लकडाउन वैशाख २५ सम्म थपियो

सरकारले वैशाख २५ गतेसम्म लकडाउन यथावत् राख्ने निर्णय गरेको छ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले लकडाउनलाई थप दस दिन लम्ब्याउने निर्णय गरेको हो।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार तत्कालीन अवस्थामा लकडाउनलाई जारी राख्ने निर्णय भएको हो। शनिबार कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनबारे सुझाव दिन मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदललाई जिम्मेवारी दिएको थियो। सो कार्यदलले दिएको सुझावअनुसार मन्त्रिपरिषद लकडाउन लम्ब्याउने निर्णयमा पुगेको ती मन्त्रीले बताए।

यसअघि सरकारले वैशाख १५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको थियो। सरकारले आधिकारिक रूपमा भने मन्त्रिपरिषदको निर्णयबारे जानकारी दिएको छैन। ‘मन्त्रिपरिषदको निर्णय नेपाल टेलिभिजनबाट आउँछ, त्यहीँ हेर्नुहोला,’ सरकारका प्रवक्ता सूचना तथा अर्थमन्त्री युवराज खतिवडाले भने।

आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान आगामी जेठ २ गतेसम्म बन्द गर्ने निर्णय सरकारले हिजै शनिबार गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय