साढे ३ सय वर्ष पहिले ‘क्वारेन्टाइन’ बसेको एउटा गाउँ

बेलायतको डर्बिसायर उपत्यकास्थित साना–साना गाउँले अन्तर्राष्ट्रिय समाचारमा कहिल्यै स्थान पाएनन्। तर, करिब ३ सय ५० वर्ष पहिला विनाशकारी प्लेग प्रकोप आइपर्दा यिनै गाउँमध्येको एक इयामले देखाएको वीरताको कथा अहिले फेरि जीवन्त बनेको छ। नहोस् पनि किन, विश्वका आधाभन्दा बढी जनसंख्या तत्कालीन इयामवासीको नियतिमा जो छन्।

इयामको कथा वास्तवमै प्रभावशाली छ। सन् १९६६ मा युरोपलाई प्लेगले निल्दै थियो। त्यतिबेला इयामले सचेतनापूर्ण व्यवहारमा उदाहरणीय अग्रसरता देखायो। संक्रमण बस्ती बाहिर नजाओस् भनेर पूरै गाउँ एउटा एकलासे ठाउँमा अलग्गिएर बसे। यस्तो ऐच्छिक क्वारेन्टाइनका कारण हजारौं मानिसको ज्यान जोगियो।

इयामको स्वेच्छिक क्वारेन्टाइन र आजको विश्वव्यापी सामाजिक लकडाउनको समानान्तर कथाले यतिबेला संसारका नामी सञ्चारमाध्यममा स्थान पाइरहेका छन्। र, इयामको यो पुनर्जीवित कथा छाप्ने क्रममा सञ्चारमाध्यमले बेलायती कवि सिमोन आर्मिटेजले त्यही विषयमा लेखेको कविता उद्धृत गरेका छन्, जसमा कपडाको ‘पार्सल’ मार्फत् इयाममा महामारी प्रवेश गरेको वर्णित छ।

कोरोना विश्व–महामारी सामना गरिरहेको हालको अवस्थामा हामीले केसम्म गर्न सक्छौ‍ भन्ने विषयमा इयामको गाथा एउटा प्रेरक सम्पदा हो। के हामी इयामका बासिन्दाजस्तै निस्वार्थ भाव प्रदर्शन गर्न सक्छांै वा हामीले हाम्रो नैतिकता एवं स्वाभिमान गुमाइसकेका छौ‍?

इतिहासका अनगिन्ती वृत्तान्त विभिन्न प्रसंग, स्वरूप वा प्रस्तुतिमा दोहोरिरहन्छन्। इयामको कथा चाहिँ मानवजातिले प्राणघातक महामारी सामना गर्नुपर्दा आवृत्त भइरहन्छ र भइरहने छ।

सन् १६६५ शरदसम्म इयाममा महामारी प्रवेश गर्नुपूर्व प्लेगले लन्डनलगायत प्रमुख सहरमा उत्पात मच्चाइसकेको थियो। लन्डन महानगरमा प्रत्येक पाँचमा एकभन्दा बढीका दरले ५० हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको थियो।

इयामको कथा कुनै रोमाञ्चक उपन्यास झैं लाग्छ भने यसको कारण हो– यसबारे सिर्जना गरिएको कथन। यसको श्रेय १८औं शताव्दीका चर्चित कवि एना सिवार्डलाई जान्छ। उनले १७६५ मा प्रकाशित गरेका थिए– महामारीको वृत्तान्तसम्बन्धी पत्रहरूको सँगालो।

इयामको समुदायसँग सन् १३४८ को ‘ब्ल्याक डेथ’ पछि समय–समयमा देखापरेका भयंकर महामारी प्रतिकार गरेको शताव्दीयौ‍ लामो अनुभव थियो। बिरामीबाट स्वस्थ मानिस अलग्याउने सशक्त विधिबारे सबैजसो मानिस जानकार थिए भने त्यसको विधि कार्यान्वयन गर्न त्यहाँको सरकार दक्ष बनिसकेको थियो।

कोरोना भाइरस नियन्त्रण गर्न बन्दाबन्दीसहितको हाम्रो हालको क्वारेन्टाइन नीतिको भरपर्दो उत्पत्ति इयाममै भएको मान्नुपर्छ।

इयाम शिशाको खानीसहितको एक सानो बस्ती थियो र केही वृत्तान्तअनुसार यस गाउँमा मात्रै ३ सय मानिस बस्थे। सन् १६६६ नोभेम्बरमा महामारी नियन्त्रणमा आउँदासम्म २ सय ५९ जनाको मृत्यु भइसकेको थियो। घर मानवविहीन बनेका थिए। आºनो गाउँभित्र सीमित उनीहरूले असंख्य देशवासीको जीवन रक्षा गरेका थिए । तर, उनीहरूले ठूलो मूल्य चुकाउनुपर्‌यो। ‘हाम्रो सहर कङ्कालको थुप्रोमा परिणत भएको छ,’ त्यहाँका संरक्षक विलियम ममपेसनले भनेका थिए।

हामी बेलायतको क्वारेन्टाइनलाई घरपरिवार स्तरमा सीमित र डेनियल डिफोले ‘अ जर्नल अफ द प्लेग इयर (१७२२)’ मा चित्रित रातो क्रस चिह्नसहितको किला ठोकिएको ढोकाजस्तो सोच्छौ‍ं। तर, यस्तो क्वारेन्टाइन ठूलो क्षेत्रमा पनि लागू हुन सक्छ।

सन् १६६० को दशकमा स्थानीय अधिकारीले प्रकोपबाट बच्न कायम गरेको नियन्त्रण इयामले उक्त समयमा लागू गरेको बन्दाबन्दीजस्तो थियो। १७२२ मा बेलायत थप अर्को प्रकोपको मारमा फस्दा त्यतिबेलाका प्रमुख चिकित्सक रिचर्ड मेडले इयामको उदाहरण लिँदै क्वारेन्टाइनको विधि सुझाएका थिए।

इयाम स्वतः क्वारेन्टाइनमा गएकाबारे शंका उठेको छैन। ममपेसनको पत्रसहितका दस्तावेजले एकान्तवासको सफलता र उनीहरूले माग गरेको नेतृत्वबारे समेत चर्चा गरेका छन्।

इयाम महामारीको इतिहासमा लाशको चाङमात्र छैन, अधुरो प्रेमको कथा पनि लुकेको छ। इयामका इमोट र छिमेकी गाउँ मिडिलटन डेलकी उनकी प्रेमिका रोल्यान्ड हरेक दिन एक–अर्कालाई हेर्न आतुरतापूर्वक क्वारेन्टाइनको सिमारेखासम्म आइपुग्थे। अचानक रोल्यान्ड आउन छाडिन्। व्यग्र इमोट आफ्नो प्रेमिका देख्ने आशमा सोही स्थानमा प्रत्येक दिन आइरहे। तर, क्वारेन्टाइन फुकुवा भएपछि मात्र उनले थाहा पाए कि प्रेमिका रोल्यान्डको केही महिनाअघि नै मृत्यु भइसकेको रहेछ।

इयाम गाथामा मानवप्रेम, करुणा र सहानुभूति पनि उत्तिकै झल्कन्छ। आफूसँग बचेखुचेका सिक्का दिएर गाउँले बन्धुबान्धवका लागि खाद्यान्न किनेको, प्लेगले पत्नीको ज्यान लिएपछि ममपेसन भन्ने व्यक्ति चर्चको खतरनाक घेरा नाघेर अँधेरीमा बाख्राभेडासहित घाँसेमैदानमा प्रार्थना गर्न गएको लगायत किस्सा यसमा छन्।

तर, समकालीन विवरणमा इयामको रंगिन इतिहासका कयौं पक्ष छुटेका छन्। यी विवरण इतिहासभन्दा बढी कथनले भरिएका छन्। जसमध्ये उक्त गाउँले आफूलाई अरूबाट बहादुरीपूर्वक अलग्याएको तथ्य पनि एक हो।

इयाम स्वतः क्वारेन्टाइनमा गएकाबारे शंका उठेको छैन। ममपेसनको पत्रसहितका दस्तावेजले एकान्तवासको सफलता र उनीहरूले माग गरेको नेतृत्वबारे समेत चर्चा गरेका छन्।

इयामको कथा कुनै रोमाञ्चक उपन्यास झैं लाग्छ भने यसको कारण हो– यसबारे सिर्जना गरिएको कथन। यसको श्रेय १८औं शताव्दीका चर्चित कवि एना सिवार्डलाई जान्छ। उनले १७६५ मा प्रकाशित गरेका थिए– महामारीको वृत्तान्तसम्बन्धी पत्रहरूको सँगालो।

सिवार्ड इयामका संरक्षक ममपेसनको छोरी थिइन् र बाबुका पत्र पढेर उनी भावविभोर बनेकी थिइन्। ‘उच्च महत्वको यस इमान्दार चित्रणले तपाईंको हृदयलाई फराकिलो बनाउँछ,’ उनले उक्त सँगालोको तारिफ गर्दै लेखेकी थिइन्।

दुई शताव्दीपछि स्थानीय इतिहासकार विलियम वुडले लेखेको प्रशिद्ध पुस्तक ‘द हिस्ट्रि एन्ड एन्टिकिटिज अफ इयाम (१८४२)’ मार्फत् इयामको गाथालाई नयाँ उचाइ दियो। तर, स्वयं वुड नै आºनो कथाको सत्यताबारे चिन्तित थिए र उनले पछिल्लो संस्करणलाई ‘लेजेन्डस् अफ द प्लेग’ को शीर्षक दिए।

वुडका लेखले नै आमकल्पनामा इयामका लागि स्थान बनाउन सहयोग गर्‌यो। जसका कारण १९३४ मा आयोजना गरिएको श्रद्धाञ्जली कार्यक्रममा १० हजारभन्दा बढी मानिसले सहभागिता जनाए। १९५१ को फेस्टिभल अफ ब्रिटेनसम्म आइपुग्दा इयाम बेलायती इतिहासको धरोहर बिम्ब बन्न पुग्यो र महामारी क्रममा ज्यान गुमाउने मानिसको नामसहितको प्लेट इयामका घरका भित्तामा टाँसियो। आज यस गाउँका हजारजति बासिन्दाले वर्षको दसौं हजार आगन्तुकलाई आतिथ्य प्रदान गर्छन्, अनि ‘बुबोनिक अरेन्ज’, ‘क्वारेन्टाइन’ र ‘ब्ल्याक डेथ’ लगायत पेयपदार्थ पिलाउँछन्।

इयामले आज पनि सिर्जनात्मक परिकल्पनालाई आकर्षित गरिरहेको छ। २०१८ अगस्टमा लन्डनमा ‘इयाम’ शीर्षक महामारीमा आधारित नाटक मञ्चन गरिएको थियो।
(एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय