अग्नि ग्रुपले ल्यायो तीन दिने अनलाइन फिटनेस कार्यक्रम

अग्नि ग्रुपले अनलाइन सेवामार्फत् मानसिक स्वास्थ्यसम्बन्धी अभियान सञ्चालन गरिरहेको छ । जसअन्तर्गत वैशाख १९ देखि २१ सम्म (हरेक दिन ४ देखि ५ बजे) सम्म सञ्चालन हुने ग्रुपले जनाएको छ ।

आगामी तीन दिन आमनागरिकमा महिन्द्रा नेपाल–अग्नि ग्रुपको फेसबुक पेजमार्फत् प्रमाणिक परिवर्तनकारी प्रशिक्षक (होलिस्टिक ट्रान्सफर्मेसनल कोच) प्रेरणा शाहबाट अन्तर्क्रियात्मक तथा चिन्तनयोग्य प्रत्यक्ष संवादमा जोडिन आग्रह गरेको छ ।

यो प्रत्यक्ष संवाद कार्यक्रमले मानिसलाई आफ्नो वर्तमान जीवन शैली, योगासन, प्राणायाम एवं मानसिक तथा शारीरिक स्वास्थ्यसहित जीवनका सबै क्षेत्रमा आफूले खोजेको जवाफ हासिल गर्न मद्दत पुग्नेछ । पूर्वमिस नेपाल शृङ्खला खतिवडाद्वारा यो कार्यक्रम सञ्चालन हुनेछ ।

अग्नि ग्रुपले लकडाउनका समयमा सम्मुख (फ्रन्टलाइन) मा बसेर काम गर्ने सबै जनशक्तिलाई सम्मान गर्न र जनमानसमा सकारात्मक सामाजिक सन्देश प्रवाह गर्ने दिशामा निरन्तर काम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय