हालसम्म पिसिआरबाट साढे ११ हजार नमुना परीक्षण, संक्रमित संख्या ५७

कोरोना आंशकामा पिसिआरबाट ११ हजार ५ सय २४ नुमना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आरडिटिबाट ४५ हजार ६ सय ६५ नुमना परीक्षण भएको मन्त्रायका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

प्रदेश १ मा ४ हजार ८ सय ८१, प्रदेश २ मा ५ हजार २ सय ९८, बाग्मतीमा ८ हजार २ सय १७, गण्डकीमा ५ हजार ३ सय ४३, प्रदेश ५ मा ३ हजार ६ सय ७१, कर्णालीमा ५ हजार २ सय ६९ र सुदूरपश्चिम प्रदेशमा १२ हजार ९ सय ८६ जनाको आरडिटिबाट परीक्षण भएको छ।
आइसोलेसनमा ८३ रहेका छन् भने ‘रेडजोन’मा हालसम्म ३ सय १० पुगेका छन्।

त्यसैगरी बुधबारसम्म २२ हजार ९ सय १ जना क्वारेन्टाइनमा रहेका छन्। प्रदेश १ मा २ हजार ४ सय ७८, प्रदेश २ मा १ हजार ४ सय ४, बाग्मतीमा ६ सय ११, गण्डकीमा ६ सय ९४, प्रदेश ५ मा १२ हजार ५ सय १५, कर्णालीमा ३ हजार ९ सय ६३ र सुदूरपश्चिम प्रदेशमा १ हजार २ सय ३६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

हालसम्म ५७ संक्रमित मध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएका छन्। धनगढीमा १, भरतपुरमा १, वीरगञ्जमा ८ र विराटनगरमा ३१ जनाको उपचार भइरहेको छ। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय