स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता र बिमाको ठोस व्यवस्था गरियोस् : सरकारी चिकित्सक संघ

कोरोना संक्रमित उपचारमा रहेका स्वास्थ्यकर्मीको प्रोत्साहन भत्ता र बिमाको ठोस व्यवस्था गर्ने सरकारी चिकित्सक संघ नेपालले माग गरेको छ।

बुधबार विज्ञप्ति जारी गरी संघले माहामारीबीच सीमित स्रोत र साधन तथा अपुग पूर्वाधारको अंग्रपतिमा रहेर काम गरेका स्वास्थ्यकर्मीलाई सेवा–सुविधा बढाए निर्धक्क काम गर्न सकिने जनाएको छ।

‘कोरोना संक्रमितको उपचारमा कुनै पनि चिकित्सक बिनाकारण पछि हटेका छैनन्,’ विज्ञप्तिमा छ, ‘बरु आफ्नो क्षेत्र बाहिर गएर समेत रोकथाम तथा उपचारमा जुटेका छन्, राष्ट सेवामा लागिपरेका छन् ।’

सरकारको दरबन्दीमा कार्यरत चिकित्सक संख्या आवश्यकताभन्दा न्यून रहेको अवस्थामा द्रुत प्रक्रियाबाट यथेष्ठ दरबन्दी थप्ने र लोकसेवाको दरबन्दी खुलाउने कार्य वाञ्छनीय भएको संघले जनाएको छ।

आधारतभूत तथा आकस्मिक स्वास्थ्य सेवा निःशुल्क गर्ने, स्वास्थ्यलाई कूल बजेटको कम्तिमा १० प्रतिशत विनियोजन गर्ने, चिकित्सकमाथि दुर्व्यवहार गर्नेलाई गैरजमानती हिरासतको कानुन ल्याउने, चिकित्सकको तलब विश्व स्वास्थ्य संगठनअनुसार वृद्धि गनुपर्ने जस्ता माग राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय