प्रसूती सेवाका लागि पोखरामा चार निःशुल्क एम्बुलेन्स

हेल्थपोस्ट नेपाल

लकडाउनका कारण प्रसूती सेवा लिन समस्या नहोस् भनेर पोखरा महानगरपालिकाले निःशुल्क एम्बुलेन्स व्यवस्था गर्ने भएको छ ।

उपप्रमुख मञ्जुदेवी गुरुङको संयोजकत्वमा रहेको कोरोना संक्रमण नियन्त्रण मूल समितिको सोमबार बसेको बैठकले प्रसूती सेवाका लागि अस्पताल जानुपर्ने गर्भवती महिलालाई नि:शुल्क एम्बुलेन्स व्यवस्था गर्ने निर्णय गरेको हो ।

सवारी साधन सञ्चालनमा कडाइ गरिँदा अस्पताल जान समस्या हुने र ज्यानै जानसक्ने अवस्थालाई ध्यानमा राखेर यो निर्णय गरिएको समिति संयोजक गुरुङले बताइन् ।

प्रसूती सेवा लिन अस्पताल जानुपर्ने अवस्थाका महिलाका लागि चार वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए ।

पोखराको भलाम, पामे, बेगनास र लामाचौरमा एम्बुलेन्स तयारी अवस्थामा राखिएको उनले बताए । उनका अनुसार एम्बुलेन्स सेवाका लागि ९८४६०२४४४६, ९८४२००५१००, ९८०६५२९४६४ र ९८५६०२६५७४ मा सम्पर्क गर्न सकिने छ । महानगरले यसअघि मिर्गौला रोगीलाई नियमित उपचारका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *