चिकित्सक पहिचान गर्न औषधि उत्पादक संघकाे ज्याकेट सहयाेग

नेपाल औषधि उत्पादक संघले चिकित्सक पहिचान गर्न नेपाल चिकित्सक संघलाई ज्याकेट हस्तान्तरण गरेको छ ।
चिकित्सकले मात्र प्रयोग गर्ने र चिकित्सकलाई सबैले सजिलै चिन्न सकिने गरी बनाइएको उक्त ज्याकेट प्रयोगले यो कोरोनाविरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेका चिकित्सक पहिचान र सुरक्षामा विशेष सहयोग पुग्ने नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीले  जानकारी दिए ।

नेपाल उत्पादक संघका तर्फबाट वरिष्ठ उपसभापति महेश प्रधान , उपाध्यक्ष सन्तोष बराल र महासचिव विप्लव अधिकारीले उक्त ज्याकेट हस्तान्तरण गरेका हुन् । संघतर्फबाट अध्यक्ष डा. लोचन कार्की, महासचिव डा. बद्री रिजाल, कोषाध्यक्ष डा. प्रकाश बुढाथोकीलगायत उपस्थित थिए।

नेपाल औषधि उत्पादक संघका वरिष्ठ उपाध्यक्षले नेपालमा उत्पादन हुने औषधि अभाव हुन नदिन अहोरात्र खटिरहेको जानकारी गराएका थिए ।

नेपाल औषधि उत्पादक संघका बरिस्ठ उपाध्यक्षले हामी नेपालमा उत्पादन हुने औषधिको अभाव हुन नदिन अहोरात्र खटिरहेको जानकारी गराएका थिए । नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्किले नेपाल चिकित्सक संघ सधै सबै चिकित्सकहरुको सुरक्षा र पहिचानको लागि लडिरहेको र यो समयमा हामिलाइ नेपाली औषधि उत्पादकहरुले गरेको सहयोगको लागि आफु, संघ र सम्पुर्ण चिकित्सकहरुको तर्फबाट धन्यवाद दिए ।

ज्याकेटहरु सकेसम्म चाडो देश भरिको चिकित्सकहरुमा पुर्याउने छ संघले लक्ष्य लिएको छ ।  बिगत केही दिन अगाडि चिकित्सकहरु माथी पहिचान नभएको कारणले भएको विभिन्न दुव्र्यवहारका घटना अब फेरि नदोहोरिउन भन्ने र चिकित्सकहरुको सम्मान र पहिचानका लागि यो छोटो र कठिन समयमा अति आबश्यक भएकाले नेपाल औषधि उत्पादकहरुले नेपाल चिकित्सक संघको सहकार्यमा उक्त ज्याकेटहरु उपलब्ध गराएको औषधि उत्पादक संघका महासचिब विप्लव अधिकारीले जानकारी गराएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय