कोरोना लडाइँका सुदूरपश्चिम ‘कमान्डर’ डाक्टर जगदीश

छिमेकी मुलुक भारतमा कोरोनाको आगो हुर्रिदै थियो । लकडाउनको हल्ला थियो । सुदूरपश्चिमबाट भारत रोजगारी गएकाहरु स्थलमार्गबाट नेपाल भित्रिरहेका थिए । विश्वलाई त्राहीत्राही बनाइरहेको रोग नेपालमा पनि ढिलोचाँडो भित्रिन्छ भन्ने त थियो नै तर पहिलो धम्का सुदूरपश्चिममै लाग्छ भन्ने धेरैले सोचेका थिएनन् ।

तर, सुदूर नेपालको प्रमुख स्वास्थ्य सेवाप्रदायक अस्पताल सेती अस्पतालका चिकित्सकहरु जुनसुकै अवस्था आए पनि लड्ने तयारीमा जुटिसकेका थिए । स्थानीय तहमा उपलब्ध साधन स्रोतदेखि उपलब्ध जनशक्ति परिचालनका योजना पनि बनाउन सुरु भइसकेको थियो ।

यी सबै काममा अग्रसर भएर कोरोना लडाईंमा सुदूरको मोर्चा सम्हाल्ने व्यक्ति हुन्, फ्याम्लि फिजिसियान तथा आकस्मिक रोग विशेषज्ञ डा. जगदीश जोशी। उनी दुई वर्षअघि लोकसेवाको प्रतिस्पर्धाबाट नाम निकालेर सेती प्रादेशिक अस्पतालमा इमर्जेन्सी विभाग प्रमुखका रुपमा आएका थिए।

डा. जोशीको भुमिका अहिले धेरै नै फराकिलो, चुनौतीपूर्ण र भरोसाको केन्द्र बनेको छ। उनी सुदूरपश्चिमभरै कोरोना शंकास्पदको परीक्षणदेखि आइसोलेसन, उपचारलगायतमा दिनरात खटिरहेका छन्, उनीसँग त्यहाँ पहिल्यै मौजुदा जनशक्तिबाहेक सरकारले पछिल्लो पटक काठमाडौंबाट खटाएका स्वास्थ्यकर्मी पनि छन्।
…..

फेबु्रवरीदेखि नै सेती प्रादेशिक अस्पतालमा भारत र अन्य मुलुकबाट फर्केकाहरु लक्षण लिएर वा विना लक्षण पनि आउने क्रम सुरु भइसकेको थियो । बाहिरबाट हेर्दा संक्रमण नदेखिंद्या त्यस्ता विरामीको उपचार झन् चुनौतीपूर्ण हुन्छ । त्यतिबेला पर्याप्त व्यक्तिगत सुरक्षा सामग्री पनि थिएन् । सामान्य मास्कका भरमा उपचार जोखिमपूर्ण थियो । तर, त्यतिबेला शंकास्पदको जाँच, परामर्शको विकल्प पनि थिएन् ।

आम सर्वसाधारणको त के कुरा चिकित्सक र स्वास्थ्यकर्मीमै पनि रोगबारे धेरै ज्ञान नभएको अवस्था थियो । सबैमा कोरोनाको मनोवैज्ञानिक त्रास मात्रै थियो। ‘सरकार नै तयार भइसकेको अवस्था थिएन,’, उनले भने, ‘विस्तारै सबैलाई कोरोनाका विषयमा बुझाउने काम गर्‍यौं। तीनै तहका सरकार र सञ्चारमाध्यमले पनि यसमा सकरात्मक भूमिका खेले र, अहिले हामीलाई सहज बन्दै गएको छ।’

विस्तारै सुदूरपश्चिममा बिरामी बढ्न थाल्यो । संक्रमितहरुको रेफर सेतीमै भयो । अस्पतालमा पनि एक/दुई हुँदै पाँच जना विरामी पुगे। अस्पताल प्रशासनले पुरानो भवनमा कोरोना उपचार कक्ष खडा गरेको थियो, २५ जनासम्मको उपचार हुने गरी।

तर डा. जोशीलाई चाहिं टिम कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता थियो। उनले विस्तारै समूह बनाउँदै गए। अहिले ३५ जना चिकित्सक र अन्य स्वास्थ्यकर्मी गरि करिव सय जना जतिको टोली छ।

‘कोरोना संक्रमित देखिसकेपछि हामीले द्रूत गतिमा काम गरेर अस्पतालको गेटमै स्क्रमिङ ट्रायज राख्यौं। फिभर क्लिनिक अलग्गै राख्यौं, आइसाेलेसन कक्षको स्थापना गर्‍यौं। २४ घन्टा चिकित्सकलाई खटाउने माहोल बनिसकेपछि अहिलेको अवस्था अलि सहज बनेको छ’, उनले भने।

हतारको परिस्थिति सम्हाल्ने आँट चाँहि उनलाई विगतको सिकाईले दिएको हो।

आकस्मिक कक्षको व्यवस्थापन अनुभवले उनलाई साथ दियो। प्रकोप व्यवस्थापनको योजना त थियो तर कागजमा । तर त्यसलाई व्यवहारमा उतार्न चाहिं सजिलो थिएन।

केन्द्र वा अन्य सुविधा सम्पन्न ठाउँबाट हेर्दा कोरोना संकट पहिलो चरणमै सामाना गर्न सुदूरपश्चिमलाई हम्मे पर्छ भन्ने धेरैको बुझाई थियो । तर, उनीसहित अस्पतालका चिकित्सकहरुको समन्वय र सहकार्यले आज सुदूरले कोरोनाको विरामीको उपचार व्यवस्थापन सम्भव गराएर देखाएको छ।

डा. जोशीको भुमिका अहिले धेरै नै फराकिलो, चुनौतीपूर्ण र भरोसाको केन्द्र बनेको छ। उनी सुदूरपश्चिमभरै कोरोना शकास्पदको परीक्षणदेखि आइसोलेसन, उपचारलगायतमा दिनरात खटिरहेका छन्, उनीसँग त्यहाँ पहिल्यै मौजुदा जनशक्तिबाहेक सरकारले पछिल्लो पटक काठमाडौंबाट खटाएका स्वास्थ्यकर्मी पनि छन्।

टरिनसकेको संकट

सन् २०१९ को डिसेम्बरमा चीनको हुबेइ प्रान्तको वुहान सहरबाट कोरोना देखियो। त्यसले विस्तारै भौगोलिक सीमा नाघ्न थाल्यो। भारत, खाडी मुलकमा ठूलो संख्यामा सुदूरपश्चिमवासी रहेकाले उनीहरु फर्कदा ठूलो जोखिम हुने आकँलन डा. भट्टलाई भइसकेको थियो।

त्यसैले उनले एक्सनप्लान बनाउन थालिसकेका थिए।

र दिनहुँ  भित्रिने जोखिको आंकलन पहिल्यै थियो । सुरुको शंका र प्रकोप त व्यवस्थापन भयो तर, संकट टरिनसकेको डा. जोशी बताउँछन् । अहिले पनि भारतबाट लुकिछिपी नेपाल भित्रिने क्रम नरोकिएकोले रोगको त्रास कायमै छ ।

जन्म, शिक्षा र अनुभव

डा. जोशी सुदूरपश्चिमकै भएका कारणले पनि आफूलाई व्यवस्थापन, समन्वय र उपचारमा जुट्न सहज भएको बताउँछन्।

डोटीको दिपायल शिलगढी नगरपालिकास्थित उडितोलामा २०३६ साल असोज १४ गते पिता टेकराज र माता चित्रादेविका कोखबाट जन्मेका डा. जोशीले २०५३ सालमा ऐश्वर्य विद्या निकेतनबाट प्रथम श्रेणिमा एसएलसी गरे।

काठमाडौको क्याम्पियन एकेडेमीबाट उनले प्लस टु पूरा गरे ।

मेधावी डा. जोशीले एमविविएस अध्ययन पश्चात छात्रवृतिमा नाम निकालेर विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एमडि अध्ययन गरेका हुन् ।

त्यसरी अध्ययन गर्दै गर्दा बेला–बेला काठमाडौंका विभिन्न अस्पतालमा समेत काम गरे ।

तर उनको भित्री इच्छा जन्मथलोकै लागि स्वस्थ्य सेवा गर्नुपर्छ भन्ने थियो । त्यही सोचबाट उनी गाउँ फर्के ।

सुदूरपश्चिमको चिकित्सकीय यात्राका सुरुका दिनमा उनले अत्तरियास्थित पद्मा हस्पिटल लगायत कैलालीका केही निजी अस्पतालमा पनि काम गरे।

२०६३ सालयता निरन्तर चिकित्सा क्षेत्रमा सक्रिय उनी सरकारी सेवामा लोकसेवा पास गरेर अहिले सेती अस्पतालमा कार्यरत छन् ।

मेशिन आएर परीक्षण सुरु भयो तर प्रयोगशालामा पुग्दो जनशक्ति अभाव छ । ‘पुरानै जनशक्तिले धेरै काम गर्न सक्ने अवस्था छैन। त्यसैले थोरै जनाको मात्रै परीक्षण गर्न सकिरहेका छौं,’ उनले भने।

घर जान नपाएको महिनै

कोरोना संक्रमितको उपचार गर्न थालेपछि उनी घर गएका छैनन्। हस्पिटल नजिकैको एउटा होटेलमा बस्न थालेको तीन हप्ता पुगिसक्यो। उनी मात्र होइन कोरोनाको उपचारमा संलग्न अन्य चिकित्सकहरूको अवस्था उस्तै छ। विभिन्न समूहमा उनीहरूले संक्रमितको उपचार गरिरहेका छन्। एक हप्ता काम गर्ने र दुई हप्ता क्वारेन्टाइनमा बस्ने गरि चिकित्सकहरू सक्रिय छन्।

‘चिकित्सकहरूको सबैभन्दा ठूलो धर्म भनेकै विरामीहरूको सेवा हो’ उनले भने । महामारीका समयमा पेशाका कारण जोखिम थपिने हँुदा परिवारमा चिन्ता थपिएको छ । तर पेशागत धर्मअनुसारका कर्मलाई परिवार बुझेको कारणले सहज भएको उनी सुनाउँछन् ।

२४ घन्टा खटिएका छन् चिकित्सक

अहिले उनको नेतृत्वमा तीन सिफ्ट चिकित्सकहरू कोरोना संक्रमितको उपाचारमा खटिएका छन्। विहान, दिउँसो र राती गरिर तीन समूहमा विभाजित भएर चिकित्सकहरूले सेवा प्रदान गरिरहेका छन्। विहान, दिउँसो ६ घन्टा र रातिको टिमले १२ घन्टाका दरले काम गरिहरेको उनले बताए। राति गर्नेलाई एक/दुई दिनसम्म आराम गर्न मिल्ने गरी सेड्युल मिलाइएको छ।

अस्पतालमा आउँन साधारण विरामीका लागि कोरोनामा खटिनेबाहेकका चिकित्सक खटिन्छन् ।

उपचारबाहेक पनि धेरै कुराको व्यवस्थापन गर्नु पर्ने भएकोले थकान, तनाब त भइहाल्छ ।

अस्पतालको प्रवक्ता र रोगबारे बुझेका आधारमा पनि आम पत्रकारसँग कुरा गर्ने र सूचना दिने समय निकाल्ने अतिरिक्त जिम्मेवारी छ ।

समस्या झेल्दैछ अस्पताल

उपचारमा संलग्न हुने जनशक्तिका लागि अत्यवश्यकी व्यक्तिगत सुरक्षा सामग्री तत्कालका लागि पुगे पनि लामो समयलाई धान्ने अवस्थामा छैन्।

पछिल्लो दिनमा कोरोनाको परीक्षण सुरु भएसँगै केही सहज भएको उनको अनुभव छ ।

मेशिन आएर परीक्षण सुरु भयो तर प्रयोगशालामा पुग्दो जनशक्ति अभाव छ । ‘पुरानै जनशक्तिले धेरै काम गर्न सक्ने अवस्था छैन। त्यसैले थोरै जनाको मात्रै परीक्षण गर्न सकिरहेका छौं,’ उनले भने।

कोरोनाबाहेकका बिरामीको उपचारको चिन्ता

कोरोनाका विरामीको उपचारका लागि सेती प्रादेशीक अस्पताललाई तोकेपछि अन्य विरामीमा त्रास हुन स्वभाविक नै हो ।

त्रासकै कारण प्रदेशकै ठूलो अस्पताल भए पनि अहिले त्यहाँ विरामीको संख्या नगण्य मात्रामा छ। सुदूरपश्चिमकै रेफरल अस्पताल भए पनि अहिले समग्र सेवामा प्रभाव परेको छ ।

सुदूर क्षेत्रका बिरामी यहाँ आउन नपाउँदा अन्यत्र जाने विकल्प पनि छैन् । सेतीमै उपचार गर्दा क्रस इन्फेसक्सनको डर हुन्छ । यस्तो अवस्थामा अन्य विरामीको उपचारका लागि पनि विकल्प खोज्न वा कोरोना केन्द्रीत अस्पताल बनाउन ढिला गर्न नहुने उनको बुझाई छ ।

प्रदेश सरकार अहिले पछिल्लो समयमा टिम्बर कार्यालय रहेको स्थानमा ५० बेडको अस्थायी कोरोना अस्पताल बनाउने तयारी भइरहेको उनले बताए ।

अहिले अस्पतालमा पहिलेको तुलनामा १५/२० प्रतिशत बिरामी आउँछन्। जटिल अपरेसन, प्रसुति, डायलिसिसलगायत अन्य इमर्जेन्सी सेवाका लागि मात्रै उनीहरू आउने गरेका हुन् । उनीहरूका लागि सुरक्षित सेवाको प्रवन्ध गरिएको डा. जोशीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय