हालसम्म ४९ पुरुष र १० महिलालाई कोरोना संक्रमण, पिसिआरबाट १२ हजार ५ सय ७७ परीक्षण

शुक्रबार थप २ जनामा कोरोना संक्रमण भएसंगै कूल संक्रमित संख्या ५९ पुगेको छ । रुपदेन्ही र बाँकेमा थप दुईजनालाई संक्रमण देखिएसँगै ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनााएको छ ।  मन्त्रालयका अनुसार हालसम्म ४९ पुरुष र १० जना महिलामा संक्रमण देखिएको छ ।

बाँके ६० वर्ष पुरुषको भेरी अस्पताल र रुपन्देहीको २५ वर्षका पुरुषको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पिसिआर परीक्षण गर्दा पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

६० वर्षीया पुरुषलाई सुशील कोइराला प्रखर अस्पतालको आइसोलेसनमा ल्याइँदै गरेको मन्त्रालयले जनाएको छ । त्यसैगरी, बुटवल धागो कारखानाको कोरोना अस्पतालबाट अन्य अस्पतालमा लगिँदै गरेको छ ।

हालसम्म १६ जना निको भएर घर फर्किएका छन् भने ४३ जनाको विभिन्न अस्पतालमा उपचार हुँदै छ । जसमध्ये रुपन्देहीमा १,धनगढीमा १, भरतपुरमा १, नेपालगञ्जमा १, विरगञ्जमा ८ र विराटनगरमा ३१ उपचारमा रहेका छन् । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

१२ हजार ५ सय ७७ पीसीआर परीक्षण, २४ हजार ९ सय ७ क्वारेन्टाइनमा

हालसम्म पीसीआरबाट १२ हजार ५ सय ७७ र आरडिटी  टेस्ट बाट ४७ हजार ७ सय ९७ नुमना परीक्षण भएको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ४ सय ६७ थप नुमना परीक्षण भएका छन् ।

अहिलेसम्म आरडिटी  टेस्टबाट प्रदेश १ मा ५ हजार ८९, प्रदेश २ मा ५ हजार ६ सय १७, बाग्मती प्रदेशमा ८ हजार ४ सय ९४ परीक्षण भएको छ । त्यसैगरी, गण्डकी प्रदेशमा ५ हजार ४ सय ११, प्रदेश ५ मा ४ हजार ३५, कर्णाली प्रदेशमा ५ हजार ५ सय ६७, सुदुरपश्चिम प्रदेशमा १३ हजार ५ सय ८४ नमुना परीक्षण भएको मन्त्रालयले तंथ्याक दिएको छ ।

शुक्रबार देशभर २४ हजार ९ सय ७ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता डा. देवकोटाले जनाकारी दिए ।

उनका अनुसार प्रदेश १ मा २ हजार ८ सय ७७, प्रदेश २ मा १ हजार ३ सय ३२, बागमती प्रदेशमा ५ सय ३८, गण्डकी प्रदेशमा ७ सय ८ रहेका छन् । त्यसैगरी, प्रदेश ५ मा १२ हजार १ सय ६३, कर्णाली प्रदेशमा ३ हजार ७ सय २४, सुदुरपश्चिम प्रदेश ३ हजार ३ सय ६५ जना क्वारेन्टाइन रहेका छन् ।

शुक्रबार ९४ जना आइसोलेसनमा रहेका छन् । जसमध्ये उपत्यका ५ र उपत्यका बाहिर ८९ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय