इपिडिमियोलोजिस्ट र सर्भिलेन्स एक्सपर्टहरूको कमी हाम्रो चुनौती

नेपालमा कोरोना संक्रमित भेटिएसँगै हामीले सुरुका दिनमा ४ वटा रणनीति अनुसार काम गरेका थियौँ । प्रवेशमा रोक लगाउने, जनचेतना जोगाउने, क्वारेन्टाइन र निगरानीको व्यवस्थापन गर्ने र बिरामीको व्यवस्थापनका लागि काम गरिरहेका थियौँ ।  तर, संक्रमणको संख्या तथा क्षेत्र बढ्दै जाँदा पुन छ ‘टी’ रणनीति बनाएर काम गर्यौँ । छ ‘टी’ मार्फत ट्राभल रेस्टिक्सन, टेस्ट, ट्रेसिङ, ट्रयाकिङ, ट्रिटमेन्ट, टुगेदर गर्ने सम्मका रणनीति बनाएर काम गर्दै आएका थियौँ ।

जसअन्तर्गत अवात–जावत रोक्न लकडाउन लगाउने, संक्रमित व्यक्तिहरुको फराकिलो दायारा ट्रेसिङ गर्ने, संक्रमित व्यक्ति को–कहाँबाट गएका छन् यकिन गर्ने र ट्रिटमेन्टकोे पक्षलाई मजबुत बनाउने, सबै मिलेर कोरोना भाइरसलाई जित्ने रणनीति अनुरुप हाल काम गर्दै आएका छौं ।

दक्षिण एसियाका मुलुकमा रहेका ११ देशमध्ये अहिले भुटान ७ वटा संक्रमित तथा मृत्युदर शुन्य भएर पहिलो स्थानमा रहेको छ, भने नेपाल ५१ संक्रमित तथा मृत्युदर शुन्य भएर दोस्रो स्थानमा रहेको छ ।  दक्षिण एसियामा हेर्ने हो भने नेपालको स्थिति हालसम्म कै सामान्य अवस्थामा रहेको देखिन्छ । सार्कमन्त्रीसँगको छलफलमा अन्य देशका तुलनामा नेपालको स्थिति सामान्य नै रहेको निचोड आएको छ ।

हाल नेपालले अपनाएको ६ ‘टी’ को रणनीति अनुसार संक्रमण र संक्रमित व्यक्तिको स्वास्थ्य अवस्थालाई हेरेर नेपाल ठीकै अवस्थामा रहेको भन्न सकिन्छ ।परीक्षणको लिने हो भने भुटान र माल्दिभ्स छोड्दा नेपालको परीक्षण अन्य देशको तुलनामा ठीक छ भन्न सकिन्छ ।

दक्षिण एसियाको पहिलो पटक संक्रमित माघ ९ गते भेटिएको थियो । अहिले संक्रमित संख्या ५१ पुगेको छ । धेरै जना लक्षण विहिन अवस्थामा रहेका छन् । निको भएर १६ जना फर्किसकेको अवस्थालाई हेर्दा करिब एक तिहाई सञ्चो भएर घर फर्किएको अवस्था छ । संक्रमितको उपचारमा पनि सामान्य अवस्थामा रहेका छन् ।

काठमाडौं उपत्यका बाहेक धेरै जसो अस्पतालमा संक्रमितको उपचार भइरहेको छ । देशव्यापी तथा प्रदेशहरुमा उपचारको स्थिति सामान्य सुधार भएको देखिन्छ ।  त्यसैगरी, हामीले विभिन्न कार्यविधि बनाएर विभिन्न अस्पतालाई कोभिड अस्पताल रुपान्तरण गर्यौं । स्वास्थ्यकर्मीलाई सुरक्षित रहनको लागि पीपीई सेटको कसरी प्रयोग गर्न सकिन्छ भनेर कार्यविधि बनायौँ । कार्यविधि अनुसार कोरोना नियन्त्रणमा व्यवस्थित तरिकाले गर्न सक्षम भएका छौँ ।

कोरोना नियन्त्रणको लागि यति काम हुँदा हुँदै पनि हाम्रो सामु केही चुनौती देखा परेका छन् ।  विगतमा पनि धेरै देशहरुमा संक्रमण फैलिएको अवस्था थियो । छिमेकी मुलकबाट सामान आयतमा केहि रोक लगाएको अवस्था थियो । जुन समस्या अहिले केहि हदसम्म कम हुँदै गएको छ ।

दोस्रो चुनौती इपिडिमियोलोजिष्ट र सर्वेलेन्स एक्सर्पोटहरुको कमी रहेको छ ।विज्ञहरुले दिएको सुझाव अनुसार हामीले रणनीतिमा सुधार गर्दै गएका छौ ।  सबैमिलेर यही हिसाबले गयौँ विगतका आउने दिनमा कारोनाको थप व्यवस्थापन गर्ने सक्ने संक्रमण थप भित्रिन नसक्ने स्थितमा पुग्छौं भने विश्वास रहेको छ ।

(मन्त्रालयमा प्रेस ब्रिफिङमा डा. देवकोटाले प्रस्तुत गरेरको सम्पादित सामग्री )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय