निम्बसले वीरगन्जमा विस्तार गर्‍यो अनलाइन सपिङ : उत्पादनको दायरा पनि थप

कोरोना भाइरस (कोभिड–१९) प्रकोपको अवस्थामा पनि निम्बस समूहले देशव्यापी रूपमा आफ्ना उत्पादन तथा सेवा विस्तार गर्दै आएको छ । गत चैत ९ बाट निम्बसले आफना ग्राहकलाई सुरक्षित किनमेलको प्रत्याभूति दिलाउन www.nimbusbazar.com मार्फत् अनलाइन अर्डर लिन सुरु गरेको थियो । सेवा सहज र समयानुकूल बनाउन निम्बसले भुक्तानीका विभिन्न गेटवेबाट अनलाइन भुक्तानी पनि प्रयोगमा ल्याउन थालेको छ ।

सुरुका दिनमा निम्बसले सीमित मात्रामा दैनिक आवश्यकताका वस्तु उपलब्ध गराएको थियो ।  निम्बसले आफ्नो सेवा काठमाडौंभित्र मात्र सीमित नगरी देशका अन्य भागमा पनि विस्तार गर्ने उद्देश्यसाथ आफनो सेवा देशकै मुख्य व्यापारिक केन्द्र वीरगन्जमा पनि विस्तार गरिसकेको छ । निम्बसले आफ्ना सेवाग्राहीको सहजतालाई प्राथमिकतामा राखेको छ र सुरुवातदेखि नै न्यूनतम अर्डर अनिवार्य गर्ने गरेको छैन ।

यसले ग्राहकलाई आवश्यक सामानमात्रै किन्ने छुट हुन्छ । निम्बसका प्रबन्ध निर्देशक आनन्द अग्रवाल बगारिया भन्छन्– ‘सेवाग्राहीका लागि हामी सबै प्रक्रिया सहज बनाउन चाहन्छौं र हाम्रो सेवा थप स्तरीय तथा व्यापक बनाउन हामी निरन्तर प्रयत्नशील छौं ।’

कोभिड–१९ संक्रमण रोकथाम गर्न कम्पनीले आफ्ना डेलिभरीका कर्मचारीसहित अन्य कर्मचारीको सुरक्षाको सुनिश्चितता गर्न सबै किसिमका कदम चालेको छ । वितरणलगायत प्रत्यक्ष र अप्रत्यक्ष कर्मचारीलाई समेत व्यक्तिगत स्वास्थ्य, स्वस्थकर अभ्यास र बारम्बार साबुनपानीले हात धुने तथा सेनिटाइजर प्रयोग गर्ने विषयमा निरन्तर प्रशिक्षण दिँदै आएको छ ।

त्यस्तै, कर्मचारीलाई मास्क, ,पन्जा, सेनिटाइजर उपलब्ध गराउनुका साथै डेलिभरीको समयमा आवश्यक सामाजिक दुरी कायम गर्न सिकाइएको छ ।  साथै, कम्पनीले आफ्ना सबै कर्मचारीलाई शिखर इन्स्योरेन्ससँगको सहकार्यमा कोभिड इन्स्याेरेन्स प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय