१० हजारभन्दा बढी पिपिई मौज्दात छ : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० हजारहाहारी स्वास्थ्यकर्मीको लागि चाहिने पिपिई मौज्दात रहेको जनाकारी दिएको छ । नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले स्वास्थ्य सामग्री यथेष्ट मात्रामा रहेको बताए ।

उनका अनुसार गत हप्ता तिब्बत सरकारबाट प्राप्त भएको २० हजार भिटिएममध्ये १० हजार उपत्यका र प्रादेशिक अस्पतालका प्रयोगशालामा वितरण गरिएको छ । कोरोना आशंकामा हालसम्म ५४ हजार ८ सय २६ नमुना परीक्षण गरिएको छ । जसमध्ये १० हजार ८ सय ७ पिसिआर र ४४ हजार १९ र्‍यापिड टेस्ट परीक्षण गरिएको छ ।

गत २४ घन्टामा १ हजार १ सय ९३ को नुमना परीक्षण भएको छ ।  देशभर मंगलबार २२ हजार ९९ र आइसोलेसनमा १ सय ७ रहेको छ ।
मन्त्रालयका अनुसार हालसम्म ३ सय ९ जना रेड जोनमा परेका छन् । रेड जोनमा परेका सबैलाई ट्रेसिङ कार्य इपिडिमियोलोजी तथा रोग नियन्त्रण कार्य भइरहेको छ ।

रौतहट जिल्लाका २४, ३५ बर्षका पुरुषमा थप कोरोनाको संक्रमण देखिएको प्रवक्ता डा. देवकोटाले बताए । मगंलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको स्बाब परीक्षणमा नतिजा पोजेटिभ आएको हो ।

उनीहरु भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । उपचारको लागि अस्पताल ल्याउने काम भएको मन्त्रालयले जानकारी दिएको छ ।
हालसम्म नेपालमा ५४ जना संक्रमित भएका छन् । १६ जना निको भएर फर्किएका छन् । धनगढीमा १, विरगञ्जमा ३, भरतपुरमा १ र विराटनगरमा ३१ जनाको उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय