कोरोनासँग लड्न आयुर्वेद चिकित्सकलाई ‘फ्रन्टलाइन’ मा उतार्दै प्रदेश ५

प्रदेश ५ सरकारले आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रका चिकित्सकलाई ‘फ्रन्ट लाइन’ मा उतार्ने भएको छ।

आयुर्वेद चिकित्सामार्फत् रोग प्रतिरोधात्मक क्षमता बढाउन उनीहरूलाई परिचालन गरिन लागेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

कोभिड–१९ लडाइँ प्रदेशभित्र प्रभावकारी बनाउन आयुर्वेद तथा वैकल्पिक चिकित्सक परिचालन गर्न प्रदेश ५ सरकारले ‘आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिबाट कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा व्यवस्थापन सन्दर्भमा स्रोत सामाग्री–२०७७’ जारी गरेको छ।

सामाजिक विकासमन्त्री सुदर्शन बरालले कोभिड–१९ उपचारका लागि नभएर प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रलाई क्रियाशील गराउन खोजेको बताए।

‘हामी आयुर्वेद चिकित्साका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा परिचालन गर्छौं,’ मन्त्री बरालले भने, ‘यसले क्वारेन्टाइनमा रहेकाको प्रतिरोधात्मक क्षमता बढाउन र तनाव व्यवस्थापनमा सहयोग पुग्नेछ।’

उनले आयुर्वेद स्वास्थ्यकर्मीको नेतृत्वमा मनोचिकित्सक र योग प्रशिक्षक पनि परिचालन हुने जानकारी दिए। त्यसका लागि जिल्लामा मनोचिकित्सक र योग प्रशिक्षक जनशक्ति पहिचानको काम भइरहेको बताए।

प्रदेश सरकारले प्रदेश र साबिकका अञ्चलस्तरका चिकित्सालय केन्द्रित गरी भौतिक पूर्वाधार, औषधी, उपचार सामग्री र जनशक्ति व्यवस्थापनमा काम गरिरहेको जानकारी उनले दिए। जिल्लास्तरका आयुर्वेदलाई १–१ लाख रुपैयाँ निकासा दिइसकिएको बताए।

प्रदेश सरकारले बेलझन्डी र बुटवलमा आयुर्वेदिक औषधी उत्पादन गर्ने गरी काम अगाडि बढाइरहेको उनको भनाइ छ।

‘अब हामी ती चिकित्सालयमा फार्मासिस्ट पनि राख्छौं,’ मन्त्री बरालले भने, ‘आयुर्वेद प्रोडक्टको प्रोटोकल बनाउन लागेको छौं।’

प्रदेश ५ मा एउटा प्रादेशिक आयुर्वेद चिकित्सालय, दुई अञ्चल तह, आठ जिल्ला तह र ३९ स्थानीय तहमा ५४ आयुर्वेद केन्द्र छन्। जहाँ २ सय ७३ जना स्वास्थ्यकर्मी छन्। तीमध्ये १५ जना चिकित्सक रहेको मन्त्रालयको स्वास्थ्य महाशाखाका डा. पुष्पराज पौडेलले जानकारी दिए।

उनीहरूले मनोचिकित्सक तथा योग प्रशिक्षकसमेत समेटेर होम क्वारेन्टाइन, क्वारेन्टाइनमा रहेका नागरिक, त्यसमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई उपयुक्त आहार विहार (योग ध्यान, नृत्य, हास्य विधि) तथा घरेलु औषधीजन्य वनस्पति उपयोगबाट रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गराउनुका साथै पेसागत तनाव व्यवस्थापनमा सहजीकरण गर्नेछन्।

सामाजिक विकास मन्त्रालयमा कार्यरत आयुर्वेद चिकित्सक डा. पुष्पराज पौडेलले आयुर्वेदिक चिकित्सामार्फत् कोरोना नियन्त्रण सम्भव हुने भएकाले प्रदेशमा पहिलोपटक आयुर्वेदिक स्वास्थ्यकर्मीलाई परिचालन गर्न लागिएको बताए।

मुख्यतया कोभिड–१९ जन्य तनाव व्यवस्थापन, निगरानी स्थल, एकान्तवासमा रहेका सर्वसाधरण तथा कार्यरत स्वास्थ्यकर्मीलाई, तनाव व्यवस्थापन, रोग प्रतिरोधात्मक उपाय, सरसफाइ उपाय, सामाजिक दुरी राख्ने जस्ता विषयमा जानकारी गराउने र आयुर्वेदिक उपचार विधिबारे काम गर्ने उनले बताए।

प्रदेश ५ सरकारले जारी गरेको ‘आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिबाट कोरोना भाइरस (कोभिड –१९) नियन्त्रण तथा व्यवस्थापन सन्दर्भमा स्रोत सामाग्री–२०७७’ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय