भरतपुरको कोभिड–१९ परीक्षण प्रयोगशालामा कीट अभाव

बसन्त ढुंगाना/चितवन
प्रकाशित
२०७७ वैशाख १८ गते १७:०८

चितवनमा स्थापना गरिएको कोभिड–१९ परिक्षण प्रयोगशालमा कोरोना परीक्षणका लागि आवश्यक पर्ने पिसिआर रिएजेन्ट केमिकल अभाव भएको छ।

आरटी पिसिआर मेसिनबाट कोरोना परिक्षण हुँदै आइरहेको भरतपुरमा बुधबार बेलुकादेखि रिएजेन्टको सकिएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए। ‘हिजो रिएजेन्ट किट आउने भन्ने थियो आएन,’ पौडेलले भने, ‘अहिले चितवनमा किटको अभाव छ।’

किट आएपछि भरतपुर कोभिड १९ प्रयोगशालाबाट नियमित परिक्षण हुने उनले जानकारी दिए। अहिले देशभर किट अभाव भएका कारण चितवनमा समयमै किट नआएको उनले बताए।

प्रयोगशालामा किट सकिएपछि कोरोना भाइरस परिक्षणका लागि स्वाब हेटौंडा र काठमाडौं पठाउने गरिएको छ। यसअघि बैशाख पहिलो सातामा पनि किट सकिएपछि केहीदिन कारोना भाइरस परिक्षणको काम रोकिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय