स्वास्थ्य सचिवको अभिव्यक्तिप्रति चिकित्सक संघको आपत्ति

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले सञ्चारमाध्यममार्फत् अभद्र बोल्दै अन्तर्वार्ता दिएको घटनाप्रति नेपाल चिकित्सक संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले मन्त्रालयका सचिव कोइरालाले अशोभनीय र अभद्र बोलेको भन्दै विचार पुर्‍याएर मात्र अभिव्यक्ति सार्वजनिक गर्न माग गरेको छ ।

‘देशभरका सम्पुर्ण स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई अग्रपंक्तिमा रही यो महामारीसँग जुधिरहेका छन्’, विज्ञप्तीम भनिएको छ,‘ मन्त्रालयको जिम्मेवारी व्यक्तिले दिने अभिव्यक्तिले चिकित्सकलाई विभेदीकरण गर्ने, स्थायी, अस्थायी वा करार भनि भेदभाव गर्न जस्तो कार्यले चिकित्सकको मनोबल उच्च पार्न सक्दैनँ ।’

स्वास्थ्य क्षेत्रमा करार, दैनिक ज्यालादारीमा नियुक्ति गर्नुको सट्टा स्थायी दरबन्दी वृद्धि गरी तत्काल लोकसेवा आयोगबाट स्थायी पदपूर्ति गर्न तथा मनोबल वृद्धि गर्न संघले माग गरेको छ ।  मन्त्रालयका सचिव कोइरालाले सरुवा रोग अस्पतालका डा. शेरबहादर पुनको विषयमा माध्यममा करारमा रहेका डाक्टर भन्दै कडा अभिव्यक्ति दिएका थिए ।

One thought on “स्वास्थ्य सचिवको अभिव्यक्तिप्रति चिकित्सक संघको आपत्ति

  1. आपत्ती जनाइ हाल्नु पर्ने केहि देखिदैन । सचिब ले भनेको कुरोमा कुनै बाङ्गो टिङ्गो देखिदैन । कुरो प्रस्ट छ । लोक सेवा पास गर्न नसकी सोर्स फोर्स मा जगिर खाने डाक्टर हरु नभएको पनि हैन । सचिब को बोली रुखो बोली हो । मिठो पाराले बोल्न सक्थे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय