विश्व कोरोना कहर : २ लाख ३४ हजारको मृत्यु, ३३ लाखभन्दा बढी संक्रमित

विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ३३ लाख नाघेको छ भने २ लाख ३४ हजार बढीको मृत्यु भएको छ।

वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार बिहीबारसम्म विश्वमा ३३ लाख ८ हजार २ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। त्यस्तै २ लाख ३४ हजार १ सय ५ जनाले ज्यान गुमाइसकेका छन्।

संक्रमितमध्ये १० लाख ४२ हजार ८ सय १८ जना उपचारपछि निको भएका छन्।

विश्वका विभिन्न अस्पताल र घरमै बसेर कोरोना भाइरसको उपचार गराइरहने संक्रमितको संख्या २० लाख ३१ हजार ३ सय ८ रहेको छ। उपचारतमध्ये ५० हजार ९ सय ४४ जनाको स्वास्थ्य गम्भीर रहेको छ भने १९ लाख ८० हजार ३ सय ६४ जनाको अवस्था सामान्य रहेको छ।

पछिल्लो चार महिनाको अवधिमा अमेरिका, स्पेन, इटाली, बेलायत, फ्रान्स, जर्मनी, टर्की, रुस, इरान, ब्राजिल, चीन, क्यानाडा, बेल्जियम, नेदरल्याण्ड्स, पेरु, भारत र स्वीट्जरल्याण्ड कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित भएका छन्।

हालसम्म अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या १० लाख ९५ हजार २ सय १० जना पुगेको छ, जसमध्ये ६३ हजार ८ सय ६१ जनाको मृत्यु भइसकेको छ।

स्पेनमा भाइरसबाट संक्रमितको संख्या २ लाख ३९ हजार ६ सय ३९ रहेको छ भने २४ हजार ५ सय ४३ जनाको मृत्यु भएको छ।

इटालीमा कोरोना भाइरस संक्रमित २ लाख ५ हजार ४ सय ६३ पुगेको छ। यीमध्ये २७ हजार ९ सय ६७ जनाको मृत्यु भइसकेको छ। बेलायतमा १ लाख ७१ हजार २ सय ५३ कोरोना भाइरस संक्रमित रहेकोमा २६ हजार ७ सय ७१ जनाको मृत्यु भएको छ।

फ्रान्सम कोरोना भाइरस संक्रमितको संख्या १ लाख ६७ हजार १ सय ७८ पुगेको छ, जसमध्ये २४ हजार ३ सय ७६ जनाको मृत्यु भइसकेको छ। जर्मनीमा १ लाख ६३ हजार ९ जना संक्रमित रहेकोमा हालसम्म ६ हजार ६ सय २३ जनाको मृत्यु भएको छ। टर्कीमा १ लाख २० हजार २ सय ४ जना कोरोना भाइरस संक्रमित रहेका छन्। यीमध्ये ३ हजार १ सय ७४ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै रुसमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ६ हजार ४ सय ९८ पुगेको छ, जसमध्ये १ हजार ७३ जनाको मृत्यु भएको छ भने इरानमा रहेका ९४ हजार ६ सय ४० जना संक्रमितमध्ये यीमध्ये ६ हजार २८ जनाको मृत्यु भएको छ।

नेपालमा हालसम्म ५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमितमध्ये १६ जना उपचारपछि निको भइ अस्पतालबाट घर फर्किसकेका छन् भने बाँकीको उपचार चलिरहेको छ। नेपालमा गत माघ ९ गते कोरोना भाइरसको पहिलो बिरामी देखिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय