निको भएका कोरोना संक्रमितलाई फेरि संक्रमण हुँदैन भन्ने प्रमाण छैन: डब्लुएचओ

एक पटक कोभिड–१९ संक्रमण भएर शरिरमा एन्टिबडीको उपस्थितीको कारण यस भाइरसबिरुद्धको प्रतिरोधी क्षमताको विकास नहुने भन्दै विश्व स्वास्थ्य संगठनले सचेत गराएको छ ।

‘एकै व्यक्तिमा दोश्रो संक्रमण हुन सक्दैन भन्ने बारेमा हालसम्म कुनै तथ्य वा प्रमाण भेटिएको छैन’, विश्व स्वास्थ्य संगठनले भनेको छ।

‘कोभिड–१९को संक्रमणपछि निको भएका मानिस सामान्य जीवनमा फर्कन सुरक्षित छन्’ भन्ने मान्यताका साथ ‘इम्युनिटी पासपोर्ट’ जारी गर्ने तयारी गरेका सरकारहरुलाई विश्व स्वास्थ्य संगठनको पछिल्लो भनाइ सावधानीको रुपमा आएको छ ।

‘विश्वमहामारीको हालको चरणमा ‘इम्युनिटी पासपोर्ट‘ वा ‘रिस्क–फ्री सर्टिफिकेट’को सत्यता प्रमाणित गर्ने एण्टिबडीका कारण स्थापित प्रतिरोधात्मक क्षमताको प्रभावकारीताबारे पर्याप्त प्रमाण भेटिएको छैन’, संगठनले भनेको छ ।

यसअघि संगठनका डाक्टर मारिया भान केरोभले एक पटक भाइरसलाई जितेर समान्य जीवनमा फर्किएका मानिसहरुले पूर्णरुपमा प्रतिरोधी क्षमताको विकास गरेका हुन्छन् भन्ने तथ्य अझै अज्ञात रहेको बताएकी थिएन् ।

तर विश्व स्वास्थ्य संगठनको पछिल्लो अभिब्यक्तिले प्रतिरोधी क्षमताको विकासबारेको बैज्ञानिक वाणीलाई असत्य ठह¥याउँदै केरोभको द्विविधायुक्त भनाइलाई समेत स्पष्ट पारिदिएको छ।

गत हप्ताहन्तको एउटा जानकारी सत्रमा इन्फेक्सियस डिजिज सोसाइटी अफ अमेरिकाले प्रतिरोधी क्षमताको मान्यता विकास गर्न सघाउने एन्टिबडी टेष्टिङबारे जानकारी पर्याप्त भएको बताएको छ ।

‘यी एण्टिबडी भएका बिरामीहरु कोभिड–१९ को पुनसंक्रमणको जोखिममा छन् वा छैनन् भन्नेबारे हामीलाई थाहा छैन’, सोसाइटीका प्रवक्ता तथा संक्रमक रोग विभाग प्रमुख डाक्टर म्यारी हाइडेन भन्छिन्, ‘तर यो अवस्थामा उनीहरु पुर्नसंक्रमणको जोखिमका छन् भनेर मान्नु हामी सबैका लागि उत्तम होला।’

यस्ता एण्टिबडी प्रतिरोधात्मक भएता पनि कुन हदसम्मको प्रतिरोधात्मक हुन्छन् वा यी कहिलेसम्म कायम रहन्छन् भन्ने विषयमा स्पष्टता नभएको उनले जनाएकी छिन्। जसको कारण सोसाइटीले एण्टिबडी प्रमाणित भएका ब्यक्तिलाई पनि सामाजिक दूरीका साथसाथै सुरक्षाको अन्य उपायहरुलाई निरन्तर कायम राख्न सुझाएको छ ।

‘एण्टिबडी बारेको व्याख्या गलत हुनसक्ने र मानिसले आफूहरुलाई अनावश्यक जोखिमतर्फ उन्मुख गराउनसक्ने बारे हामी चिन्तित छांै’, उनले भनेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय