देशभर २० हजार १ सय ९५ जना क्वारेन्टाइनमा

कोरोना आशंकामा हालसम्म ५३ हजार ५ सय ३४ जनाको नमुना परीक्षण भएको छ । जसमध्ये १० हजार ४ सय ७१ पिसिआर र ४३ हजार ६३  र्‍यापिड टेस्टबाट  परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

उनका अनुसार गत २४ घन्टामा २ हजार १ सय ८४ नुमना परीक्षण भएका छन् । हालसम्म प्रदेश १ मा ४ हजार ५ सय ४५, प्रदेश २ मा ५२ हजार ८, बागमती प्रदेशमा ७ हजार ६ सय २६, गण्डकी प्रदेशमा ४ हजार ८ सय २४ नुमना परीक्षण भएका छन् । त्यसैगरी, प्रदेश ५ मा ३ हजार ४ सय ७१, कर्णाली प्रदेशमा ५ हजार १ सय २८ र सुदरपश्चिम प्रदेशमा ११ हजार ९ सय ६१ रहेका छन् ।

हालसम्म २० हजार १ सय ९५ जना क्वारेन्टाइनमा रहेको डा. प्रवक्ता देवकोटाले जनाकारी दिए । प्रदेश १ मा १ हजार ९ ५६, प्रदेश २ मा १ हजार ४ सय ८९, बागमती प्रदेशमा २ सय ३० , गण्डकी प्रदेशमा ५ सय ५४ जना क्वारेन्टाइनमा रहेका छन् । त्यसैगरी, प्रदेश ५ मा ११ हजार २ सय २ , कणाली प्रदेशमा ३ हजार १ सय २५ र सुदुरपश्चिम प्रदेशमा १ हजार ६ सय ४९ क्वारेन्टाइनमा रहेका मन्त्रालयले जानकारी दिएको छ ।

आइसोलेनस १सय ६ जना र रेडजोनमा ३ सय ४ रहेका छन् । हालसम्म कोरोनाको संक्रमित ५२ जना रहेका छन् । जसमध्ये विराटनगरमा ३१, धनगडीमा १, विरगञ्जमा ३, भरतपुरमा १ जना उपचारत रहेका छन् ।  डा. देवकोटाका अनुसार प्रदेश १ ले कोरोना सक्रमणको उपचारको लागि विपि कोइराला विज्ञान प्रतिष्ठानमा धरानमा १ सय बेडको स्थापना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय