नेपाल-भारत पर्यटनलाई कोरोनापछि नयाँ गति दिइने

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनञ्जय रेग्मीले भारतका विभिन्न पर्यटन संघसंस्थाका प्रमुखसँग दुवै देशबीचको पर्यटनलाई कोरोना संकटपछि नयाँ गति दिने विषयमा ‘अनलाइन’ छलफल गरेका छन्।

वैशाख १८ मा इन्डियन ट्राभल एजेन्ट्स एसोसिएनका अध्यक्ष ज्योति मयल, इन्डियन डोमेस्टिक टुर अपरेटर एसोसिएसनका अध्यक्ष पिपी खन्ना, इन्डियन एडभेन्चर टुर अपरेटर एसोसिएसनका अध्यक्ष क्याप्टेन स्वदेश कुमार, इन्डियिन ट्राभल एजेन्ट्स फेडेरेसनका अध्यक्ष प्रदिप लुल्ला र इन्डियन आउटबाउन्ड टुर अपरेटर्स एसोसिएसनका निवर्तमान अध्यक्ष महेन्द्र भखारिया सहभागी छलफलको समन्वय इन्डियन ट्राभलका प्रमुख सान जीतले गरे।

पर्यटन बोर्ड सिइओ रेग्मीले छलफलमा बोर्डले वर्तमान संकटका समयमा नेपालमा भएका पर्यटकलाई उनीहरूको देश फर्किन गरिएको काम, नेपाली पर्यटन उद्योगको क्षति विवरणका लागि सर्वेक्षण गरिरहेको, नेपाल सरकारसँग पर्यटन उद्योगलाई राहत प्याकेजका लागि गरिरहेको पहल, नेपाली पर्यटन उद्योगलाई आगामी दिनमा आवश्यक हुने हाइजिन स्यानिटेसन व्यवस्था, भारतीय बजार लक्षित हिलस्टेसन र मझौला पहाडी भागमा नयाँ पर्यटन गन्तव्य विकासका साथै ती स्थानमा मनोरञ्जनका आयामका लागि बोर्डले गरिरहेको पहलबार जानकारी गराएका छन्।

कोरोनापछिका दिनमा भारतीय पर्यटकको नेपाल भ्रमणमा चाहिने आत्मविश्वासका लागि गरिनुपर्ने विविध अभियानमा छलफल बढी केन्द्रित थियो। भारतीय पर्यटनका शीर्ष व्यक्तिले संकटपछि भारतीय पर्यटक भ्रमणमा सामाजिक दुरी र सुरक्षाका विषयमा बढी सचेत हुने बताउँदै नेपालले गन्तव्यमा यसको प्रबन्ध गर्न अनुरोध गरेका थिए। कोरोना महामारीमा हालसम्म नेपालमा शून्य मृत्युको अवस्थाले आगामी दिनमा भारतीय बजारमा छुट्टै स्थान बनाउने र नेपालप्रतिको विश्वास अझ बढाउने सहभागीले बताएका थिए।

त्यसैगरी सहभागीले नेपाली र भारतीय ट्राभल उद्योगले समन्वयमा काम गरी भारतीय पर्यटकलाई नयाँ आत्मविश्वास प्रदान गर्नुपर्ने आवश्यकता आंैल्याएका थिए। नेपाली आतिथ्य र सत्कारलाई नेपाली पर्यटनको आधार भएको मनन गरी नेपालको नयाँ परिचय स्थापित गराउने कार्यलाई तीव्र्रता दिन पनि सहभागीले विशेष अनुरोध गरेका थिए।

बजारीकरण र प्रवर्द्धनका काममा नेपाली र भारतीय समकक्षीको संयुक्त प्रयास गराउन भारतीय पर्यटन संघसंस्थाले आफ्ना सदस्यलाई सक्रिय गराउने विषय पनि छलफल भएका थियो।

त्यसैगरी नेपाल–भारत पर्यटन कार्यदल बनाउन पर्यटन बोर्ड सिइओ रेग्मीले गरेको प्रस्तावलाई आगामी दिनका छलफलबाट टुंगो लगाउने सहमति भएको छ। बोर्डले आगामी दिनमा भारतीय समकक्षीसँगको छलफललाई तीव्र्रता दिने र यस किसिमको गन्तव्य वेभिनार संयुक्त आयोजना गर्दै जाने निर्णय पनि भएको बोर्डले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय