महामारी ‘तनाव’ कम गर्न चुरोट र गाँजा? ‘भाइरसले सिधै हराउन सक्छ’

उहान सहरमा मास्क लगाएर चुराेट तान्दै गरेकाे याे तस्बिर इन्टरनेटकाे सहयाेगमा यहाँ सांकेतिक रुपमा प्रस्तुत गरिएकाे हाे।

विश्व महामारीसँगै विश्वका धेरै मानिसले यो समय तनाव र अन्योलग्रस्त दिनचर्या बिताइरहेका छन्।

यो बेला मन र मष्तिस्कलाई आराम दिने खालको गतिविधि जस्तै गीतसंगीत सुन्ने, फिल्म हेर्ने, भिडियो गेम खेल्ने, साथीसंगीसँग अनलाइन गफगाफ गर्ने लगायत गर्नु स्वाभाविक हो।

तर कतिपयलाई यतिले मात्र चित्त बुझ्दैन, जसका कारण केही क्षणको लागि भएपनि आत्माशान्ति महसुस गर्न उनीहरुले चुरोट सल्काउने वा गाँजाको केही सर्को तान्ने गरिरहेका छन्।

तर हाल संकटको केन्द्रमा रहेको कोरोना भाइरसले संक्रमितहरुको फोक्सोमा सिधै आक्रमण गर्दछ भन्ने बैज्ञानिक तथ्यलाई दृष्टिगत गर्दा मानिसले आफूलाई केहि समयको लागि भुलाउनका लागि गरिने धुमपानको केकस्तो असर होला?

हुन त यससम्बन्धी तथ्य खोजीको सवालमा बिज्ञान सुरुवाती चरणमा रहेता पनि धुमपान सेवन गर्नेहरु गम्भिर संक्रमणको खतरामा रहने विभिन्न अध्ययनहरुले देखाइरहेका छन् जसलाई फोक्सोसम्बन्धी डाक्टरहरुले ‘कुनै आश्चर्यजनक नभएको’ टिप्पणी दिएका छन् ।

‘तथ्यांकले स्पष्टरुपमा देखाएका छन् कि धुम्रपान सेवन नगर्नेको तुलनामा सेवन गर्नेमाथि कोभिड–१९ को असर ‘गम्भिर’ हुनसक्छ, उनीहरुलाई भेन्टिलेटरको आवश्यकता पर्नसक्छ र उनीहरुको मृत्यु हुने सम्भावना पनि अधिक हुन्छ,’ फोक्सोसम्बन्धी सघन उपचार बिज्ञ डाक्टर रिचर्ड क्यास्ट्रिओटा भन्छन्।

निमोनिया, दम र क्षयरोग लगायत रोगमा विशेषज्ञता हासिल गरेका चिकित्सकहरुको समूहले धुमपानले मानिसको फोक्सोको प्रतिरक्षात्मक प्रणालीमा हस ल्याइ कोभिड–१९ लगायत अन्य श्वासप्रश्वासजन्य रोगहरुबिरुद्ध लड्न कठिन बनाउने बताएका छन् ।

‘कोरोना भाइरसले सबैभन्दा बढी असर गर्ने अंग नै फोक्सो हो । त्यसैले पहिल्यैदेखि घाइते फोक्सोले कोभिड–१९ लगायत अन्य श्वासप्रश्वाससम्बन्धी रोगसँग लड्न सक्दैन,’ क्यास्ट्रिओटा थप्छन् ।

सुरुवाती निश्कर्षहरु बिरोधाभाषपूर्ण थिए जसमध्ये कुनैले धुमपानको कोरोना भाइरसको बढ्दो प्रतिकुल प्रभावसँग कुनै सम्बन्ध नरहने र अध्ययनमा धुम्रपान सेवन गर्नेको कम प्रतिनिधीत्व गराइएको लगायततर्फ इंगित गरेका थिए । जसको कारण प्रशिद्ध अमेरिकी चित्रकार डेभिड हक्नेलगायत थुप्रैले धुम्रपान सेवन गर्नेस“ग पनि यस भाइरसबिरुद्ध लड्ने क्षमता हुने दाबी गरेका थिए ।

तर क्यालिफोर्निया विश्वविद्यालयअन्तर्गतको टोबाको रिसर्च एण्ड एजुकेशन सेन्टरका निर्देशक स्टान्टन ग्लान्जले धुम्रपान तथा भेप सेवनको वकालत गर्नेहरुले अघि सारेको यस्तो दाबीलाई ‘अतार्किक’ भनेका छन् । भने उनको अनुसन्धान समूहले यस विषयमा संचालित १२ वटा अध्ययनहरुको विश्लेषणले सो दाबीको भण्डाफोर गरिदिएको छ ।

ग्लान्जले उदृत गरेका हालसालै सम्पन्न दुईवटा अध्ययनहरुले बर्तमान समयमा धुम्रपान गर्ने मानिसहरुमा भाइरस संक्रमण तथा सोको शरिरभित्रको फैलावटको जोखिम नगर्नेको तुलनामा दोब्बर हुने देखाएका छन् ।

चीनमा भएको एक अध्ययनले धुम्रपान गर्ने मानिसहरुमा भाइरस संक्रमणको जोखिम चारगुणाले बढी हुने देखाएको छ । भने अर्को एक अध्ययनअनुसार चीनमा कोभिड–१९ संक्रमण लागेर निको भएका चार प्रतिशत बर्तमान समयमा धुम्रपान गर्ने मानिसको तुलनामा नौ प्रतिशत बर्तमान समयमा धुम्रपान गर्ने मानिसको मृत्यु भएको थियो ।

फोक्सो तथा सघन उपचारसम्बन्धी चिकित्सक क्याथरिन मेलामेडले फोक्सोलाई कमजोर बनाउनुको अवाला धुम्रपानले क्षतिग्रस्त फोक्सोलाई सफा तथा सुधार गर्ने रगत कोषमाथि पनि नकारात्मक असर पुर‍्याउने बताइन् ।

विभिन्न समाचार एजेन्सीहरुकाे सहयाेगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय