काठमाडाैंकाे वायु गुणस्तरबारे ‘अनलाइन’ सेमिनार

काठमाडौंको वायु गुणस्तरबारे गैरसरकारी संस्था गुथीले अनलाइन सेमिनार गरेको छ।

जुम तथा फेसबुकमार्फत प्रत्यक्ष प्रशारण गरिएको उक्त छलफलमा वातावरणविद भुषण तुलाधर तथा डा. उत्तमबाबु श्रेष्ठले काठमाडौंको वायु गुणस्तरमा आएको ‘आंशिक’ सुधारबारे चर्चा गरेका थिए।

सेमिनारमा सहभागी पूर्ववातावरण तथा विज्ञानमन्त्री गणेश शाहले वायु प्रदुषण सुधारसम्बन्धि नेपालमा सरकारी नीति भए पनि त्यसको कार्यान्वयन हुन नसकेको बताए। उनले त्यसका लागि अब स्थानीय तहले जिम्मेवारी लिनुपर्ने बताए।

त्यस्तै वातावरणविद तुलाधरले काठमाडौंको वायुमण्डलमा लकडाउनका कारण पि.एम. २.५ (धुलोका अतिशुक्ष्म कण जुनश्वास फेर्दा फोक्सो भित्र छिर्छ)को मात्रा कम भएको बताए।

गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले वायु प्रदुषण एक गहन विषय भएको र हालको अवस्थामा वायु गुणस्तरमा आएको उतार चढावलाई अध्ययन गर्न जरुरी भएको बताए।

गत केहीहप्तामा पानी पर्नाले पनि पि.एम. २.५ को मात्रामा कमी ल्याउन मद्दत गरेको उनले बताए।

त्यस्तै डा. उत्तमबाबु श्रेष्ठले लकडाउनका कारण विश्वका विभिन्न ४० सहरमा वायुको गुणस्तरमा आएको परिवर्तनबारे चर्चा गरेका थिए। उनले अनुसन्धानले ६ वटा प्रदुषकतत्वहरुलाई हेर्दा फेब्रुअरीमा १४ सहर र मार्च महिनामा १७ सहरहरुका लकडाउन पछि वायु प्रदुषणको मात्रा घटेको बताए।

त्यस्तै गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले वायु प्रदुषण एक गहन विषय भएको र हालको अवस्थामा वायु गुणस्तरमा आएको उतार चढावलाई अध्ययन गर्न जरुरी भएको बताए।

उक्त अनलाईन सेमिनारमा ५ हजार १ सय ४९ जनाले सहभागिता जनाएको गुथीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय