मन्दिर र मस्जिदमा परीक्षण तीव्र

बाँकेका विभिन्न धार्मिकस्थलमा बस्दै आएका धर्मगुरु तथा आश्रय लिएकाको पिसिआर परीक्षण थालिएको छ।

नेपालगन्जको बागेश्वरी मन्दिरका धर्मगुरु तथा बागेश्वरी मन्दिरका महन्थ चन्द्रनाथ योगीसहित उनका सातजना सहयोगीको कोरोना स्वाब संकलन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए।

उनले बिहीबार नै भारतबाट आएका बैजनाथ गाउँपालिकाका ११ जना, डुडुवाका १३ जना, खजुराका ७ जना, जानकीका २ जना गरी ४० जनाको स्वाब संकलन गरिएको बताए।

यसअघि नेपालगन्जको फैजाने मस्जिदबाट त्यहाका १० मौलाना तथा विद्यार्थीहरुको स्वाब परीक्षण गरिएको थियो।

हालसम्म बाँकेका विभिन्न धार्मिक स्थलमा रहेका मुस्लिम धर्मगुरु २१ र हिन्दु धर्मका धर्मगुरु ७ जनाको कोरोना परीक्षण भइसकेको स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए।

मुस्लिम धर्म गुरुहरुको कोरोना रिपोर्ट निगेटिभ

यसैबीच बाँकेको नेपालगञ्जमा रहेको फैजाने मदिनामा रहेका १० जना धर्म गुरुहरुको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

कोरोनाका आंशकामा मस्जिदमा रहेका १० जनाको स्वाब परीक्षण मंगलबार गरिएको थियो जसमा सबै जनाको स्वाब परीक्षणको रिर्पोट निगेटिभ देखिएको छ।

मुस्लिम आयोगले गठन गरेको अनुगमन समितिको संयोजन र बाँके प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी,नगरका मेयर साथै बिभिन्न धर्मका धर्म गुरुको विशेष उपस्थितिमा स्वाब संकलन र मस्जिद मदरसाको अनुगमन गरिएको थिया े।
स्वास्थ्य कार्यालय बाँकेले मंगलबार गरेको धर्म गुरुहरुको स्वाब परिक्षणको रिपोर्ट बुधबार बेलुका सार्वजनिक गरेको हो । १० जनाको रिपोर्ट निगेटिभ आएको स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय