मास्क प्रयोग गर्नुपर्ने वास्तविक कारण के हाे?

यदि तपाईं मास्क प्रयोग गर्नुपर्छ या पर्दैन, पर्छ भने के कारणले पर्छ र कस्तो खालको प्रयोग गर्नुपर्छ भन्ने अन्योलमा हुनुहुन्छ भने मान्नुहोस्, यस्तो अन्योलमा तपाईंमात्र हुनुहुन्न। कोरोना भाइरस (कोभिड–१९) नयाँ रोग भएका कारण हामीले यसबारे प्रत्येक दिन नौला कुरा थाहा पाइरहेका छौं। यद्यपि, मास्कको दुई फरक कामबीच भिन्नता छुट्ट्याउन नसक्दा यसको प्रयोगबारे अन्योलता बढिरहेको छ।

प्रयोगकर्तालाई संक्रमणबाट बचाउन वा प्रयोगकर्ताबाट अन्यलाई हुन सक्ने संक्रमणबाट बचाउन मास्क प्रयोग गरिन्छ। प्रयोगकर्तालाई संक्रमणबाट बचाउन कठिन हुन्छ किनकि यसका लागि मेडिकल ग्रेड रेस्पिरेटर (चिकित्सकीय श्रेणी वा गुणस्तरको) मास्क आवश्यक पर्छ भने लगाउँदा र झिक्दा विशेष सावधानी अपनाउनुपर्छ। तर, आसपासका अन्य व्यक्तिलाई प्रयोगकर्ताद्वारा हुन सक्ने संक्रमणबाट बचाउन पनि मास्क प्रयोग गरिन्छ।

यदि एक व्यक्तिले अन्यलाई संक्रमित गराउन सक्ने सम्भावना केहीमात्रामा भए पनि कम गर्न सकियो भने भाइरसका कारण हुने मृत्यु संख्यामा ब्यापक कमी आई यसको प्रभावकारिता वृद्धि हुन सक्छ । भाग्यवशः संक्रमितबाट अन्यतर्फको संक्रमण रोक्न धेरै सजिलो पनि हुन्छ जुन सामान्य कपडाको मास्कको प्रयोगबाट पनि गर्न सकिन्छ।

कोरोना सञ्चारको मुख्य माध्यम भनेको थुक वा र्‍यालको छिटा हो, जुन खोक्दा वा हाच्छिउँ गर्दा मात्र होइन बोल्दा पनि बाहिर निस्कन्छ। यसरी बाहिरी वातावरणमा निस्केको छिटा नजिकै रहेकाले सास फेर्दा उनीहरूको शरिरभित्र प्रवेश गर्ने अवस्थालाई निराकरण गर्न कठिन हुन्छ। हरेक दिन बिरामीको सामिप्यतामा काम गर्ने डाक्टर वा नर्सका लागि यो अझ बढी लागू हुन्छ।

सामान्य कपडाको मास्क प्रयोगले पनि हाम्रो मुखबाट निस्कने छिटालाई लगभग ९९ प्रतिशतभन्दा बढी नियन्त्रण गर्छ। यस्तो नियन्त्रणका दुई वृहत फाइदा हुन्छन्। पहिलो, मुखबाट भाइरसयुक्त छिटा कम निस्कँदा अरू व्यक्ति संक्रमित हुने सम्भावना निकै कम हुन्छ र दोस्रो, यदि कोही संक्रमित भइहाले पनि थोरैमात्रामा भाइरसयुक्त छिटा शरीरभित्र प्रवेश गरेका कारण संक्रमित हल्कामात्रै बिरामी पर्छन् र छिट्टै निको हुने सम्भावना बढी हुन्छ।

संक्रमितमा रोगको लक्षण नदेखिएकै अवस्थामा वा लक्षण देखिएर पनि कहिल्यै बिरामी नपरेको अवस्थामा पनि उसले अन्यलाई संक्रमित गराउन सक्ने भएकाले कोरोना नियन्त्रणमा लिन निकै कठिन भइरहेको छ।

हरेक संक्रामक रोगको पुनर्संक्रमणको दर हुन्छ जसलाई अंग्रेजी अक्षर ‘आर’ भनिन्छ। यदि यो १.० भए एक औसत संक्रमितले अर्को एकलाई संक्रमित गराउँछन्। सन् १९१८ को स्पेनिस फ्लु विश्वमहामारीको आर १.८ थियो, जसको मतलब एक संक्रमितले औसत लगभग अन्य दुईजनालाई संक्रमित गराएका थिए भन्ने हो।

हालसालै गरिएका तीन अध्ययनले कूलमध्ये आधाजसो कोरोना बिरामी संक्रमित हुँदाको समयसम्म खोकी वा हाच्छिउँ जस्ता भाइरसको लक्षण नै नदेखिएकाबाट संक्रमित भएको देखाएको छ। यसले के देखाएको छ भने आफूले अस्वस्थ महसुस नगरेका र गम्भीर बिरामी नपरेका कयौंले पनि आफ्नो आसपासका अन्य धेरैलाई जोखिमतर्फ धकेलिरहेका हुन्छन्।

आफ्ना सहर वा गाउँ कोरोना भाइरस नामको आगोको लप्कामा जेलिएको सोच्नुहोस् जहाँका संक्रमितले बोल्दा, खोक्दा वा हाच्छिउँ गर्दा थुक वा र्‍यालको छिटा अदृष्य सासबाट बाहिरिरहेको हुन्छ। हाच्छिउँ सबैभन्दा खतरनाक हुन्छ किनकि यसले संक्रमित छिटा टाढासम्म पुर्‍याउँछ भने त्यसपछि खोक्दा र बोल्दा भाइरस बाहिरी वातावरणमा निस्कने गर्छन्।

हामी साँच्चै नै आगोको लप्काभित्र छिरेर भाइरस रोगद्वारा थलिँदासम्म हाम्रो मुखबाट निस्केको छिटाले अन्यलाई जलाइसकेको हुन्छ। तपाईंले याद गर्नुभएको होला सहरमा लागेको आगो निभाउन आउने अग्निनियन्त्रकले आगोको सामना गर्न सक्ने विशेष कपडा, हेल्मेट, अक्सिजन मास्क र पन्जालगायत सामाग्री (व्यक्तिगत सुरक्षा सामग्री) प्रयोग गरेका हुन्छन्।

यदि हामीले हरेकपटक बोल्दा वा खोक्दा आफ्नो शरीरभित्रको भाइरस बाहिर निस्कनबाट रोक्न सक्यौं भने हाम्रो नजिककालाई आगो लाग्नबाट बचाउन सक्छौं। यसका लागि मास्कले हामीलाई सहयोग गर्छ।

यसबाहेक को भाइरस संक्रमित छ भन्ने सजिलै थाहा पाउन नसकिने हुनाले पनि सबैले मास्क प्रयोग गर्नु नै सबैभन्दा उपयुक्त सुरक्षा समाधान हो। यसले अन्ततः मास्क प्रयोगकर्तालाई सबैभन्दा बढी फाइदा पुर्‍याउँछ किनकि हामीले थोरैमात्रामा आगो फाल्नुको मतलब कमभन्दा कम संख्यामा मानिस जल्छन् भन्ने हो।

त्यसैले ‘मेरो मास्कले तिमीलाई सुरक्षा दिन्छ र तिम्रो मास्कले मलाई’ भन्ने नीति अवलम्बन गर्नु नै सबैभन्दा हितकारी हुन्छ। यसबाहेक हाम्रो सहयोगमा आएका अग्निनियन्त्रकले धेरै मिहिनेत गर्नुपर्दैन र हामी सहज तरिकाले काम, आमजीवन तथा समाजमा छिटोभन्दा छिटो फर्कन सक्छौं।

कूल जनसंख्याको कति प्रतिशतले मास्क प्रयोग गर्दा यस महामारी नियन्त्रणमा लिन सकिन्छ भन्ने विषयमा थप बुझ्न तीन अनुसन्धानकर्तासम्मिलित एक टोलीले विभिन्न संकाय तथा क्षेत्रका १९ विज्ञ सामेल गरेको थियो। धेरैभन्दा धेरैले सार्वजनिक स्थलमा मास्क प्रयोग गर्दा कस्तो असर पर्छ हेर्न उक्त टोलीले विविध किसिमका गणितीय नमुना र अन्य अनुसन्धान प्रयोगमा ल्याएको थियो।

हरेक संक्रामक रोगको पुनर्संक्रमणको दर हुन्छ जसलाई अंग्रेजी अक्षर ‘आर’ भनिन्छ। यदि यो १.० भए एक औसत संक्रमितले अर्को एकलाई संक्रमित गराउँछन्। सन् १९१८ को स्पेनिस फ्लु विश्वमहामारीको आर १.८ थियो, जसको मतलब एक संक्रमितले औसत लगभग अन्य दुईजनालाई संक्रमित गराएका थिए भन्ने हो।

सामाजिक दुरी तथा मास्क प्रयोगजस्तो सुरक्षाका उपाय नअपनाउने हो भने कोरोनाको आर कम्तिमा २.४ हुन आउँछ। कुनै पनि सरुवा रोग चाँडै नियन्त्रणमा तब आउँछ जब त्यसको आर १.० भन्दा कम हुन्छ। जति कम आर अंक, त्यति नै चाँडो रोग निवारण।

मास्क प्रयोगको प्रभावकारिता तीन वस्तुमाथि निर्भर रहन्छन्: आधारभूत पुनर्संक्रण संख्या वा भाइरसको आर, संक्रमण रोक्न मास्कको प्रभावकारिता र मास्क प्रयोग गर्ने प्रतिशत।

मास्क प्रयोगको प्रभावकारिता तीन वस्तुमाथि निर्भर रहन्छन्: आधारभूत पुनर्संक्रण संख्या वा भाइरसको आर, संक्रमण रोक्न मास्कको प्रभावकारिता र मास्क प्रयोग गर्ने प्रतिशत।

गणितीय नमुनाले ८० प्रतिशत जनसंख्याले सजिलै उपलब्ध हुने कपडाको ६० प्रतिशत प्रभावकारी मास्कको प्रयोग गर्दा हामी एकभन्दा कम संक्रमणको आरको अवस्थामा पुग्न सक्छौं। रोगको सञ्चार नियन्त्रण गर्न यो पर्याप्त हुन्छ।

कयौं देशका ८० प्रतिशत जनताले बाहिर निस्कँदा मास्क प्रयोग गर्न थालिसकेका छन् । हङकङका स्टोरले मास्क नलगाएका ग्राहकलाई प्रवेश निषेध गरेको छ भने इजरायल, सिंगापुर र चेक गणतन्त्रजस्ता ३० भन्दा बढी राष्ट्रले सार्वजनिक स्थलमा निस्कँदा मास्क प्रयोगलाई कानुनी रूपमा लागू गरेका छन्। सामाजिक दुरीको पालनासहितको मास्कको प्रयोग अझ बढी प्रभावकारी देखिएको छ।

अरूलाई संक्रमण हुनबाट जोगाउन सामान्य कपडाको मास्क पर्याप्त भए पनि कमजोर प्रतिरोधी क्षमता भएका तथा शरीरभित्र भाइरसका केही अवशेष बाँकी रहेकाका लागि भने एन-९५ मास्क चाहिन्छ। तर, यहाँ एउटा सावधानी अपनाउनु पर्ने कुरा के छ भने कयौं गैरचिकित्सकीय एन-९५ मास्कमा सासको बाफ भित्रै गुम्सिएर नरहोस् भन्नका लागि हावा फाल्ने ढकनी राखिएको हुन्छ। यस्तो ढकनी खुला राखेर सास फेर्दा प्रयोगकर्ताले अन्यमा संक्रमण सार्न सक्ने हुनाले ढकनीलाई टेप वा कपडाले छोप्नुपर्छ।

स्रोत नियन्त्रण गर्न मास्क प्रयोग सार्वजनिक भलाइको काम हो—हामी सबैको योगदानले हामी सबैलाई भलो गर्ने खालको। तर, यसका लागि समुदायका सबैले मास्क प्रयोग गर्नुपर्छ। यसमा सबैलाई मनाउन भने चुनौतीपूर्ण छ। यो धुवाँ फाल्न प्रयोग गर्ने चिम्नीजस्तै हो । समग्र वातावरण सफा राख्न एकजना मात्र होइन, सबैले भान्सा, उद्योग तथा आवश्यक अन्य सबै स्थानमा यस्तो चिम्नी जडान गर्नुपर्दछ।

यस्तो काममा अधिकतम सहभागिता सुनिश्चित गर्न प्रायजसो सम्बन्धित कानुन, ऐन, नीति, नियम तथा मजबुत सांस्कृतिक मूल्य–मान्यता खाँचो पर्दछ। तर, एकपटक यसो हुन सके त्यसको परिणाम अद्भूत हुने गर्छ।

उदाहरणका लागि, उच्च जनघनत्व, यातायातको व्यापक सञ्जाल र भाइरस उद्गमस्थल चीनको उहानसँगको नजिकको सामिप्यता हुँदाहुँदै यस विश्वमहामारीको सुरुवाती दिनदेखि हालसम्म हङकङमा जम्मा चारजनाले मात्र कोरोनाका कारण ज्यान गुमाएका छन्। त्यहाँका स्वास्थ्य अधिकारीले आफ्ना नागरिकको मास्क प्रयोग लगभग विश्वव्यापी प्रयोगको मापदण्डबराबर )करिब सतप्रतिशत स्वेच्छिक पालना) लाई यसको श्रेय मानेका छन्।

यसैगरी सुरुवाती दिनमा ताइवानले मास्क उत्पादनलाई अत्यधिक वृद्धि गरी आफ्ना नागरिकलाई वितरण ग¥यो। यसका साथै उसले आफ्ना नागरिकलाई सार्वजनिक स्थलमा अनिवार्य मास्क प्रयोग गर्नुपर्ने निर्देशनसमेत दिएको थियो, जसलाई आज विश्वले नै पछ्याइरहेको छ।

सामाजिक दुरी तथा मास्क प्रयोगजस्तो सुरक्षाका उपाय नअपनाउने हो भने कोरोनाको आर कम्तिमा २.४ हुन आउँछ। कुनै पनि सरुवा रोग चाँडै नियन्त्रणमा तब आउँछ जब त्यसको आर १.० भन्दा कम हुन्छ। जति कम आर अंक, त्यति नै चाँडो रोग निवारण।

यसै कारण संसार नै लकडाउनको अवस्थामा रहँदा पनि ताइवान भने पूर्णरूपमा सञ्चालनमा छ र गत फेब्रुअरी अन्तिमदेखि यहाँका विद्यालय खुला गरिएका छन्। तर, त्यहाँ भाइरस संक्रमणका कारण जम्मा ६ जनाको मात्र मृत्यु भएको छ।

चेक गणतन्त्रका जनताले सुरुवाती प्रकोपको अवधिसम्म मास्क प्रयोग गरेका थिएनन् तर, मार्च १८ यता त्यहाँको सरकारले सार्वजनिक स्थानमा मास्क प्रयोगलाई अनिवार्य बनाएको छ।

यसको परिणामस्वरूप अप्रिल पहिलो पाँच दिनसम्म औसत प्रतिदिन २ सय ५७ नयाँ संक्रमण पहिचान भई नौजनाको मृत्यु भएको चेक गणतन्त्रमा पछिल्लो पाँच दिनको तथ्यांकले प्रतिदिन १ सय २० नयाँ संक्रमण र पाँचजनाको मृत्यु भएको देखाएको छ।

मास्क प्रयोगका कारण हात लागेको यो सफलता कुन हदसम्मको हो भनेर अहिले नै यकिन गर्न नसकिए पनि हामीले के निष्कर्ष निकाल्न सक्छौं भने वृहत जनसंख्याले मास्क प्रयोग गरेको केही सातापछि नयाँ संक्रमण तथा मृत्यु संख्यामा स्पष्ट देखिने गरी कमी आउने रहेछ।

कोरोना भाइरस उपचारका लागि भ्याक्सिन विकास गर्न अझै केही वर्ष लाग्ने छ। तर, उक्त अवधिमा हामीले हाम्रो समाज र जीवन सकेसम्म सुरक्षित अगाडि बढाउने उपाय खोजी गर्नुपर्ने छ। सरकारले परीक्षणलाई सुलभ बनाउने, अध्ययन–अनुसन्धानमा थप लगानी गर्ने र स्वास्थ्यकर्मीका आवश्यकता परिपूर्ति गर्ने लगायत थुप्रै काम गर्नुपर्ने छ।

तर, हामीजस्तो सामान्य मानिस त्यत्ति निरीह छैनौं, जति हामी आफूलाई सोच्छौं। उपयुक्त सरसफाइ तथा स्वच्छता कायम गरी सामाजिक दुरी पालना गर्दै सबैले सामान्य कपडाको मास्क मात्रै नियमित प्रयोग गर्यौं भने पनि यस विश्वमहामारीलाई अरु फैलनबाट रोक्न सक्छौं।

(अमेरिकी मासिक पत्रिका दि एट्लान्टिकबाट अनुवादित सामग्री)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय