दिल्लीबाट झापा फर्केको ४५ दिनपछि देखियो कोरोना

झापा बाह्रदशी गाउँपालिकाको घना आवादी वडा नम्बर ४ का ४० वर्षीय युवामा आइतबार कोरोना संक्रमण भएको पुष्टि भएको थियो।

यो मुस्लिम बाहुल्य बसोबास वडा हो।

कोसी अञ्चल अस्पतालमा दोस्रोपटक स्वाब परीक्षण गर्दा ती युवामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोसी अञ्चल अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डासंगीता मिश्रका अनुसार पहिलोपटक स्वाब टेस्ट गर्दा नेगेटिभ आएको थियो। पहिलोपल्ट मुखको स्वाब लिइएको थियो।

‘पहिलोपटक परीक्षण गर्दा हाम्रो शंका निवारण भएनदोस्रोपटक नाकको स्वाब वैशाख १३ गते लिइयो,’ मिश्रले भनिन्‘दोस्रोपटकको स्वाब (पिसिआर) पोजेटिभ आयो।’

पिसिआरमा नयाँ(तत्कालको) संक्रमण देखाउँछ। ती युवा ४५ दिनअघि नै भारत गएर फर्केको देखिएको छ। यी युवाको घुमफिरको विवरण भने लामो छ।

ती युवा सप्तरीको बोदेबरसाइन नगरपालिका-५ मा फागुन ३, ४ र ५ गतेसम्म अल्मी इज्तिमाको आयोजनामा चलेको मुस्लिम समुदायको सम्मेलनमा सहभागी भएका थिए।

त्यहाँबाट उनी घर फर्केर फागुन २० गते दिल्ली गएका थिए।

दिल्लीमा आयोजित तबगिली मुस्लिम जमातिहरूको सभामा सहभागी भएर उनी फागुन २८ गते नेपाल फर्केको थाहा भएको छ।

बाह्रदशी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष समिम मियाँका अनुसार दिल्लीबाट फर्केपछि ती युवाको घरमा मानिसहरू आवतजावत बाक्लो हुन थाल्यो। त्यसपछि वडा कार्यालयले उनी दिल्लीबाट फर्केको थाहा पाएको थियो।

‘हामीले थाहा पाउँदै १२-१५ दिन भइसकेको थियो, हामीले उहाँलाई होम क्वारेन्टाइनमा राखेर निगरानी गरिरहेका थियौं,’ मियाँले भने, ‘त्यसपछि उहाँको र्‍यापिड टेस्ट गर्दा नेगेटिभ आएको थियो।’

मियाँका अनुसार ती युवालाई पन्ध्र दिनसम्म होम क्वारेन्टाइनमा राखिएको थियो। यहीबीचमा उनको र्‍यापिड टेस्ट गरियो।

होम क्वारेन्टाइनमै रहँदा उनको स्वाब संकलन गरियो।

दोस्रोपटक परीक्षणमा कोरोना देखिएपछि उनलाई आइतबार नै विराटनगरको कोभिड अस्पताल पठाइएको छ।

मियाँका अनुसार ती युवासँगै अर्का युवा पनि दिल्ली गएका थिए। दमकका ती युवाको खोजी भइरहेको छ।

आइतबार कोरोना पुष्टि भएका मियाँको घरमा श्रीमती र दुई छोराछोरी छन्।

यो गाउँपालिकाको जनसंख्या ३३ हजार ६५३ छ। गाउँपालिकाका अनुसार यो विपन्न बसोबास गाउँपालिका पनि हो। शैक्षिक हिसाबले पछि परेको यो गाउँपालिकामा प्राथमिक शिक्षा हासिल गरेका व्यक्तिहरू धेरै छन्। माध्यमिक शिक्षा हासिल गरेकाहरू नै नगन्य छन्।

होम क्वारेन्टाइनमै रहँदा युवालाई श्रीमती र छोराछोरीबाट सकेसम्म अलग्गै राख्ने प्रयास गरिएको थियो। तर, कोरोना संक्रमण देखिएपछि उनीहरू सबैको परीक्षण गर्नुपर्ने भएको छ।

एक युवामा कोरोना संक्रमण देखिएपछि पूर्व-पश्चिम-उत्तर-दक्षिणको डेढ किलोमिटर क्षेत्र ‘सिल’ गरिएको वडाध्यक्ष मियाँले बताए। यहाँको घनाबस्तीमा कम्तीमा १५ सय जना छन्।

‘सबैको स्वाब परीक्षण गर्नुपर्ने देखिएको छ, यो प्रक्रियाको थालनीबारे गाउँपालिकामा छलफल चलिरहेको छ,’ मियाँले भने।

डाक्टरहरूका अनुसार पिसिआर भर्खरैको संक्रमण हो। त्यसकारण ती युवामा नेपाल आइकनै संक्रमण भएको हुनुपर्छ।

‘समुदायस्तरबाटै कोरोना सरेको शंका गर्न सकिन्छ,’ डा. मिश्र भन्छिन्।

डाक्टरहरूको भनाइले यो वडामा व्यापक परीक्षण आवश्यक देखिन्छ।

यो गाउँपालिकाका अधिकांश जनसंख्या कृषि पेशामा आवद्ध छन्। गाउँपालिकाको दक्षिणी भेगमा राजगढ बजार छ। मध्य भागमा चकचकी बजार र उत्तरमा डाँगिबारी बजार छ।

संरचनागत हिसाबले चकचकी र डाँगिबारीलाई मिसाएर बाह्रदशी गाउँपालिका बनाइएको थियो। यसको भौगोलिक बनावट दक्षिणमा कचनकवल गाउँपालिका, पूर्वमा हल्दिवारी गाउँपालिका, उत्तरमा कनकाई नगरपालिका र पश्चिममा हेझापा गाउँपालिका जोडिएका छन्।

यो गाउँपालिकाको जनसंख्या ३३ हजार ६५३ छ। गाउँपालिकाका अनुसार यो विपन्न बसोबास गाउँपालिका पनि हो। शैक्षिक हिसाबले पछि परेको यो गाउँपालिकामा प्राथमिक शिक्षा हासिल गरेका व्यक्तिहरू धेरै छन्। माध्यमिक शिक्षा हासिल गरेकाहरू नै नगन्य छन्।

यो सँगै झापामा कोरोना संक्रमितको संख्या दुई पुगेको छ। शनिबार दमक-३ का ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण देखिएको थियो। ती बृद्धको विराटनगरकै कोभिड अस्पतालमै उपचार भइरहेको छ।

सप्तरीको भेलामा सहभागी तीन जना भारतीय युवामा कोरोना संक्रमण देखिएको थियो। सप्तरीको भेलामै पुगेर उदयपुर त्रियुगा-३ को मस्जिदमा बसिरहेका १२ भारतीय र चार नेपालीमा कोरोना देखिएको थियो।

जिल्ला प्रशासन कार्यालय झापाका अनुसार झापाका विभिन्न क्वारेन्टाइनमा अहिले एक सय ५० भन्दा बढी भारतीय नागरिक छन्। जसमध्ये बाह्रदशी गाउँपालिकानजिकैको किच्चकबध अस्थायी प्रतिक्षालयको क्वारेन्टाइनमा १८ जना भारतीय छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय