कोरोना नियन्त्रणमा कहाँ चुक्यो सरकार?

कोरोना भाइरस नियन्त्रण पूर्वतयारीमा हामी चुकेका छौं। आजका दिनमा जे जति समस्या निम्तिएको छ, त्यसका पछाडि पूर्वतयारीको पाटोले काम गरेको छ।

चीनको वुहानमा कोरोना देखिएपछि पनि हामीले दुई महिना समय पाएका थियौं। त्यो समय हामी तयारीमा लागेनौं। नेपालमा केही हुँदैन भन्ने मानसिकता रहन गयो।

पूर्वतयारीमा सर्वप्रथम अन्तर्राष्ट्रिय आगमन रोक्नुका साथसाथै अस्पतालमा चाहिने उपकरण पर्याप्त राख्नुपर्थ्यो। भेन्टिलेटर, अक्सिजनको सप्लाई र जनशक्ति तयारीतर्फ लाग्नुपर्थ्यो। जनतालाई जनचेतना दिन विशेषज्ञ विज्ञ राखेर कार्यक्रम सुरू गर्नुपर्थ्यो। यस्ता काम समयमै गर्न सकिएन।

वुहानमा महामारी रुप लिएपछि बच्न दूरी कायम गर्ने, हात धुने, सेनिटाइजटरको प्रयोग गर्नुपर्छ भन्ने थाहा भएको थियो। त्यसैगरी, क्वारेन्टाइन र आइसोलेसनका बनाउने काम चीनले गरिरहेको थियो। यसको बारेमा हामी अनभिज्ञजस्तै भयौं। हामीलाई केही हुँदैन भन्ने भान पर्‍यो। देशमा कोरोना प्रवेश गर्न नदिनको लागि तयारी पुग्न सकेन। यसको लागि गाइडलाइन बनाउने र संक्रमण देखिएको अवस्थामा के गर्ने पूर्वतयारी भएन।

ढिलै भए पनि अन्तर्राष्ट्रिय आगमनमा रोक लगाई हेल्थ डेस्स त राखियो। हेल्थ डेक्समा जति सावधानी अपाउनुपर्ने थियो, त्यो भएन। जो अगाडि आयो, त्यसलाई मात्र थर्मोमिटर राखेर जाँच गरियो। व्यवस्थापनको लागि हामीले पूर्वतयारी गर्न सकेनौं।

अहिले औषधी–उपकरण नभएर परीक्षण बन्द हुने अवस्था छ। चीनबाट ल्याएको र्‍यापिड टेस्ट कमसल आएको सबैलाई थाहा नै छ।

संक्रमित बिरामी हेर्ने स्वास्थ्यकर्मीलाई कसरी सुरक्षित राख्ने सोचिएन। पिपिई, मास्क, पञ्जाजस्ता सामग्री चाहिन्छ भन्ने कुरा विभिन्न देशमा फैलिएसँगै थाहा भइसकेको थियो। यसबीचमा इटालीमा पनि कोरोनाको संक्रमण देखिएको थियो। इटालीमा सरकार त्यति तयार नभएर अस्पताल अस्तव्यस्त भएको र बिरामीले कुरेको देखियो। उपचारको लागि भेन्टिलेटर तथा आइसियू नभएर धेरै बिरामीको मृत्यु समेत हुनपुग्यो। हामीले त्यसबाट पनि पाठ सिक्न सकेनौं।

परीक्षणको लागि हामीलाई पिसिआर चाहिन्छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको एउटा पिसिआरको भरमा सबै काम सक्छौं भन्ने मन्त्रालयलाई लाग्यो। अन्यको लागि कुनै व्यवस्थापन गर्नतर्फ मन्त्रालय र सम्बन्धित निकायले सोचेनन्। चीनमा संक्रमण फैलिएको वुहान क्षेत्र नै पूरै लकडाउन भयो। लकडाउन भएपछि त्यसको तयारी के–के गर्नुपर्छ विज्ञमार्फत छलफल गर्नुपर्ने थियो। कोरोनाको व्यवस्थापन गर्ने सम्पूर्ण पूर्वतयारीमा फेल भयौं।

जब नेपालमा नयाँ संक्रमित देखापर्‍यो, टेकु अस्पतालले सबै सम्हाल्छ भन्ने लाग्यो। आइसोलेसन र आइसियूको तयारी गर्न सकेनौं। सरकारसँग यति पनि जानकारी छैन। स्वास्थ्य मन्त्रालय अन्तर्गत विभिन्न स्वास्थ्य संस्थामा २२ वटा पिसिआर मेसिन रहेछन्। त्यो सूचना सरकारसँग छैन। राष्ट्रिय प्रयोगशालाको मात्र भरमा बसियो। हामीले भएका पिसिआर मेसिनलाई सञ्चालन स्वास्थ्य जनशक्ति तयार गरेनौं। हालसम्म पनि सम्पूर्ण पिसिआरलाई पूर्ण रुपमा क्षमता अनुसार सञ्चालन गर्न सकेका छैनौं।

हामीसँग भएको स्रोत–साधन के–के हुन्? हामीले थाहा पाएनौं। संकलन पनि गर्न सकेनौं। स्वास्थ्य मन्त्रालयमा विज्ञहरू बोलाएर छलफल गरिएन भन्ने प्रष्ट नै देखिन्छ। प्राकृतिक विपतसँग लड्ने अनुभव र सक्षम भएका व्यक्ति खोजी सरकारले गर्न सकेन। सरकारले आफूसँग भएका वरिपरिका मानिस राख्यो र छलफल गर्‍यो, जुन परिमाणमुखी भएन।

अहिले औषधी–उपकरण नभएर परीक्षण बन्द हुने अवस्था छ। चीनबाट ल्याएको र्‍यापिड टेस्ट कमसल आएको सबैलाई थाहा नै छ। धेरै जनमानसमा परीक्षण गर्दा पिसिआर लिएर जान सकिँदैन, त्यस्तो अवस्थमा र्‍यापिड टेस्ट नै उपयोगी हुन्छ। र्‍यापिड टेष्ट धेरै देशले बनाउने गरेका छन्। चीन, सिंगापुर, कोरियालगायतका देशले बनाउँछन्। चीनबाट ल्याइएको र्‍यापिड टेस्ट पनि विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको प्रयोग गरियो।

उदयपुरमा त्यही र्‍यापिड टेष्टको मात्र भर परेको भए आज यति धेरै केस पत्ता लगाउन सकिँदैन थियो। र्‍यापिड टेस्टले सबै नेगिटेभ देखाएको थियो। र्‍यापिड टेस्ट राम्रो कम्पनीबाट लिनुपर्छ भन्ने जानकारी पनि सरकारलाई भएन।

भारतबाट पहिला नेपाली नागरिकलाई जथाभावी प्रवेश गर्न दिइयो। अन्तिममा लकडाउन गरियो, प्रवेश निषेध गरियो। थोरै मानवीयता पनि हामीसँग भएन। बोर्डरमा बसिरहेका नेपाली आउन खाजेका छन्, लकडाउन भयो भनेर पन्छिन त भएन नि?

सरकारले पूर्ण रुपमा योजना, रणनीति बनाएन सकेन। तीन वटै सरकारी निकाय कमजोर भए। कार्यान्यवन पक्ष कमजोर नै छ। रणनीति पनि कमजोर बन्न पुग्यो। जहाँ केस देखियो त्यहीँ दौडियो, सिल गर्‍यो। सरकार भौंतारिरहेको अवस्था छ। पहिलादेखि नै दूरदर्शीता देखाएर यस्तो हुन सक्छ भनेर योजना बनाउनुपर्थ्यो। दुई महिना समय पाउँदा केही रणनीति बनाएर काम गरेको भए यो अवस्था आउँदैन थियो।

स्वास्थ्यकर्मीहरूलाई अझै पनि सुरक्षित वातावरण बनाउन सकेका छैनौं। सुरक्षित उपकरण प्रयोग गर्न दिन सकेका छैनौं। चिकित्सकहरूले पिपिइको कुरा अहिले पनि बेजोड उठाइरहेका छन्। हामीसँग भएको स्रोत–साधनको खोजी हुन सकेन, होलान् भन्ने अनुमान भएन र संलकनको प्रयास नै भएन।

देशमा पिपिई, मास्क, सेनिटाइजर बन्न सक्छ भन्ने भएन। अहिले हामीले देखिरहेका छौं, महावीर पुनले संस्थाले स्वास्थ्य सामग्री बनाइरहेका छन्। धेरै स्वास्थ्य संस्थामा वितरण गरिरहेका छन्। उक्त संस्थालाई सरकारले सहयोगको गर्न सकेन। बाहिरबाट मगाउनुपर्छ भन्ने सरकारको मानसकिता देखिन्छ। त्यसकारण व्यवस्थापन कमजोर भएको देखिन्छ।

भारतबाट पहिला नेपाली नागरिकलाई जथाभावी प्रवेश गर्न दिइयो। अन्तिममा लकडाउन गरियो, प्रवेश निषेध गरियो। थोरै मानवीयता पनि हामीसँग भएन। बोर्डरमा बसिरहेका नेपाली आउन खाजेका छन्, लकडाउन भयो भनेर पन्छिन त भएन नि?

बोर्डरमा जहाँ–जहाँबाट जनता आउँछन्, त्यो ठाउँमा क्वारेन्टाइनको व्यवस्था गरेको भए आज यो अवस्था आउँदैन थियो। क्वारेन्टाइनमा बस्दा परीक्षण पनि हुन्थो। धेरै भागेर आउने थिएनन्। हामीले पहिला पनि सरकारलाई अवगत गराएका थियौं- एक वटा केसमात्र छ भनेर ढुक्क परेर बस्नुपर्ने अवस्था छैन, केस लुकेका छन्।

स्थानीय सरकारलाई कसरी परिचालन गर्ने?

अहिले तीन वटा सरकार छन्। स्थानीय सरकार धेरै शक्तिशाली छ। कोरोना नियन्त्रण स्थानीय सरकारको काम हो। नीति–निर्माण केन्द्र सरकारले गर्ने र प्रदेशले आफ्नो हिसाबले हेरिरहेको छ भने स्थानीय सरकारले काम गर्ने सकेको अवस्था छैन।

स्थानीय सरकारसँग स्वास्थ्य संरचना छ। महत्वपूर्ण कुरा भनेको स्वास्थ्य सेवा हो। केन्द्र र प्रदेशमा ठूला–ठूला अस्पताल छन्। स्थानीय सरकारले सम्पूर्ण काम गर्नुपर्ने हुन्छ। नगरपालिका तथा गाँउपालिकामा अहेब, अनमी छन्। उनीहरूले न योजना बनाउन सके, न सूचना संलकन, अनुगमन गर्न नै।

मैले पहिलादेखि नै भन्दै आएको छु- हामीलाई विभागको आवश्यकता छैन। टाउको ठूलो बनाएर हुँदैन। केन्द्रको काम नीति निमार्ण तथा अनुगमन गर्ने हो। जहाँ काम गर्नुपर्ने हो, त्यहाँ शून्य छ। त्यसैगरी, कोरोनाको लागि महत्वपूर्ण काम स्थानीय तहले नै गर्न सक्छन्। जहाँ काम गर्नुपर्ने त्यहाँको पाटो कमजोर छ।

र्‍यापिड टेस्टमा विश्वास छैन। विशेष गरेर चीनबाट उपकरण ल्याइरहेका छौं। भारत तथा स्पेनले बन्द गरेको छ। हामी चाहिँ त्यहीँको चलाइरहेका छौं। कसले गल्ती गर्‍यो, महामारीको बेलामा आफ्नो गल्ती ढाकछोप गर्नलाई प्रयोग नै गर्नुपर्छ भन्ने छैन।

स्थानीय सरकारलाई हेर्दा वडा, टोलसम्म हरेक राजनीतिक पार्टीको संरचना तथा सामाजिक संस्था छन्। यी निकायलाई परिचालन गर्न सकिएन। स्थानीय सरकार अन्तर्गत रहेका वडा, टोलभित्र सम्पूर्ण संरचनालाई परिचालन गर्नुपर्थ्यो।

समस्या आइसकेपछि जुन सावधानी अपनायौं, त्यो पनि पर्याप्त छैन। स्थानीय सरकारलाई बेलैमा सक्रिय गराएको भए आज प्रहरी र सैनिकलाई परिचालन गर्नुपर्ने थिएन।

केन्द्रले सूचना दिएको कसलाई थाहा हुन्छ? गरिब जनतालाई फलानो ठाउँमा फोन गर भन्ने कसरी जानकारी हुन्छ? स्थानीय सरकारलाई परिचालन नगरेर हामी चुकिरहेका छौं।

र्‍यापिड टेस्टमा विश्वास छैन। विशेष गरेर चीनबाट उपकरण ल्याइरहेका छौं। भारत तथा स्पेनले बन्द गरेको छ। हामी चाहिँ त्यहीँको चलाइरहेका छौं। कसले गल्ती गर्‍यो, महामारीको बेलामा आफ्नो गल्ती ढाकछोप गर्नलाई प्रयोग नै गर्नुपर्छ भन्ने छैन। यो चाहिँ समस्या समाधान भन्दा पनि समस्याबाट कसरी फाइदा लिन सकिन्छ भन्ने एकथरीको सोच देखियो। समस्या आयो, यसलाई यस्तो गरे भइहाल्छ नि भन्ने हलुका रुपमा लियो।

यो चुनौतीलाई हामी जसरी समाधान गरिरहेका छौं, त्यो पर्याप्त छैन। देखिएका विकृतिलाई समाधान गर्दै अवसरलाई प्रयोग गरौं। केन्द्र, प्रदेश तथा स्थानीय तहमा संरचना सुधारतर्फ लागौं।

उदयपुरमा देखिएको संक्रमण अझै भयावह हुनसक्छ। यसको लागि आइसोलेसन र क्वारेन्टाइनको पर्याप्त व्यवस्था गर्नुपर्छ। ठूला संख्यामा लुकेका केस देखा पर्न सक्छन्। सरकारले उदयपुरको मस्जिदमा गाउँ सिल गरेको छ। त्यतिले पुग्दैन, यसलाई तीन वटा घेरामा राख्नुपर्छ। संक्रमण केस जहाँ भेटिन्छ सोही क्षेत्र सिल गर्नुपर्छ। दोस्रोमा, त्यसका वरिपरि गाउँ निगरानीमा राख्नुपर्छ र तेस्रोमा संक्रमण भएको गाउँमा सम्पर्कमा रहेका मानिस निगरानीमा राख्नुपर्छ।

उदयपुरमा पहिला संक्रमण देखिएका १६ जनाले दिएको सूचना गलत भएको सुनिँदै आएको छ। त्यसकारण पुनः प्रमाणीकरण गरेर संक्रमण पत्ता लगाउनतर्फ लाग्नुपर्छ।

(स्वास्थ्य सेवा विभागका  पूर्वमहानिर्देशक पाठकसँग हेल्थपोस्टकर्मी पुष्पराज चौलागाईंले गरेको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय