कोरोना उपचार गर्न तयार भयो सशस्त्रको अस्पताल

सशस्त्र प्रहरी बलम्बु अस्पताल कोरोना उपचारका लागि तयार भएको छ।

सरकारले ‘कोभिड १९’ को उपचारमा विशेष अस्पताल बनाउने निर्णय गरेको थियो। सरकारले कोरोना उपचारकै लागि छुट्याएका तिन अस्पतालमध्ये यो पनि एक हो।

संक्रमित व्यक्ति आएमा पूर्ण रुपमा बिरामी राख्न सक्षम भएको अस्पतालका निर्देशक हरिशचन्द्र अधिकारीले जनाकारी दिए।

अस्पतालको स्रोत, साधन र पूर्वाधारहरु थप गरेर उक्त अस्पताललाई ‘कोभिड अस्पताल’ बनाइएको हो।

‘काठमाडौंमा थप कुनै संक्रमण देखिएको छैन’ अधिकारीले भने,‘सेवा दिनको लागि अब हामी तयार भइसकेका छौं।’

हेल्थपोस्टसँग कुरा गर्दै अस्पतालको संरचना अन्तिम चरणमा पुगेको बताए। उनका अनुसार कोभिड अस्पतालमा १ सय ३० वटा आइसोलेसन बेड छ। अहिले २० आइसियु बेड र ८ भेन्टिलेटर छन्।

‘यो विश्वव्यापी महामारी हो। अहिले काठमाडौंमा संक्रमण भेटिएका छैनन् भने सकियो नै भन्ने होइन’ उनले भने ‘केही गरी देशमा संक्रमण व्यापक भयो भने हामी पनि उपचार गर्न तयारी अवस्थामा छौं।’

बिरामीलाई खान, बस्ने तथा सरसफाईलगायत सबै व्यवस्थापनका काम पूरा भइसकेको छ।

हेल्थपोस्टसँग कुरा गर्दै अस्पतालको संरचना अन्तिम चरणमा पुगेको बताए। उनका अनुसार कोभिड अस्पतालमा १ सय ३० वटा आइसोलेसन बेड छ। अहिले २० आइसियु बेड र ८ भेन्टिलेटर छन्।

गत आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सेना तथा प्रहरीको स्वास्थ्यकर्मीले उपचार गर्ने बाटो खुलाएको थियो। यो संँगै कोभिडका बिरामीलाइ नेपाली सेना र नेपाल प्रहरीका चिकित्सक नर्स तथा प्यारामेडिक्स समेतले काम गर्न सक्नेछन् ।

बिरामीको आधारमा जनशक्ति आवश्यक परेमा खटाउने अधिकारी बताउँछन् । अस्पतालले पहिल दिने सम्पुर्ण सेवा बन्द रहेका छन् । अस्पताल संक्रमणको महामारी देखिएमा सामना गर्ने हिसाबले लागि परेको अधिकारीको भनाई छ ।

अस्पतालमा पिसीआर मेसिन नभएको कारण स्बाव नमुनाको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउने गरेको छ । हालसम्म ३ सय १८ जनाको स्बाब नमुना संलकन गरी पठाएकोमा सबैको नमुना नेगेटिभ आएको अधिकारीले जानकारी दिए ।

अहिले कोरोना – १९ को उपचार उपत्यकामा टेकु अस्पताल र पाटन अस्पतालमा हुँदै आइरहेको छ । उपत्यकामा टेकु अस्पताल ३ र पाटन अस्पतालमा २ जना संक्रमित निको भएर फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय