कोकाकोलाद्वारा कोभिड-१९ प्रभाव सामना गर्न समुदायलाई ८ करोड सहयोग

कोभिड-१९ महामारी फैलावट र प्रभावविरुद्ध लड्न विश्वका सबै ठाँउबाट सहयोग बढ्दै जाँदा, नेपालमा कोकाकोलाले फ्रन्टलाइन स्वास्थ्यकर्मी, आपतकालीन कामदार र यस्तो अनिश्चित समयमा धेरै प्रभावित भएका सरसफाइ कामदारलाई सहयोग पुर्‍याउन ८ करोड प्रारम्भिक सहयोग गर्ने वाचा गरेको छ ।

कोकाकोलाले नेपालमा सुरु गरेको राहत कार्यक्रमले यस अभूतपूर्व समयमा देशभर १ लाखभन्दा बढीलाई लाभान्वित र सकारात्मक प्रभाव पार्ने उद्देश्य छ ।  नेपालमा कोकाकोलाले देशलाई सुरक्षित राख्न अथक परिश्रम गरिरहेका फ्रन्टलाइन स्वास्थ्यकर्मी र आपतकालीन कामदारका लागि आधारभूत स्वास्थ्य सुविधा, आवश्यक मेडिकल उपकरण र व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) वृद्धि गरी तत्काल राहत प्रदान गरी समुदायलाई सहयोग गर्न सक्रिय कदम चालेको छ । यसका साथै कम्पनीले आपतकालीन कामदारलाई पेयपदार्थ र दैनिक ज्यालामा निर्भर प्रभावित समुदायलाई खाद्यान्न राहत सामाग्री प्रदान गर्दै सहयोग गरेको छ । यी पहल- साझेदार, गैरसरकारी संस्था र समुदायको संयुक्त प्रयासमा सुरु गरिएको हो ।

कोकाकोलाले नेपालमा समुदायलाई कोभिड-१९ विरुद्ध लड्न र यसको थप फैलावट कम गर्न नेपाल रेडक्रस सोसाइटी र रिसाइक्लिङ साझेदार  क्रिएसनसँग साझेदारी गरेको छ । कोकाकोला कम्पनी र बोटलिङ पार्टनर बोटलर्स नेपाल लिमिटेड यस विश्वव्यापी संकटमा आफ्ना कर्मचारी, उपभोक्ता र समुदायको सुरक्षा र हित सुनिश्चित गर्न प्रतिबद्ध रहेका छन् ।

कम्पनीका भाइस प्रेसिडेन्ट सुन्दीप बजोरियाले ग्लोबल कोभिड-१९ महामारीले सबैका लागि अत्यन्तै चुनौतीपूर्ण समय निम्त्याएको बताए ।  नेपालमा आफ्ना साझेदारका साथ स्वास्थ्य, सुरक्षा र समुदायको जीवनयापन सुधारका लागि काम गरिरहेका उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय