भुल्केमा दादुरा र झाडापखालाका बिरामी पनि

एकाएक २८ जना संक्रमित भेटिएपछि उदपुर त्रियुगा नगरपालिकाको भुल्के यतिबेला कोरोनाको ‘हटस्पट’ बनेको छ।

कोरोना कहरकै बीचमा भुल्केमा यतिबेला, दादुरा, झाडापखालाका बिरामी पनि भेटिन थालेका छन्।

भुल्केलाई यतिबेला पूरै सिल गरिएको छ। गाउँमा रहेका मानिस घरभित्रै छन् भने बाहिरका बाहिरै छन्।

उदयपुर नगरपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक अवध नारायण चौधरीका अनुसार स्थानीयलाई अरु पनि स्वास्थ्य समस्याहरु देखिन थालेपछि त्यहाँ अहिले स्वास्थ्य टोली खटाइएको छ।

‘स्वास्थ्य संस्था लैजान सम्भव पनि छैन, स्वास्थ्य शिविरमार्फत १ सय २५ जनालाई सेवा दियौँ’ उनले भने ‘त्यहाँ अहिले झाडापखला, दादुरा, समान्य ज्वरो, टाउको दुख्ने, ग्यास्ट्रिक जस्ता समस्या भएको बिरामीहरु फेला परेका छन्।’

स्वास्थ्यकर्मीले भुल्केका स्थानीयको अवस्थाको बारेमा दैनिक रुपमा नियमित अनुगमन गर्दै आएको छ । अहिले बिरामीको सबैको स्वास्थ्य अवस्था सामान्य रहेको चौधरीले बताए ।

‘बाहिर निस्किएर औषधि लिन जाने अवस्था पनि छैन, गाउँका मानिस सबैमा त्रास रहेको छ’, चौधरीले भने, ‘अनुगमनमा गएको बेला गुनासोको आधारमा हामीले सेवा दिदैँ आएका छौ ।’

‘बाहिर निस्किएर औषधि लिन जाने अवस्था पनि छैन, गाउँका मानिस सबैमा त्रास रहेको छ’, चौधरीले भने, ‘अनुगमनमा गएको बेला गुनासोको आधारमा हामीले सेवा दिदैँ आएका छौ ।’

खानामा गडबढी तथा गर्मीको कारणले झाडापखाला देखिएको तथा वृद्धवृद्धालाई ग्याँस्ट्रिकको समस्या देखिएको चौधरीले बताउँछन् ।
भुल्केबासीका सम्पूर्णको स्वास्थ्य परीक्षण नभएसम्म ढुक्क हुने अवस्था छैन। मुस्लिम र अन्य बस्ती गरी भुल्केमा १ सय ५० हाराहारीमा घरधुरी रहेका छन्। कोरोना फैलिएको त्रासमा सर्वसाधरणमा चिन्ता भएको चौधरी बताउँछन्। ‘अनुगमनमा जाँदा सबैको माग स्वाब परीक्षण गर्नुपर्ने रहेको छ’, उनले भने, ‘परीक्षण नभएसम्म ढुक्क भएर बस्न सकेका छैनन् ।’

अहिलेसम्म भुल्केमा ३ सयको हाराहारीको नुमना परीक्षण भएको छ । परीक्षण किटको अभावमा थप परीक्षण हुन नसकेको चौधरीको बताए । उनका अनुसार ८–१० दिनमा किट आउने आश्वासन प्रदेश स्वास्थ्य निर्देशनालयले विराटनगरले दिएको छ ।
‘पहिला नेगेटिभ देखिएकोका पुन र उहाँसँगको सम्पर्कमा रहेका सबैको परीक्षण गर्ने तयारीमा रहेका छौँ’, चौधरी भन्छन््, ‘यति परीक्षण भएपछि संक्रमणको स्थित थाहा हुन सक्छ ।’

‘सक्रमण देखा परेको अवस्थामा स्वास्थ्यकर्मी तथा उपकरण रहेको छैन’, चौधरी गुनासो गर्दै भन्छन्, ‘बिरामीलाई उपचारको लागि धरान तथा बिराटनगर पुर्याउनुपर्ने बाध्यता रहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय