फागुन २८ गते दिल्लीबाट फर्किएका झापाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण

झापामा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ। ५० वर्षीय  पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार योसँगै संक्रमितको संख्या ५२ पुगेको छ। झापा बाह्रदशी गाउँपालिका–४ का उनी मुस्लिम समुदायका हुन्।

उनी गत मार्च ३ मा दिल्ली गएका थिए। त्यहाँबाट ११ मार्च (फागुन २८) मा फर्किएर सिधै सप्तरी हुँदै १२ मार्चमा झापास्थित घर पुगेका थिए। विदेशबाट आएकालाई खोज्ने क्रममा उनको स्वाब पनि कोसी अस्पताल पठाइएको थियो।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार कोसी अस्पताल विराटनगरमा भएको परीक्षणका क्रममा उनलाई कोरोना पोजेटिभ देखिएको हो ।

नेपालमा उपचारपछि निको भएर डिस्चार्ज हुनेको संख्या १६ पुगेको छ। धनगढीमा एक, वीरगन्ज तीन, भरतपुर एक र विराटनगरमा ३० जनाको उपचार भइरहेको छ। सबैको स्वास्थ्य अवस्था सामान्य छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय