‘लकडाउन’ सँगै माैलाएका ‘मनका बिरामी’

विश्वभरि फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट नेपाल पनि अछुतो रहन सकेन । सरकारले २०७६ साल चैत्र ११ गतेदेखि सुरु गरेको दैलो बन्दी अहिले एक महिनाभन्दा बढी भइसकेको छ।

सरकारले धेरै कुराको सोच विचार नगरी यो दैलो बन्दीलाई लम्याउने निर्णय गर्‍यो । जसको कारण दैनिक ज्यालादारी गरेर खाने मानिसहरुलाई ठूलो संकटको अवस्था आयो। मानिसहरु सैयौं किलोमिटर हिँडेर यात्रा गर्न कस्सिए।

उनिहरुका दुःख, कष्टका समाचार धेरै अनलाइन र प्रिन्ट मिडियाले प्रकाशित पनि गरे । अहिलेको ओली सरकारको ठूलो विरोध पनि सुन्न पाइयो ।

सरकारले उठाएका कदम भलै ठिक होलन् तर त्यसको असर पनि सोचेर कदम चाल्नुपर्ने विज्ञहरुले सुझाव दिएका पनि हुन् । वास्तवमा त्यस्तो भएन । ओली सरकार जनताको दुःख र भोक भन्दा पनि अनावश्यक विषयमा समय खर्च गर्न तल्लिन भइरहेको छ ।

मानिस भोकमरीमा मर्ने मात्र होइन । यहाँ ‘डिप्रेसन’का बिरामीहरुको संख्यामा कमी छैन, उनीहरुको उपचार र डाक्टरसँगको भेटघाट तथा काउन्सिलिङलाई निरन्तरता दिन नसक्दा त्यसको असर आउने दिनमा देखिने नै छ।

लामो समयदेखि डिप्रेसनमा रहेका मानिसहरुले आत्महत्या गर्ने सम्भावना ७० प्रतिशत रहन्छ। विश्वभरि हेर्ने हो भने १५ देखि २९ वर्ष उमेर समूहका मानिसहरुले हरेक वर्ष आत्महत्या गर्छन् र त्यसको दर भने करिव आठ लाख रहेको छ। नेपाल जस्तो विकासोन्मुख राष्ट्रमा करिब पन्ध्र प्रतिशत डिप्रेसनका विरामीले मात्र राम्रो उपचार पाउन सकेका छन्।

नेपालमा डिप्रेसनबाट ग्रसितहरुको संख्या करिब दश लाखको हाराहारीमा रहेको अनुमान गरिन्छ । याे संख्या अहिलेको कोरोनाको त्रासले अझै बढाउने अनुमान छ। सामाजिक असुरक्षा, डर, लैङ्गिक विभेद, सामाजिक सद्भावमा खलल तथा प्रकोपको कारण डिप्रेसन बढ्ने विज्ञहरु बताउँछन् ।

लामो समयदेखि डिप्रेसनमा रहेका मानिसहरुले आत्महत्या गर्ने सम्भावना ७० प्रतिशत रहन्छ । विश्वभरि हेर्ने हो भने १५ देखि २९ वर्ष उमेर समूहका मानिसहरुले हरेक वर्ष आत्महत्या गर्छन् र त्यसको दर भने करिव आठ लाख रहेको छ । नेपाल जस्तो विकासोन्मुख राष्ट्रमा करिब पन्ध्र प्रतिशत डिप्रेसनका विरामीले मात्र राम्रो उपचार पाउन सकेका छन् ।

यस्तो बिरामीलाई विश्वभरि नै सामान्य मानसिक विरामीको रुपमा हेरिन्छ । तर यसले सहि उपचार र परामर्श समयमै नपाउने हो भने उसले आत्महत्या गर्नसक्ने सम्भावना बढेर जान्छ ।

वर्तमान परिप्रेक्ष्यमा नेपालमा कति त्यस्तो विरामी होलान्, जसले नियमित रुपमा औषधिको सेवन गर्ने र परामर्श लिनुपर्ने । डिप्रेसनका बिरामीहरुले खाने औषधि कुनै पनि डाक्टरको प्रेस्किप्सन विना कुनै पनि औषधि पसलले दिँदैन । त्यसमा पनि यस्ता औषधिहरु निश्चित ठाउँमा खोलिएका औषधिपसलमा मात्र उपलब्ध हुन्छन् । त्यसको लागि बिरामीहरुले निश्चित ठाउँसम्म जानुपर्ने नै हुन्छ ।

यसरी यो कुरा लेखिरहँदा मेरो आफ्नै सन्दर्भ जोडौं । मेरी आमा पनि डिप्रेसनबाट अछुतो हुनुहुन्न । उहाँले औषधि सेवन गर्न थाल्नुभएको १० वर्ष पुग्न लागिसक्यो । डाक्टरको सल्लाह अनुसार औषधिको डोज मात्र घटाइएको छ । तर निरन्तर सेवन जरुरी छ।

एक महिना लकडाउन लम्बिँदा उहाँले खाने औषधि ५ दिनको लागि मात्र बाँकी हुँदा मैले सूचना पाएँ । म बुढानिलकण्ठ नगरपालिका वडा नंं १२ कपन बस्छु तर मेरा बुबा आमा लकडाउनको केही दिन अगाडि चन्द्रागिरि नगरपालिका वडा नं. १३ (पुरानो नैकाप) बस्न जानुभएको । त्यहाँ हाम्रो पुख्र्यौली थलो छ।

सरकारले लकडाउनमा इ–पासको फाराम भरेर त्यसको स्वीकृति पछि मात्र हिँड्न पाउने वा बाहिर निस्कन पाइने भन्ने सूचना पनि मैले हेरेको हुँ। त्यस सँगै गएको २०७७ वैशाख३ गते राति ८ः०० बजे महाराजगन्जको टिचिङ हस्पिटलका दुई डाक्टरलाई प्रहरीले लाठी बर्षाएको समाचार पनि हेरेको हुँ, कलंकीमा औषधि किन्न निस्किएकाहरुमाथि बर्षाएको लाठिको भिडियो पनि हेरेको हुँ।

त्यति हुँदा हुँदै कैयौं मानिसहरुलाई कुनै न कुनै आवश्यक काममा बाहिर निस्कँदा घण्टौ सडकमा उभिनु परेको समाचार पनि पढेकै हुँ । त्यसले गर्दा मलाई भने अब बाहिर निस्केर औषधि किनेर मेरी आमा बसेको ठाउँसम्म पुर्‍याउन मानसिक रुपमा त्रास बढेको हो ।

ई-पासको लागि फाराम भरें, मेडिकल कार्डको फोटो पनि अपलोड गरे, आफ्नो परिचय खुल्ने नागरिकता पनि अपलोड गरें र जानुपर्ने कारण पनि खुलाएँ । कारण यस अनुसार थियो–‘म बुढानिलकण्ठबाट पाटन पुगेर औषधि खरिद गरि चन्द्रागिरि नगरपालिकामा मेरो आमालाई पुराइदिनुपर्ने भएकोले ।’

यस्तो विवरण लेखेर पठाएको २ दिन कुरेपछि त्यसको प्रतिक्रिया नआए पछि म अर्को दिन आमाको मुख हेर्ने औंसीको दिन कपन प्रहरीमा गएर सल्लाह लिएँ, त्यहाँबाट पाएको सूचना अनुसार मेडिकल कार्ड लिएर म औंसीको भोलिपल्ट निस्किएँ, औषधि किन्न ।

जुन औषधि मेडिकल प्रेसक्रिप्सन विना किन्न पाइँदैन र अर्को औषधि निश्चित ठाउँमा भएको मेडिकलमा मात्र पाइन्छ । त्यसपछि मैले मेरो आमालाई जाँच गर्ने डक्टर निराकारमान श्रेष्ठको क्लिनिकमा फोन गरें, जुन त्रिपुरेश्वरमा अवस्थित छ । यो पसल विहान ५ः३० देखि ८ः०० बजेसम्म खुल्ने जानकारी पाएपछि भोलिपल्ट विहान त्रिपुरेश्वर हुँदै चन्द्रागिरि जाने निधो गरें । यदि त्यो त्रिपुरेश्वरमा पसल नखुल्ने थियो भने मलाई पाटन जानुपर्ने हुन्थ्यो औषधि लिन, धन्न जिल्ला पार गर्नुपरेन ।

विहान मनमा केही डर थियो, तर म बुझ्ने मानिस आफ्नो मोटरसाइकलमा निस्किएँ । बाटोमा कहिं कतै कसैले रोकेनन् । बाटोमा भिडभाड राम्रै थियो, तरकारी र खाद्यान्नको लागि धेरै पसलहरु खुलेका थिए । सडक पुरै सुनसान भने थिएन । ६ः१५ मा औषधि किनें र त्रिपुरेश्वर चोकमा एक ट्राफिक प्रहरीले रोकेर कहाँ र किन जान लागेको सोधेपछि मैले म सँग भएको मेडिकल कार्ड देखाएर आफ्नो कुरा भने पछि उहाँले जान दिनुभयो।

त्यसपछि म कुनै पनि ठाउँमा नरोकिइ कलंकी चोकबाट थानकोटतिर अगाडि बढेपछि दाहिने मोडिएर एल.आर.आइ स्कूलको बाटो हुँदै करिब १०/१२ मिनेटको मोटरसाइकल ड्राइभबाट म पुरानो नैकापको कंकाली भन्ने ठाउँमा पुगें जहाँ मेरो बुबा आमा बसिरहनु भएको थियो । औषधि पुर्‍याएँ र खाना खाएर म पुन कपन फर्किन त्यहाँबाट निस्केँ।

यो सरकारले लकडाउन त गर्‍यो तर जनताको समस्या समाधान गरेन, मजदुरको समस्या हेर्ने आँखाको पावर कमी भयो, मजदुरको दुःख, कष्ट पिडा र सयौं किलोमिटरको पैदल यात्रा सबैले देखे तर सरकारले धेरै ढिलो देख्यो, के उसले लगाउने चस्माको पावर थप्न लकडाउन भएको बीस दिन भन्दा बढी लाग्यो ?

कलंकी आइपुगेपछि मेरो मोवाइलमा सूचना आयो । ‘माफ गर्नुहोला तपाईको पास स्वीकृत भएन, कारण थियो, कागजात अपुग अथवा पास आवश्यक नदेखिएको कारण स्वीकृत भएन ।’

त्यसपछि मलाई लाग्यो । यो कस्तो सरकार हो, यो कस्तो व्यवस्था बनाएको हो ? कारण, मेरो लागि त्यो औषधि एकदमै महत्वपूर्ण थियो, तर त्यसको जवाफ आइपुग्दा म सम्बन्धित ठाउँमा औषधि पुर्‍याएर फर्किसकेको थिएँ ।

मैले बुझाएको कागजातमा पर्याप्त कागजात पुगेन भनेर आएको मेसेज नै मलाई चित्त बुझेन । तर सँगै पास आवश्यक नदेखिएको भन्ने पनि लेखिएको थियो । के मेडिकल पर्पोजको लागि निस्कँदा पास नचाहिने हो वा त्यो कामको लागि पास दिन नमिल्ने भनिएको हो बुझ्न सकिएन ।

यो सरकारले लकडाउन त गर्‍यो तर जनताको समस्या समाधान गरेन, मजदुरको समस्या हेर्ने आँखाको पावर कमी भयो, मजदुरको दुःख, कष्ट पिडा र सयौं किलोमिटरको पैदल यात्रा सबैले देखे तर सरकारले धेरै ढिलो देख्यो, के उसले लगाउने चस्माको पावर थप्न लकडाउन भएको बीस दिन भन्दा बढी लाग्यो ?

तर जे जस्तो भए पनि यो मेरो एउटा समस्या मात्र थियो, यस्तै समस्या नेपालमा कति मानिसमा होला, कति ग्रामिण भूभागमा बस्नेहरुको होला । तर के सरकारले त्यसको व्यवस्था पनि गर्न सकेको छ ?

2 thoughts on “‘लकडाउन’ सँगै माैलाएका ‘मनका बिरामी’

  1. Government is not going to listen any problems of citizens. They are in the power to enjoy – and earn for their family. We need to restore peace through individual transformation !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय