कोरोनाका नाममा अन्य बिरामीलाई सेवा नदिने अस्पताललाई कारबाही हुन्छ : स्वास्थ्य मन्त्रालय

कोरोना नाममा अन्य बिरामीलाई सेवा नदिने अस्पताललाई कारबाही हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

विराटनगरमा गर्भवती महिलाले सेवा नपाएको सञ्चार माध्यममा आएको गुनासो जोड्दै सेवा नदिने जो–सुकैलाई कारबाही हुने मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

विराटनगरको नोबल मेडिकल कलेजमा मगंलबार भर्ना भएकी उदयपुरकी २९ वर्षकी सरस्वती रौनियारलाई अस्पतालले बुधबार बिहान अप्रेसन थिएटरबाट निकालेको थियो ।

‘एक गर्भवती महिलाले सेवा नपाएर भौतारिनु परेको अवस्थाले मन्त्रालयको ध्यानकर्षण भएको छ, डा. देवकोटाले भने,‘ सत्य, तथ्य पत्ता लाएर, लापरबाही भएको भए कारबाही हुन्छ ।’

यस्ता क्रियाकलाप पुन नदोर्याउनको लागि सम्बन्धित निकायलाई प्रवक्ता डा. देवकोटाले आग्रह गरे । यो माहामारीको बेला ‘कोभिड १९’ र कोभिड १९ भन्दा बाहिरका बिरामीलाई सबैलाई सेवा दिनुपर्ने डा. देवकोटाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय