सुदूरपश्चिममा १३ हजार आरडिटी र साढे २ हजार पिसिआर परीक्षण

सुदूरपश्चिम प्रदेशमा करिब १३ हजार नागरिकको र्‍यापिड टेस्ट ((द्रुत परीक्षण) भए पनि पिसिआर परीक्षण भने निकै कम छ।
दुई मेसिनमार्फत दैनिक ३ सयजनाको पिसिआर परिक्षण गर्ने क्षमता हुँदाहुँदै प्रदेश सरकारले भने र्‍यापिड टेस्टलाई नै पहिलो प्राथमिकतामा राखेको छ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार हालसम्म सुदूरपश्चिम प्रदेशमा १२ हजार ९ सय ८६ जनाको र्‍यापिड टेस्ट गरिएको छ भने २ हजार ७ सय ७५ जनाको मात्रै पिसिआर परीक्षण गरिएको छ।

तीमध्ये हाल सम्म पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित पाँचमध्ये पनि चार जना निको भएर घर फर्किसकेका छन् भने एकजनाको उपचार भइरहेको छ।

आरडिटी गरिएकामध्ये १० जनामा पोजेटिभ देखिए पनि उनीहरूको पिसिआर नेगेटिभ देखिएको जनाइएको छ। स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेश निर्देशक डाक्टर गुणराज अवस्थीका अनुसार मंगलबार प्रदेशका थप सात सय १७ जनाको कोरोना परीक्षण गरिएको छ।

पिसिआरबाट १७ जना र आरडिटीबाट सात सय तीन जना गरी मंगलबार सात सय १७ जनाको कोरोना परीक्षण गरिएको हो। उनिहरु सबैको रिपोर्ट नेगेटिभ आएको निर्देशक अवस्थीले बताए।

कोरोना परीक्षणका लागि मंगलबार मात्रै १४ जनाको थ्रोट स्वाबको नमुना संकलन गरिएको छ भने दुई जनाको मात्रै रिपोर्ट आउन बाँकी छ।

अब प्रदेशभरि पाँच हजार ८ सय ४३ आरडिटी किट मौज्दात रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। प्रदेशभरका विभिन्न अस्पतालबाट अहिलेसम्म एक सय ११ जना डिस्चार्ज भएका छन्। चार जना कोरोना संक्रमित र बाँकी एक सय सात जना शंकास्पद बिरामीलाई अस्पतालले डिस्चार्ज गरेको हो।

कोरोना संक्रमितलाई लगातार दुई पटकसम्म नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको हो भने शंकास्पदहरुलाई भने पहिलो रिपोर्ट नै नेगेटिभ आएपछि डिस्चार्ज गरिएको निर्देशनालयले जनाएको छ।

हाल सुदूरपशिचम प्रदेशमा एक हजार दुई सय ९६ जनालाई क्वारेण्टीनमा राखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। प्रदेशका नौं वटै जिल्लामा नेपाली सेना, प्रदेश र स्थानीय सरकारले एक सय ७९ वटा क्वारेन्टाइन केन्द्र स्थापना गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय