हरित जलवायु कोषले दिएको ४ अर्ब ७९ करोड नेपालले स्विकार गर्‌यो, बागमति पूर्वका क्षेत्रमा खर्च गरिने

हरित जलवायु कोषले दिएको करिब ४ अर्ब ७९ करोड (३९.३मिलियन डलर) अनुदान सहयोग नेपालले स्विकार गरेको छ। उक्त्त रकम कोषले विश्व खाद्य तथा कृषि संगठन मार्फत दिने भएको हो।

त्यसका लागि सरकारले अर्थ मन्त्रालयका सचिब वा सहसचिबलाई समझदारी पत्रमा हस्ताक्षर गर्नका लागि अख्तियारी दिएको छ।

मन्त्रिपरिषदको केही दिनअघि बसेको बैठकले यो अनुदान स्विकार गर्ने निर्णय गरेको हो। नेपालको चुरे क्षेत्रमा जलवायु अनुकूलन’का लागि यो रकम वन तथा वातावरण मन्त्रालयले खर्च गर्नेछ।

वन तथा वातावरण मन्त्रालयका प्रवक्त्त डा. सिन्धुप्रसाद ढुङ्गानाका अनुसार यो सम्झौता केही दिनभित्रै हुनेछ। त्यसपछि मन्त्रालयले विश्व खाद्य संगठनसँगको सहकार्यमा छुट्टै कार्यान्वयन समिति बनाउनेछ।

‘यो नेपाल सरकारले सिधै चलाउन मिल्ने अनुदान होइन दातृ निकायको सहकार्यमा हामीले यसलाई कार्वान्वयन गर्नेछौं’ हेल्थपोस्ट नेपालसँग कुरा गर्दै उनले भने ‘जलवायु परिवर्तनले पारेका प्रभाव न्यूनिकरण र अनुकूलन क्षेत्रमा यो रकम खर्च हुनेछ।’

यो अनुदान अन्तर्गत बागमतीदेखि पूर्व क्षेत्रमा कार्यक्रम सञ्चालन हुनेछन्।

जलवायु परिर्तनलाई न्यूनिकरण तथा जलवायु अनुकुलनका लागि विश्वभर नेपालजस्ता देशलाई लगानी गर्नका लागि संयुक्त राष्ट्रसंघको अगुवाईमा हरित जलवायु कोष(क्लाईमेट ग्रीन फण्ड–सीजीएफ) पनि बनाइएको छ।

कोषको मुख्यालय दक्षिण कोरियामा गत कार्त्तिकमा बसेको बोर्ड बैठकले नेपालको पेश गरेको प्रस्ताव स्विकृत गर्दै अनुदान दिने निर्णय गरेको हो।

जलवायु परिवर्तनका क्षेत्रमा काम गर्नका लागि नेपाल सरकारले कोषमा करिब ५ अर्ब बराबरको प्रस्ताव गरेको थियो।

कोषका अनुसार ५ अर्बमध्ये बाँकी रकम भने नेपाल सरकारले थप गर्नेछ।

कोषको २४ औं बोर्डले विश्वका ९९ विकासशील देशहरुलाई जलवायु परिवर्तनका क्षेत्रमा काम गर्नका लागि आर्थिक सहायत स्विकृत गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय