एक दिनमा १ हजार ६ सय ८२ जनाको कोरोना परीक्षण, सबैको नेगेटिभ

देशभर एक दिनमा करिब १ हजार ६ सय ८२ जनाको कोरोना परीक्षण भएको छ। परीक्षण सकिएका मध्ये कसैलाई संक्रमण पुष्टि नभएको स्वास्थ्य जना जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार अहिलेसम्म ५८ हजार ८ सय ७१ जनाको स्वास्थ्य परीक्षण भएको छ।

तिमध्ये १२ हजार ११ जनाको पिसिआर र ४६ हजार ८ सय ६० जनाको आरडिटी परीक्षण भएको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए।

उनका अनुसार प्रदेश नम्बर १ मा ४ हजार ९ सय ८५, प्रदेश २ मा ५ हजार ४ सय ५६, प्रदेश ३ मा ८ हजार ३ सय ६१, प्रदेश ४ मा ५ हजार ४ सय ११, प्रदेश ५ मा ३ हजार ७ सय ९९, प्रदेश ६ मा ५ हजार ४ सय ३६ र प्रदेश ७ मा १३ हजार ४ सय ११ जनाको आरडिटीबाट परीक्षण भएको छ।

नेपालमा हालसम्म ५७ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ भने १६ जना उपचारपछि निको भएका छन्।

बाकि संक्रमित धनगढी र भरतपुरमा १, १ वीरगन्जमा ८ जना र बिराटनगरमा ३१ जनाको उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।

कोरोना भाइरसको आशंकामा हाल मुलुकभर ८० जना आइसोलेसनमा भर्ना भएका छन् जसमध्ये ३ काठमाडौं उपत्यकामा र ७७ जना बाहिर रहेका छन्।

देशभर हालसम्म २३ हजार ३ सय ३६ जना क्वारेन्टाइनमा रहेका छन्। क्वारेन्टाइनमा रहेकामध्ये प्रदेश नम्बर १ मा, प्रदेश १ मा ५७६ प्रदेश २ मा १४०० प्रदेश ३ मा ५५१ प्रदेश४ मा ५९३,प्रदेश ५ मा १२७५२, प्रदेश ६मा ३९९८ र प्रदेश ७ मा १४६६ जना क्वारेन्टायनमा रहेका छन्।

यसैबीच गैरआवासीय नेपाली संघ दक्षिण कोरियाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई १२० थान इन्फ्रारेड थर्मोमिटर, २ हजार थान फेससिल्ड, २० हजार थान डिसइन्फेक्सन मास्क, १० हजार थान ग्लोब्स र २ हजार थान पिपिई उपलब्ध गराएको प्रवक्ता देवकोटाले बताए।

त्यस्तै चीनले नेपाललाई ३० हजार थान ग्लोब्स,२० हजार थान डिसइन्फेक्सन मास्क,१ हजार ४ सय ५० एन ९५ मास्क उपलब्ध गराएको छ। चीनकै बुद्धिस्ट एसोसिएसनसंस्थाले २० हजार थान डिसइन्फेक्सन मास्क र १० हजार थान एन ९५ मास्क उपलब्ध गराएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय