। त्यो भएन भने यो धेरै दिनसम्म टिक्ला जस्तो लाग्दैन।

त्यसैले रेडियो नहुनेलाई के गर्ने, टेलिभिजन नहुनेलाई के गर्ने, ल्यान्डलाइन फोन हुनेलाई के गर्ने? जस्तो: ल्यान्डलाइन फोन हुनेलाई अहिले फोनमा कोरोनाको सन्देश आएजस्तै होमर्कको ब्यागटोन आउने बनाउन सकिन्छ कि? त्यस्ता खालका म्याट्रियल केन्द्रबाट बनाएर हुँदैन। शिक्षकलाई कसरी बनाउन लाउने? विज्ञ शिक्षकले बनाएको सामग्री कसरी बटुल्ने? यस्ता किसिमका तरिका अपनाएर एकैसाथ अगाडि बढ्यौं भने सम्भव छ। भोलि केटाकेटीलाई कुनै दिन क्लास मिस भयो भने पनि रेडियो वा ल्यावमा रेकर्ड छ। त्यो पढ्छु है भन्ने किसिमको आत्मविश्वास हुन्छ।

जस्तो थुप्रो शिक्षकहरू अनलाइन वा प्रविधिमैत्री नहुन पनि त सक्छन् नि हैन?

हो। अहिलेको त रोमान्टिक तरिका मात्रै हो। यसले मात्रै काम गर्दैन। टिचरले पनि अनलाइनबाट कसरी पढाउने भन्ने जान्नुपर्‍यो। विद्यार्थी पनि योसँग अभ्यस्त हुनुपर्‍यो।

यो त यस्ता कुराबारे पाठ सिक्ने मौका पनि हो नि हैन?

हो। तर, खै यतातिर कसैको ध्यान गएको छैन।

तपाईंले भनेजस्तै गरी विद्यालयहरू अगाडि बढे यो प्रभावकारी हुन्छ?

प्रभावकारी मात्र होइन गर्नुपर्ने नै त्यही हो। मलाई कस्तो सम्झना छ भने सन् १९९०/९५ तिर मेरा केटाकेटीहरू क्यामरा लिएर जाने, छोरीलाई ११ क्लासमा सेक्सपियर पढाइदिएछन्। छोरी रुन थालिछन्। अनि टिचरलाई गएर सोधें। अनि म त पुरानो टिचर। मैले यही पढाउँछु। आई फर दिस वान भने। छोरो एउटै क्लासमा तर अर्को सेक्सनमा पढ्छ। उसको अर्कै किताब छ। मैले समस्या सुनाइसकेपछि उनले ट्युसन राख्न सुझाइन्। मैले म सँग ट्युसन पढाउने पैसा छैन भनें। त्यसपछि मैले छोरीलाई लाइब्रेरीमा जाउ त्यहाँ अडियो पनि पाइन्छ, डिभिडी पनि पाइन्छ, गाइडबुक पनि पाइन्छ, किताब पनि पाउँछ। त्यसरी चार वटा कुरा बोकेर आउ। अनि पहिला डिभिडी हेर, अनि अडियो सुन, अनि गाइडबुक पल्टाउ, त्यति भएपछि हेल्पफुल हुन्छ भनेको छोरीले चार महिनामा कभर गरिहालिन्। त्यसैले, अहिलको अवस्थामा एकैचोटि त्यस्तो खाले सामग्री बनाउने अवस्था बन्छ कि बन्दैन?

अब सरकारको कुरा गरौं। यस्तो बेला सरकारले केही गर्न सकेको छैनसरकारले कसरी सहजीकरण गर्न सक्थ्यो?

अहिलेको संघीय सरकारको बुद्धिलाई मैले हुटिट्याउँ बुद्धि भनिरहेको छु। हुटिट्याउँले मैले आकाश थाम्ने हो भनेर आकाशतिर खुट्टा फर्काउँछ रे। यस्ता हुटिट्याउँ बुद्धि भएका शिक्षा मन्त्रालय र विश्वविद्यालयका पदाधिकारीको दशा देख्दा मलाई रुन मन लाग्छ। उनीहरूका बुद्धिलाई मैले छि: भनें। किन त्यसो भनेको भने यिनले शिक्षा थामेको होइन। यिनले नजानेको हो। यी क्षेत्रमा नजानेका मान्छेको जमात भयो। विकल्प भनेको त यो नभए त्यो, त्यो नभए यो भन्ने हुन्छ नि। जे भेटायो त्यसलाई मात्र फाइनल भनेर हिँड्ने प्रवृत्ति छ। नेतृत्वमा सेलेक्सन गर्न नसक्ने मान्छेको जमात भयो। प्लानबिनाका यिनले अनलाइन देखे, अनलाइन भनिदिए। त्यो पनि हामीले म्याटरियल बनाउनुपर्छ। यिनले बनाउन पर्ने भए एक वर्ष लगाएर पनि सक्दैनन्। के अनि एक वर्षसम्म विद्यार्थीको पढाइ, क्यालेन्डर बिगार्ने? त्यो त बेइमानी हुन्छ नि। त्यसैले, सरकारका मान्छेले प्लान ‘ए’ प्लान ‘बी’ प्लान ‘सी’ प्लान ‘डी’ गरेर चार-पाँच प्लान बनाउनुपर्थ्यो। अनि कुन परिस्थितिमा कुन प्लान लागू गर्न राम्रो हुन्छ सोच्नुपर्थ्यो।

जिन्दगीको मोड बदलिएपछि तरिकाहरू बदलिन सक्ने सम्भावना हो। अहिले जागिरले बाउ, आमा, छोराछोरी एक ठाउँमा बस्न सक्ने अवस्था नै छैन। श्रीमान-श्रीमती नै एक ठाउँमा बस्न सक्ने अवस्था छैन। त्यसैले, बुढेसकालमा कसरी एक-अर्काको सहयोगी हुन सकिन्छ भन्नेबारे सानैबाट तयार पार्नुपर्छ।

अर्को, रेडियोका पहुँच हुने र अनलाइनको पहुँच हुने केटाकेटीको क्षमता बराबर हुँदैन। बराबर नभएपछि उनीहरूको बीचमा कसरी संवाद गराउने भन्ने किसिमको धारणा पनि चाहिन्छ। त्यो मोडालिटी यिनीहरूले बनाउनै जानेनन्। त्यस मानेमा पनि यिनका बुद्धिले मलाई पिरोलेको छ। तेस्रो, कुरा सम्बन्धित क्षेत्रका मान्छेलाई के–के चाहिन्छ मोडालिटी तयार पार भन्नुपर्थ्यो। रेडियोलाई के प्लान ल्याउँछौ ल्याउ भन्नुपर्थ्यो। पैसा छैन भने पालिकामा पैसा छ भन्नुपर्थ्यो। त्यो भन्न सक्ने हिम्मत यिनीहरूसँग रहेन। देश चलाउने तरिका पनि थाहा नभएका र केन्द्रीय सोच भएका मान्छेको जमात छ। फेरि तिनैमा हामीभन्दा कोही जान्दैन भन्ने भ्रम छ।

स्थायी सरकार भएको बेला पाँच वर्षसम्म कुनै राम्रो योजना ल्याएर पनि त अगाडि बढ्न सक्ने अवर थियो नि?

तपाईंले भनेको कुरा एकदमै हो। तर, अहिले सरकारको ढंगलाई हेर्दा शिक्षा मन्त्रालयले दसैंको बिदा घटाउँछौं, कोरोना शान्त भएपछि क्लास लिन्छौं भनिरहेका छन्। कोरोना शान्त भएपछि क्लास लिनुस्। हाम्रो शुभकामना छ। तर, विकल्प राख्न पर्थेन। यस्तो कुरा बोल्न हुने कुरै होइन। तर, त्यही कुरा बोलिरा’छन्।

कुनै योजना नभएको बेला सस्तो लोकप्रियताका लागि बोलेका कुरा जस्ता भए नि यी?

एकदमै हो। म तपाईंको कुरासँग सहमत छु। उनीहरूले त यस्ता कुरा गर्नुभन्दा यस्तो विषम परिस्थितिका लागि हामीसँग यस्तो योजना छ भन्ने हो। कोरोनाको महामारी घटे भएपछि त आफैं क्लास सञ्चालन भइहाल्छन् नि। त्यसमाथि पनि स्कुलको तहमा भन्ने हो भने संघीय सरकारले चासो लिने भनेर संविधानमै लेख्या छ। जिम्मेवारी त स्थानीय सरकारको हो नि। स्थानीय सरकारको जिम्मेवारी हो भने १२ कक्षासम्म कसरी चलाउने हो चलाउँ। त्यो चलाउनलाई के गर्नपर्छ मैले गर्छु। पैसा यहाँ-यहाँ छ, साधन यहाँ-यहाँ छ। म सँग भएका सामान जम्मै लैजाउ, तिमीहरूले स्कुल चलाउ। कसले राम्रो चलाउँछ म प्रतियोगिता गराउँछु भनेर भनिदिएको भए जसले घर–घरमा पढाउन सक्थ्यो घरमा पढाउथ्यो, रेडियोमा पढाउन सक्नेले रेडियोमा पढाउथ्यो, कसैले टेलिभिजनमा पढाउथ्यो। पालिकापिच्छे सात सय ५३ रेडियो खोल्न  पर्दैन।

प्रदेश सरकारले अझै पनि हामी सिकाइमै छौं, कर्मचारी अभाव छ भनिरहेको अवस्था छ। कुहिरोको कागजस्तै बनिरहेका उनीहरूबाट धेरै आशा गर्ने ठाउँ छ?

उदाहरणको लागि स्थानीय सरकारहरूलाई कर्मचारी अभाव भए भोलेन्टियर राख्नुस् भनेर हामीले भन्न सकेको अवस्था छैन। यत्रो शिक्षित जनशक्ति छ। उनीहरूलाई भोलेन्टियरको रुपमा प्रयोग गरेर समस्या समाधान गर्न सक्छन्। समस्या देखाउनु समाधानाको विकल्प होइन।

अर्को कुरा संघीय सरकारले अधिकार दिएन, प्रदेश सरकारले अधिकार खोजिरह्यो। प्रदेश नम्बर दुईले केही दिन पहिले शिक्षाको अधिकार दिइएन भनिरहेको थियो। त्यसैले, ऊ अधिकार खोजिरहेको छ। प्राइभेट स्कुलका मालिक यति साँढे भए कि कसैलाई टेर्दैनन्। किनकि, उनीहरूले बुझेका छन् नेताहरू पैसा लिएपछि लागिहाल्छन्। नेतालाई पैसा दियो भने पछिपछि आउँछन् भन्ने उनीहरूले बुझिसकेका छन्। सरकार ढाल्न सक्नेसम्मको हैसियत उनीहरूले नै राख्छन्। अनि न स्वास्थ्य हुन्छ, न शिक्षा।

अनलाइन मात्रै विकल्प हो भन्ने जुन म्यासेज गएको छ त्यो म्यासेज गलत हो। त्यसैले, सबै एकै साथ बहुविकल्पमा जाउँ। त्यसो भयो भने सबै विकल्पमा पुग्न सकिन्छ भन्ने दृष्टिकोण उठाउन पर्छ।

गफ लाउने बेलामा दुईथरीको शिक्षा भयो, शिक्षा र स्वास्थ्य नि:शुल्क हुनुपर्छ भनेर सडकमा कुर्लिए। पछि त्यस्तो गफ लाउनेहरूले शिक्षा र स्वास्थ्यमा लगानी गरे। त्यो मान्छे त अहिले यति बलियो भयो कि, ओलीको दरबारमा पनि त्यहीँ पुग्ने, शेरबहादुरको दरबारमा पनि त्यही पुग्ने, प्रचण्ड र उपेन्द्र यादवको दरबारमा पनि त्यही पुग्ने। त्यो हो नि खास समस्या। त्यसैले, उनीहरूलाई शिक्षा स्वास्थ्यमा लगानी नगर भन्ने होइन। लगानी गर्ने भए यसरी लगानी गर भन्ने हो।

क्यानडामा पनि निजी स्वास्थ्य संस्थाहरू छन्। तर, त्यहाँ बिरामीले आफ्नो कार्ड बोकेको हुन्छ। जहाँ पायक पर्‍यो त्यहीँ कार्ड हाल्छ। निजी भए पनि सरकारी भए पनि उसले पाउने सुविधा त्यही हो। इन्सोरेन्सको पैसा तिरेको हुन्छ। इन्सोरेन्सले काट्छ। निजीमा जावस् कि सरकारीमा! न्यूनतम् कुरा मिलाइदिएको छ सक्कियो। त्यहाँ शिक्षा पनि त्यस्तै हो। निजीमा जावस् कि सरकारीमा जावस् यो क्षेत्रको विद्यार्थी यहाँ पढ्नुपर्छ भन्ने छ। त्यो क्षेत्रमा निजी स्कुल भए निजीमा जान्छ, सरकारी भए सरकारीमा जान्छ। तर, सरकारले के ग्यारेन्टी गरिदिएको छ भने निजीमा वा सरकारीमा गए पनि उसको स्तर न्यूनतम् रुपमा समान हुन्छ। त्यहाँ निजी र सरकारीसँग सरोकार हुँदैन। यहाँ पनि त्यही अनुसारको व्यवस्था गरौं भन्दा मान्दैनन्, टेर्दैनन्।

यस्तो अवस्थामा नेपालमा कहिलेसम्म र कसरी विद्यालय खोल्दा उपयुक्त होला?

एउटा सम्भावना भनेको कोरोनाको असर छैन। अब सुरू गरौं भन्ने हो। तर, त्यसका लागि कसरी सावधानी अपनाउने, कसरी बलियो सुरक्षा व्यवस्था अपनाउने भन्ने कुरा हो। हिजो एउटा डाक्टरसँग कुरा गर्दा केटाकेटीलाई त्यति लाग्दैन। स्कुल लगाए हुन्थ्यो भन्नुभा’थ्यो। अनि मैले केटाकेटीबाट क्यारी हुनसक्छ कि नाई भनें। केटाकेटीले घरमा बोकेर गए भने अभिभावकमा सर्ने जोखिम पनि त हुन्छ भन्दा त्यो त हो भन्नुभयो। यस्तो अवस्थामा केटाकेटीलाई सुरक्षाको व्यवस्था मिलाउनुपर्छ।

अर्को कुरा यो रोग रुघाखोकीजस्तै हो। तर, यसको भाइरस रुघाखोकीभन्दा ५० प्रतिशत बलियो छ। डा. शेरबहादुर पुनजस्ता मान्छेको कुरा सुन्दा पनि त्यही हो। अन्यको कुरा सुन्दा पनि त्यही हो। त्यसैले, केटाकेटीहरूमा इम्युनिटी पावर कसरी बढाउने भन्ने किसिमको कुरा सिकाइदिएर स्वास्थ्यको सुरक्षाहरू सबै अपनाएर विस्तारै खोल्न सक्ने सम्भावना छ। तर, ह्वात्तै खोल्नु हुँदैन। अहिले त सबैका सन्तान थोरै छन्। केही भइदियो भने त बर्बाद हुन्छ। यस्तो जिकज्याक हुनुभन्दा मेडिकल चिकित्सकहरू बसेर ल अब स्कुलहरू खोल्न सकिन्छ, कलेज खोल्न सकिन्छ भन्यो भने उनीहरूको सिफारिसमा काम गर्ने गर्नुपर्छ। त्यो बीचमा हामीले माथि छलफल गरेका वैकल्पिक उपायबाट सिकाइ जारी राख्ने काम गर्नुपर्छ।

के अनि एक वर्षसम्म विद्यार्थीको पढाइ, क्यालेन्डर बिगार्ने? त्यो त बेइमानी हुन्छ नि। त्यसैले, सरकारका मान्छेले प्लान ‘ए’ प्लान ‘बी’ प्लान ‘सी’ प्लान ‘डी’ गरेर चार-पाँच प्लान बनाउनुपर्थ्यो। अनि कुन परिस्थितिमा कुन प्लान लागू गर्न राम्रो हुन्छ सोच्नुपर्थ्यो।

हामीले बहसमा ल्याउन पर्ने कुरा केही छ?

एक-दुई कुरा गरौं। पहिलो, इम्युनिटी पावर कसरी बढाउने भन्ने विषयमा पोषणका मान्छे, आयुर्वेदका मान्छेहरू, प्राकृतिक चिकित्सालगायतका मानिसहरू बसेर यस्तो गर्‍यो भने इम्युनिटी बढ्छ भन्ने बहस गरौं। हिजो मात्रै एउटा सञ्चारमाध्यममा मैले कोरोना जितेकी सनसिटी अपार्टमेन्टकी महिलाको कथा पढेको थिएँ। उहाँले मैले तातोपानी खाएर ठिक भयो भन्नुभएको थियो। बेला-बेला तातो दुध पिएँ, अण्डा खाएँ, कहिलेकाहीँ मासु खाएँ, आरामसँग बसिरहेँ भन्नुभयो। लागेपछि यो गर्नुपर्दो रै’छ। लाग्नुभन्दा पहिले यो गर्नुपर्दो रै’छ भन्ने किसिमको स्पष्ट बहस गर्नुपर्छ। जसले जनता सजग बन्छन् र ठूलो सहयोग पुग्छ। मेडिकल डाक्टरहरू औषधी कहिले बन्छ भनेर कुरिरहेको अवस्था छ। प्रधानमन्त्री जनतालाई थुनेर बसे हुन्छ भन्नेमै केन्द्रित हुनुभयो। एउटा उठाउन पर्ने विषय त्यो हो।

दोस्रो, कुरा अनलाइन मात्रै विकल्प हो भन्ने जुन म्यासेज गएको छ त्यो म्यासेज गलत हो। त्यसैले, सबै एकै साथ बहुविकल्पमा जाउँ। त्यसो भयो भने सबै विकल्पमा पुग्न सकिन्छ भन्ने दृष्टिकोण उठाउन पर्छ।

तेस्रो, शिक्षक, अभिभावकलाई कसरी तयार पार्ने, विद्यार्थीलाई कसरी तयार पार्ने भन्ने विषय उठाउनुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय