चिकित्सक संघ जुनियर कमिटीद्वारा विभिन्न अस्पतालका मेडिकल अफिसरलाई सुरक्षा सामग्री वितरण

कोरोना उपचारमा खटिएका मेडिकल अफिसरको मनोबल उच्च राख्न नेपाल चिकित्सक संघ जुनियर डाक्टर कमिटीले सुरक्षा सामग्री वितरण गरेको छ।

संघको सहयोगमा काठमाडौंका विभिन्न अस्पतालमा मास्क, स्यानिटाइजर र पहिचान झल्काउने ज्याकेट वितरण गरिएको हो।

संघका अध्यक्ष डा. लोचन कार्की, महासचिव डा. बद्री रिजालसहित अन्य सदस्यको उपस्थितिमा महाराजगन्जस्थित टिचिङ अस्पताल , क्षेत्रपाटी निःशुल्क अस्पताल, वीर अस्पताल , ट्रमा सेन्टर , पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सिभिल अस्पताल , टेकु अस्पतालसहित दर्जन बढी अस्पतालका मेडिकल अफिसरलाई सुरक्षा सामग्री वितरण कार्य जारी छ।

संघका सदस्य डा. रबिन बस्नेतले मेडिकल अफिसरपछि आवासीय चिकित्सक र विशेषज्ञ चिकित्सकलाई पनि सामग्री वितरण गरिने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय