उदयपुरबासीको एउटै माग- सबैको स्वास्थ्य परीक्षण गरियोस्!

उदयपुर त्रियुगा नगरपालिका–३ भुल्के कोरोना भाइरस संक्रमणको ‘इपिसेन्टर’ बनेको छ। त्यहाँ २८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि त्रसित उदयपुरबासीले अन्य पनि संक्रमित हुन सक्ने अनुमान गर्दै सबैको स्वास्थ्य परीक्षण गर्न माग गरेका छन्।

भुल्केसँगै चौदण्डी नगरपालिकाका सुन्दरपुर, सिवाई, गाईघाटबजार, जामे मस्जिद क्षेत्र, जलजले, मोथाइ, जोगिदह र देउरी क्षेत्र जोखिममा छन्।

‘उदयपुर अहिले जोखिममा छ। कोरोना संक्रमित कुन–कुन ठाउँ गए र कतिलाई भेटे, त्यसको लेखाजोखा छैन,’ त्रियुगा–३ भुल्केका स्थानीय प्रदिप चौधरी भन्छ्न्, ‘उदयपुरका सबै सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिनुपर्छ। यसमा सबै तहका सरकारले सहयोग गर्नुपर्छ, लापरबाही वा ढिलासुस्ती गरे भयावह अवस्था आउने निश्चित छ।’

उनले उदयपुर कोरोना भाइरसको इपिसेन्टर बने पनि सरकार मौन बसेको गुनासो गरे। उदयपुरमा न स्वास्थ्य उपकरण छन् न स्वास्थ्यकर्मी।

‘भाइरस परिक्षण गर्ने किट नभएर र्‍यापिड टेस्ट रोकिएको हप्ता दिन हुन लागिसक्यो। अब कसरी अगाडि बढ्ने भन्ने कुनै योजना छैन,’ उनी भन्छन्, ‘हाम्रो पहिलो माग नै सबैको स्वास्थ्य परीक्षण गरिनुपर्छ भन्ने नै होे।’

गाईघाट सिर्जना टोलकी गोमादेवी आचार्यका अनुसार कोरोना संक्रमण देखिएकाहरू एक महिनाअघि नै उदयपुर आएर बसेका थिए। उनीहरू कहाँ–कहाँ गए र कतिलाई संक्रमण सर्‍र्यो भन्ने कसैलाई थाहा छैन। अहिले आएर सबै स्थानीयलाई संक्रमण भयो कि भन्ने पीर लाग्छ। ‘देशमै सबैभन्दा बढी संक्रमण देखिएको उदयपुर नै हो। सोच्दा डर लाग्छ, हाम्रो पनि स्वास्थ्य परिक्षण गरिदिए ढुक्क हुने थियौं,’ उनी भन्छिन्।

भुल्केका स्थानीय राजेन्द्रबहादुर रावतले लकडाउनभन्दा अघि आएकाको बारेमा सोधिखोजी नगरिएको र स्वास्थ्य परीक्षण पनि नगरिएको बताए। उनीहरूबारे बेलैमा ध्यान दिएको भए उदयपुरले यस्तो अवस्था भोग्नुनपर्ने उनको भनाइ छ। यसमा स्थानीय, प्रदेश र केन्द्र सरकारले गल्ती गरेको उनले गुनासो गरे।

उदयपुरमा बहालवाला मन्त्री तथा नेताको आउजाउ बाक्लै भए पनि सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्न कसैले ध्यान दिएका छैनन्। ‘स्वास्थ्य परीक्षण नभएसम्म हामीे ढुक्क हुने वातावरण छैन,’
उनले भने।

सर्वसाधारणको स्वास्थ्य परीक्षण हुन नसकिरहेका बेला खाद्यान्न अभाव हुने अर्को समस्या आउन लागेको भन्दै स्थानीय थप चिन्तित छन्।

‘हामी घरभित्र बस्न तयार छौं तर हाम्रो पनि स्वास्थ्य परीक्षण गरिनुपर्छ। हामीले आफू स्वस्थ भए वा नभएको थाहा पाउनुपर्छ। सीमित व्यक्तिबाहेक अन्यको परीक्षण नै भएको छैन,’ उनले गुनासो गरिन्, ‘ हामिले कसरी सुरक्षित महसुस गर्ने?’

त्रियुगा गाईघाट बगाह–४ का उमेश विकले पनि सबै सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्नुपर्ने माग गरे। ‘गाउँभरि त्रास फैलिएको छ। स्वास्थ्य परीक्षणबिना सर्वसाधारणले शान्तिको सास फेर्न सक्दैनन््।
हामी घरभित्र थुनिएका छौ र अझै थुनिन्छौं पनि तर हाम्रो स्वाब परीक्षण गरिनुपर्छ,’ उनी भन्छन्।

लामो समयदेखि गाईघाटमा टेम्पो चलाउँदै आएका विकले हुनेखानेलाई भन्दा गरिखानेलाई समस्या भएको दुःखेसो पोखे।

‘सबैलाई आफू र परिवारलाई कसरी बचाउने भन्ने पीर छ। मैलै हाँकेका टेम्पोमा कति चढे, कति आए, कति गए। ती सबै र हामी सबैको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउनुपर्छ,’ उनी भन्छन्।

र्‍यापिड टेस्टबाट भुल्केका सबैको स्वास्थ्य परीक्षण गर्नैपर्ने भए पनि स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मी अभावले अहिलेसम्म ३ सय ३० जनाको मात्रै परीक्षण गरिएको छ।

अहिलेसम्म वडाले घरमै खाद्यान्न पुर्‍याउने व्यवस्था गरे पनि लकडाउन थपिँदै जाँदा उदयपुरमा खाद्यान्न अभाव हुने सम्भावना बढेको छ।

‘बारीको तरकारी बारीमै छ हामिले बाहिर जान प्पाएका छैनौ हाम्रो स्वास्थ्य चेकजाँच भइदिए हुनेथियो,’ त्रियुगाकी स्थानीय पवित्रा गिरी भन्छिन्।

‘हामी घरभित्र बस्न तयार छौं तर हाम्रो पनि स्वास्थ्य परीक्षण गरिनुपर्छ। हामीले आफू स्वस्थ भए वा नभएको थाहा पाउनुपर्छ। सीमित व्यक्तिबाहेक अन्यको परीक्षण नै भएको छैन,’ उनले गुनासो गरिन्, ‘ हामिले कसरी सुरक्षित महसुस गर्ने?’

उदयपुरमा एउटामात्र जिल्ला अस्पताल छ, जुन कोरोना परीक्षणको अस्पताल भने होइन। अस्पतालमा केही आइसोलेसन बेड भए पनि आइसियु भेन्टिलेटर बेड भने छैनन्। अस्पतालमा १३ स्वास्थ्यकर्मीको दरबन्दी रहेकोमा एकजना डाक्टर छन् भने चारजना करारमा छन्।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य उपकरण अभावले बिरामीलाई कि विराटनगर कि धरान पठाउनुपर्ने अवस्था छ।

उदयपुरबासीको एउटै माग छ– सबैको स्वास्थ्य परीक्षण गरी कोरोना भाइरस संक्रमण रहे वा नरहेको थाहा पाउनुपर्‍यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय