खोप लगाउन अस्पतालमा भीड, छैन सामाजिक दुरी

कोरोना संक्रमण रोकथाम गर्न सरकारले ‘लकडाउन’ कडाइसाथ पालन गर्न भनेको छ। कोरोना फैलिन नदिन अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कनुका साथै सामाजिक दुरी कायम गर्न जोड दिँदै आएको छ ।

तर, कोरोना फैलिरहेका बेला प्रादेशिक अस्पताल जनकपुरभित्रै सामाजिक दुरीको खिल्ली उडाइएको छ। सरोकारवाला निकायलाई ध्यान नपुर्‍याउँदा प्रादेशिक अस्पतालमा बालबालिकालाई खोप दिलाउन आएकाको ठूलो संख्यामा भीड लागेको छ ।

यसअघि वडा कार्यालयहरु मार्फत बालबालिकालाई खोप दिइने गरिएको भएपनि यसपटक वडा कार्यालयहरुले खोप दिने व्यवस्था मिलाएको छैन् । वडा कार्यालयहरुले खोपको व्यवस्था नगरेपछि अभिभावकहरु बालबालिकालाई खोप दिलाउन प्रादेशिक अस्पतालको संस्थागत क्लिनिक पुगेका थिए । कोरोना संक्रमणको जोखिम बढिरहेको बेला प्रादेशिक अस्पतालको संस्थागत क्लिनिकमा भने सामाजिक दूरी पालन गरिएन् ।

बालबालिकालाई खोप दिलाउन ठूलो संख्यामा अभिभावकहरु लाइनमा लागेको भएपनि एक अर्काबीच दूरी बनाउन सरोकारवलाले ध्यान दिएको थिएन् । संघीय सरकारको परिपत्रअनुसार गत शुक्रबारदेखि नियमित खोप सञ्चालन भएपनि उपमहानगरले बालबालिकाहरुलाई वडामा खोप दिने व्यवस्था नगर्दा संस्थागत क्लिनिकमा भीडभाड बढेको जनस्वास्थ्य कार्यालयका प्रमुख इन्द्रप्रसाद यादवले बताए । यसअघि वडा कार्यालयमार्फत खोप दिने कार्य भइरहेको तर यसपटक वडा कार्यालयहरुले ध्यान नदिँदा संस्थागत क्लिनिकमा भीडभाड बढेको उनको भनाइ छ ।

‘खोप सञ्चालन गर्न विहिबार संघीय सरकारले हामीलाई पत्राचार ग¥यो, शुक्रबारदेखि वडाहरुमा खोप सञ्चालन गर्न स्थानीय तहहरुलाई हामीले जानकारी गराइ सकेका छौं,’ उनले भने,‘वडाहरुमा खोप सञ्चालन नभएपछि संस्थागत क्लिनिकमा भीड बढेको छ ।’

वडा कार्यालयमै खोप सञ्चालन गराउन आफूहरुले सम्बन्धित निकायलाई जानकारी गराइसकेको उनले भने। जनकपुरधाम उपमहानगरपालिकाका खोप शाखाका प्रमुख उमेश रायले जनशक्ति अभावका कारण वडाहरुमा खोप सञ्चालन हुन नसकेको बताए ।

कम जनशक्ति रहेकोले वडामा खोप कार्यक्रम सञ्चालन गर्दा भीडभाड नियन्त्रण गर्न कठिनाइ हुनसक्ने भएकोले वडा कार्यालयहरुमा खोप सञ्चालन नभएको उनले बताए । ‘दुईजना कर्मचारी छन्, बालबालिकालाई खोप दिने कि लाइनमा दूरी कायम गराउने,’ रायले भने,‘वडा कार्यालयहरुमा भीडभाड बढि हुने भएपछि खोप सञ्चालन गर्न कठिनाइ भएको छ ।’ जनशक्ति थप्ने कुरा भइरहेको बताउँदै उनले जनशक्ति थपिएपछि आगामी महिनादेखि पुनः वडाहरुमै खोप सञ्चालन हुने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय