चीनको चाङ्साबाट ल्यायाे हिमालयले मेडिकल सामग्री

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ वैशाख १९ गते १६:१६

नेपाल-चीन संयुक्त लगानीमा स्थापित हिमालय एयरलाइन्सले दोस्रोपटक चीनको चाङ्साबाट काेराेनाविरुद्धको मेडिकल सामाग्री ल्याएकाे छ।

हिमालयले यस उडानका लागि आवश्यक लजिस्टिक सेवासर्तका लागि नियामक निकायबाट स्विकृतिका आधारमा चाङ्सा उडान भरेको हो।  हिमालयको चाङ्सासँग एयरलिंक पहिले नै स्थापित छ। कोभिड–१९ प्रकोपअघि नै हिमालयले २० नोभेम्बर २०१९ देखि मध्यचीनको राजधानी चाङ्साका लागि साप्ताहिक उडान गर्दै आएको छ।

‘कार्गो उडान सफलतापूर्वक सञ्चालन गरेका छौं र चाङ्सन हाम्रो उडान गन्तव्यमध्ये एक भएका कारण यो दोस्रो कार्गो उडानका लागि तयारी गर्न हामीलाई अपेक्षाकृत सजिलो भयाे,’ हिमालयका उपाध्यक्ष वियज श्रेष्ठले बताए।

उक्त कार्गो जहाजले चिकित्सा उपकरण, परीक्षण किट, व्यक्तिगत सुरक्षा सामग्री (पिपिई), मास्क र पन्जालगायत अन्य कोभिड–१९ औषधिजन्य सामग्री ल्याएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय