कोरोना रोकथामबारे सरकारले गर्नुपर्ने १९ काम

विगत चार महिनादेखि विश्वसमुदाय कोभिड–१९ महामारीले आक्रान्त छ। यो समस्याबाट नेपाल पनि अछुतो छैन। हालको एपिडेमियोलोजिकल प्याटर्न हेर्दा हाम्रो देश महामारीको करिब तेस्रो चरणमा प्रवेश गर्दैछ। समयको यो कठिन मोड एक शताब्दी पहिले सन् १९१८ मा स्पेनिस फ्लूले करिब ५ करोड मानिसको ज्यान लिएको थियो। यसका बाबजुद हामीले गएको सय वर्षमा यस्तो मानवीय क्षति बेहोर्नु परेको थिएन।

आज आर्थिक रूपमा सम्पन्न मुलुकहरू जसको स्वास्थ्य संरचना सबल छ, उनीहरूले अझ बढी  मानवीय क्षति बेहोर्नु परेको छ। तसर्थ हाम्रो जस्तो स्रोत र साधन सीमित भएको मुलुकमा यसले ल्याउने आर्थिक तथा मानवीय क्षतिको आकंलन गर्न कठिन छ। तसर्थ, म सम्पूर्ण नेपालीहरूलाई हालको लकडाउनलाई पूर्ण पालन गर्न अनुरोध गर्दै तलका बुँदाहरूमा सरकारको ध्यानाकर्षण गराउँदछु।

१. लकडाउन महामारी नियन्त्रणको पूर्ण हतियार होइन, यो एउटा साधन मात्र हो। तसर्थ, यो समयमा जतिसक्दो मात्रामा हाम्रो स्वास्थ संरचनालाई सुदृढीकरण र सबलिकरण गर्नुपर्छ। यसको लागि सुरक्षाका साधनहरू (पिपिई), मेडिकल सप्लाई, परीक्षणका सामग्रीहरूको (पिसिआरु, आरडिटी), उपचार गर्ने सेवालाई विस्तार र व्यवस्थापन गर्नुपर्छ। देशमा कोरोनाको कारण अन्य दीर्घ रोगीहरूले अस्पतालको सेवा पाएका छैनन्, जुन ज्यादै नै प्रत्युत्पादक हुन सक्छ। त्यो पक्षलाई समेत अलग-अलग सेवा दिने व्यवस्था गर्नुपर्छ। जसले संक्रमणको जोखिम पनि कम हुन्छ, उपचार नपाएर अरु रोगको कारण ज्यान जाने सम्भावना कम हुन्छ।

हाम्रो देशमा उत्पादनका साधनहरू ज्यादै कम छन्। करिब ९० प्रतिशत उपभोग्य सामग्रीहरू विदेशबाट आयात गरिन्छ। साथै भएका उद्योगहरू पनि बन्द छन्।

२. लकडाउनलाई अवसरको ढोका पनि भन्ने गरिन्छ। यस अवस्थामा बढीभन्दा बढी कोरोना भाइरसको परीक्षण गर्नुपर्छ, जसले गर्दा देशमा महामारीको अवस्था थाहा होस्। हाल परीक्षण गरिएको स्याम्पलले समस्या आँकलन गर्न सकिँदैन। लामो समयसम्म संक्रमित व्यक्तिमा बिना लक्षण यो भाइरस रहने भएकोले पनि यसको निदान र रोकथाम अझ जटिल भएको छ। यो समय केश डिटेक्सन, कन्ट्याक्ट ट्रेसिङ र आइसोलेसन गर्ने हो। यो कार्यले महामारीको प्रसारण रोक्न सकिन्छ। अन्यथा, यसले गलत आँकलन दिन्छ र हामीहरू महामारीको भूमरीमा अझ छिटो पुग्छौं।

३. हाम्रो देशमा उत्पादनका साधनहरू ज्यादै कम छन्। करिब ९० प्रतिशत उपभोग्य सामग्रीहरू विदेशबाट आयात गरिन्छ। साथै भएका उद्योगहरू पनि बन्द छन्। यसले हाम्रो आर्थिक अवस्था अझ जिर्ण हुने सम्भावना देखिन्छ तसर्थ अब सरकारले लकडाउनलाई यथावत् राखी उद्योगीहरूले कामदारहरूको स्वास्थ्य सुरक्षा कायम गर्दै सञ्चालनमा ल्याउनु पर्छ। अन्यथा, हामी ठूलो आर्थिक मन्दीको सामना गर्नेछौं। यो भूकम्प र अन्य विपदमा जस्तो अरु देशबाट सहयोग ल्याउने अवस्था पनि छैन किनकि अन्य देशहरू पनि आर्थिक मन्दीले थिलोथिलो हुँदैछन्।

४. हाम्रो देश कृषिप्रधान हो र अधिकांश नेपालीको सानोतिनो खेती गर्ने जग्गा जमिन छ। अब सरकारले स्वास्थ्यको सुरक्षालाई पालना गरी (भौतिक दूरी कायम गर्दै) जनतालाई आफ्नो खेती गर्न प्रोत्साहन गर्नुपर्छ। जसको लागि हुन सक्छ बीउ, मल र अन्य आर्थिक सहयोग गर्नुपर्छ। यो खेती लगाउने समय हो, यो समयको सदुपयोग भएन भने पछि पश्चाताप मात्र बाँकी रहने छ।

५. स्कुल अथवा कलेजहरू विद्यार्थी जम्मा हुने ठाउँ भएकाले प्रसारणको जोखिम बढी रहन्छ। तसर्थ, दूर शिक्षण प्रविधिको प्रयोग गर्नु उपयुक्त होला। यो प्रविधिको पहुँच सबै नेपालीमा नभएकोले हाल तुरुन्तै विद्यालय खोल्नु प्रत्युत्पादक हुनसक्छ। तसर्थ, प्रविधिको विकास गरेर मात्र शैक्षिक संस्था खोल्नुपर्छ वा अनलाइन प्रविधि प्रयोगमा ल्याउनु पर्छ।

६. हालको अवस्थामा नेपालमा कोभिड-१९ को प्रसारण अरु छिमेकी देश र विश्वको तुलनामा कम छ। तसर्थ, अन्तर्राष्ट्रिय विमानस्थल तथा भारतसँगको सिमाना खुला गर्नु हुन्न। नेपाली नै नरहे नेपाल कसरी रहला!

७. हाल भारतको सिमानामा क्वारेन्टाइन पूरा गरेका नेपालीलाई आफ्नो घरमा आउन खुला र यातायातको व्यवस्था गर्नुपर्छ। स्थानीय तहमा उक्त व्यक्तिहरूले स्वास्थको नियम पूर्ण रुपमा पालना गर्नुपर्छ।

८. काठमाडौं र देशका विभिन्न सहरमा रहेका नेपाली कामदार तथा अन्य व्यक्तिहरू स्वास्थ सुरक्षा पालना गर्दै घर जाने व्यवस्था गर्नुपर्छ। यसले गाउँमा खेती गर्ने अवसर मिल्छ। सबै परिवारसँगै हुँदा मनोसामाजिक सहयोग हुनाले रोगसँगको लडाइँमा आत्मबल बढछ् भने सरकारले वितरण गर्ने उद्धार सहयोगको मात्रा पनि घटन सक्छ।

९. स्वास्थ सेवामा संलग्न सबै स्वास्थकर्मी तथा सुरक्षाकर्मीहरू जो फ्रन्टलाइनमा रहेर युद्धको मोर्चा सम्हालेका छन्, उनीहरूको आत्मबल बलियो बनाउन उपयुक्त सुरक्षा साधनहरू, बिमा तथा मनोसामाजिक सहयोग दिनुपर्छ।

देशका विभिन्न क्षेत्रहरू जिल्ला र प्रदेशमा देखा परेका कोरोना भाइरस संक्रमणको संख्याको आधारमा उक्त क्षेत्रमा पूर्ण लकडाउन र अन्य क्षेत्रमा आंशिक लकडाउनको व्यवस्थापन गर्न सकिन्छ। तर, यस कार्यको अनुगमन र कार्यान्वयनलाई यकिन गर्नुपर्छ।

१०. कोभिड-१९ महामारीको लडाइँ जित्न केबल सरकार एक्लैले सक्दैन, सम्पूर्ण निकायसँगको साझेदारीको आवश्यकता पर्छ। तसर्थ, अवकाशप्राप्त सरकारी, गैरसरकारी, संयुक्त राष्ट्र संघ तथा स्वतन्त्र व्यक्तिहरू जो जनस्वास्थ्य, माइक्रोबायोलोजी, अर्थशास्त्र, इपिडेमियोलोजी,  स्वास्थ विज्ञानमा दक्षता हासिल गरेका विज्ञहरूको सूची तयार गरी परिचालन गर्नुपर्छ।

११. विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र यसका सम्पूर्ण वैधानिक व्यवस्था र यसले निर्दिष्ट गरेका संरचनाहरू परिचालन गर्नुपर्छ। किनकि, पूर्ण समाज प्रक्रियाबाट मात्र यो समस्यालाई कम गर्न सकिन्छ।

१२. आर्थिक मन्दीको मारलाई कम गर्न वित्तीय संस्थासँग सहकार्य गरी सो समस्या हल गर्न आवश्यक आर्थिक तथा नीतिगत सहयोग गर्नुपर्छ।

१३. देशका विभिन्न क्षेत्रहरू जिल्ला र प्रदेशमा देखा परेका कोरोना भाइरस संक्रमणको संख्याको आधारमा उक्त क्षेत्रमा पूर्ण लकडाउन र अन्य क्षेत्रमा आंशिक लकडाउनको व्यवस्थापन गर्न सकिन्छ। तर, यस कार्यको अनुगमन र कार्यान्वयनलाई यकिन गर्नुपर्छ।

१४. सरकारी र गैरसरकारी कार्यालयहरू जसमा जनताका प्रत्यक्ष सरोकारका सेवाहरू सञ्चालन हुन्छन्, ती कार्यालयहरुमा सिफ्ट बनाई भौतिक दूरी कायम गर्ने गरी (ज्वरो मापन, हातको सरसफाइ पूर्ण रुपमा पालना) खोल्ने व्यवस्था गर्ने। यसका साथै कार्यालय उपस्थित नहुने कर्मचारीहरूले घरबाटै डिस्टेन्स मोडमा काम गर्ने। रुघाखोकी, ज्वरोजस्ता लक्षण देखिएमा एकान्तबास बस्ने। यस कार्यका लागि हरेक कार्यालयका कर्मचारीहरूले बिजनेस कन्टिन्यूटी योजना बनाई कार्यान्वयन गर्ने।

१५. आंशिक खुल्ला गरिएका ठाउँहरूमा, सार्वजनिक साधनहरूमा सरसफाइको सुनिश्चितता गरी भौतिक दूरी कायम हुन सक्ने गरी सञ्चालन गर्ने। उक्त मापदण्ड पालना नगर्ने सवारीसाधनको अनुगमन गरी कडा कारबाहीको दायरामा ल्याउने।

१६. कोराना भाइरसबाट सिर्जना भएको डर त्रासबाट समाजमा देखा परेको विभेद र स्टिग्मा आवश्यक जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने।

१७ हालको कोरोना भाइरसको अवस्थिति बिना लक्षण मानिसको शरीरमा रहने भएकोले भौतिक दूरीबाहेक अरु विकल्प नभएको प्रष्ट पार्ने।

१९. हरेका कार्यालयमा सरसफाइको सुनिश्चितता गर्ने। साथै पसल तथा डिपार्टमेन्ट स्टोर समय अवधिका लागि खुल्ला गर्ने। साथै सरसफाइको पूर्ण पालना गरी भौतिक दूरी कायम गरी तोकिएको समयमा खरिद गर्ने व्यवस्था मिलाउने।

(लेखक जनस्वास्थ्यविद् हुन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय