बारा र पर्सामा थप तीजनालाई कोरोना संक्रमण पुष्टि

पर्साको वीरगन्ज र बारामा गरी थप तीनजनालाई कोरोना संक्रमणको पुष्टि भएको छ। यसअघि वीरगन्ज–३ छपकैयाका सरसफाइ कर्मचारीलाई संक्रमण पुष्टि भएपछि उनीहरूको सम्पर्क पछ्याउँदै गरिएको पिसिआर परीक्षणमा थप तीनलाई पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ।

तीमध्ये दुईजना बाराको जितपुर सिमरा–११ स्थित मस्जिदमा बस्दै आएका थिए भने अर्का एकजना छपकैयाकै स्थानीय हुन्। तीनैजना वीरगन्ज क्वारेन्टाइनमा बसिरहेका थिए।

उनीहरूलाई नारायणी अस्पतालमा ल्याउने तयारी भइरहेको अस्पतालले जनाएको छ। अब नेपालमा कूल संक्रमितको संख्या ५७ जना पुगेको छ भने १६ जना निको भइसकेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय