कोभिड–१९ पछि संसार कता जानुपर्छ?

नयाँ वर्षको सुरुआतमै हामीलाई महसुस भयो –हाम्रो संसार एकदमै नाजुक रहेछ र यो अझ भद्रगोल हुनसक्छ। सबै देश यतिबेला साझा संकटका रुपमा कोभिड–१९ सँग भिडिरहेका छन्। र, सबैले बोध गरिसकेका छन् कि कोही यससँग एक्लै जुध्न सक्दैन।

हामी सबैको तात्कालीक साझा चुनौती कोभिड–१९ रूपी भयंकर शत्रुमाथि जीत हात पार्नु हो। त्यसपछि हामीले जीवन फेरि चलाउनुपर्नेछ, जसबारे आजैदेखि सोच्न जरुरी छ।

भोलि पक्कै हिजोजस्तो हुनेवाला छैन। तर, भोलि कस्तो हुने भन्ने चाहिँ आज हामीले यस संकटबाट कस्तो शिक्षा लिन्छौं भन्नेमा निर्भर रहन्छ।

असीको दशकको मध्यतिर हामीले आणविक हतियारको खतरालाई कसरी सम्बोधन गरेका थियौं भनेर म सम्झन्छु। जब हामीले आणविक हतियारलाई साझा दुश्मनका रुपमा बुझ्न सक्यौं तब यो मानव सभ्यताकै लागि एउटा उपलब्धि बन्नसक्यो।

त्यसकै प्रकटीकरणका रुपमा तत्कालिन सोभियत संघ र अमेरिकाले आणविक युद्ध जित्न नसकिने र यस्तो युद्ध कहिल्यै लड्न नहुने घोषणा गरे। त्यसकै जगमा आणविक हतियार नष्ट गर्ने पहिलो सम्झौता भएको हो। हालसम्म ८५ प्रतिशत आणविक हतियार भइसकेको छ, तर यसको संकट चाहिँ पूर्णत: टरिसकेको छैन।

गरिवी र असमानता, वातावरण विनास, पृथ्वी तथा समुन्द्र माथिको क्षति, आप्रवासी संकटलगायत समस्याले आजको विश्वलाई निकै चिन्तित तुल्याएको छ। यी सबैभन्दा अगाडि लागेर भूमण्डलीकृत विश्वमा कोरानाको डढेँलो अल्कपनीय गतिमा फैलिरहेको छ।

कोरोनाविरुद्धको प्रतिकार्य राष्ट्रियस्तरमा निरुपण हुनैसक्दैन। सारा मानव समुदाय लागेर यसको कठोर सामना गर्नैपर्छ, यसलाई परास्त गर्नैपर्छ।

सबै मानवजातिका लागि साझा रणनीति तथा लक्ष्यको विकास तथा कार्यान्वयनमा हामी आजको दिनसम्म चुकेका छौ‍ं। संयुक्त राष्ट्रसंघले अवलम्बन गरेको दीगो विकास लक्ष्य हासिल गर्ने दिशातर्फ एकदमै असमान प्रगति हात लागेको अवस्था छ।

हामीले देखेका छौं कि विश्व महामारी र यसको परिणामद्वारा सिर्जित परिस्थितिले विशेषगरी गरीव जनसंख्यालाई धेरै नै मारमा पारेको छ, जसको कारण असमानताको समस्या झन् विकराल बनेको छ।

हामीले अहिले आकस्मिक रुपमा सुरक्षाको पूर्ण अवधारणाबारे पुनर्विचार गर्न जरुरी छ। शितयुद्धको अन्त्यपछि सुरक्षालाई सैन्य सरोकारका रुपमा मात्र परिकल्पना गरिनु दुभार्ग्यपूर्ण हो। हुन पनि पछिल्लो केही वर्षयता हामीले हतियार, क्षेप्यास्त्र र हवाइ आक्रमणबारे मात्रै खबर सुन्छौं।

गरिवी र असमानता, वातावरण विनाश, पृथ्वी तथा समुन्द्र माथिको क्षति, आप्रवासी संकटलगायत समस्याले आजको विश्वलाई निकै चिन्तित तुल्याएको छ। यी सबैभन्दा अगाडि लागेर भूमण्डलीकृत विश्वमा कोरानाको डढेँलो अल्कपनीय गतिमा फैलिरहेको छ।

यस वर्ष पनि सारा संसार ठूला शक्ति राष्ट्रहरुको सहभागितामा इरान, इराक र सिरियामा ठूलो संख्याका मानिस हताहती हुने खालको युद्ध चल्यो। औपचारिक रुपमा ती राष्ट्रहरुले हात झिके पनि ती मुलुकको स्वार्थ चाहिँ हटिसकेको छैन। जुन अझै डरलाग्दो पक्ष हो।

आजका विश्वव्यापी समस्याका समाधान युद्ध तथा सैन्य घम्साघम्सीले दिँदैन भन्ने अब पनि स्पष्ट भैसकेको छैन र? युद्ध आफै असफल राजनीतिको संकेत हो।

अबको लक्ष्य मानव सुरक्षा नै हुनुपर्छ। जस्तो कि खाद्यान्न, स्वच्छ पानी, सफा वातावरण र मानव स्वास्थ्य स्याहार। त्यो पूरा हुन हामीलाई रणनीति, पूर्व–तयारी, योजना, भविष्यको लागि सञ्चिती लगायत अत्यावश्यक छन्। सरकारले हतियारको प्रतिस्पर्धामा सम्पूर्ण स्राेतसाधन खेर फालेमा सबै सबै प्रयास निष्फल हुनेछन्।

म के दोहोर्‌याउन संकोच मान्दिनँ भने हाम्रो विश्वव्यवहार, अन्तर्राष्ट्रिय राजनीति र राजनीतिक सोच ‘डिमिलिटराइज्ड’ (गैरसैन्यीकरण) गर्नैपर्छ।

तसर्थ, यो विषयलाई सबैभन्दा उच्च अन्तर्राष्ट्रिय स्तरमा सम्बोधन गर्न म विश्वका नेतृत्वकर्तालाई हालको संकट शान्त हुने बित्तिकै चाँडोभन्दा चाँडो संयुक्त राष्ट्रसंघको आकस्मिक विशेष साधारणसभा बोलाउन आग्रह गर्दछु। उक्त सभा सम्पूर्ण विश्वव्यापी मुद्धालाई सम्बाेधन गर्नेतर्फ केन्द्रित हुनुपर्नेछ।

यो विषयलाई समुचित प्राथमिकताका साथ अगाडि बढाउन विश्वका नेतृत्वकर्तालाई आ-आफ्नो सैन्य खर्च १० देखि १५ प्रतिशतका दरले घटाउन मेरो विशेष अनुरोध छ। नयाँ चेतना तथा नयाँ सभ्यतातर्फको पहिलो कदमको रुपमा उनीहरुले यति चाहिँ गर्न अत्यावश्यक छ।

(सोभियत यूनियनका अन्तिम राष्ट्रपति तथा नोबेल पुरस्कार विजेता मिखायल गोर्भाचेभको टाइम म्यागजिनमा प्रकाशित लेखको भावानुवाद)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय